राष्ट्र निर्माणमा सञ्चार
नरेन्द्र केसी
भनिन्छ, सञ्चार दुनिया“लाई बाटो देखाउने मात्र होइन, उनीहरुको हात समाएर डोर्याउन सिकाउने माध्यम पनि हो । यसको अर्थ समाजमा जनचेतनाको विस्तार गर्दै जनतालाई सही दिशातिर निर्देशित गर्न सञ्चारमाध्यमको महत्वपर्ूण्ा भूमिका रहन्छ भन्ने नै हो । एक्काइसौं शताब्दीको यो युग सूचना र सञ्चारको युग हो । यो युगमा सबैभन्दा ठूलो शक्ति कुनै छ भने त्यो सञ्चार नै हो । तर, हामीले जानेर वा नजानेर यति ठूलो शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्न सकेका छैनौं । शक्ति त्यस्तो चीज हो, जसलाई हामीले सही काममा लगायौं भने उर्जा पैदा हुन्छ र त्यसबाट नया“ वस्तु निर्माण हुन्छ । शक्तिलाई सही काममा प्रयोग गर्न सकिएन भने त्यो शक्तिको कुनै अर्थ त रहन्न नै बरु या त्यो आफै पतन भएर जान्छ, या त्यसले निर्माणको सट्टा बस्तुलाई ध्वंश गर्छ ।
यतिबेला सञ्चारमा रहेको अथाह शक्तिलाई हामीले सदुपयोग गर्न सकेनौं भने बिस्तारै बिस्तारै सञ्चार क्षेत्रकै विश्वसनीयतामाथि ह्रास नआउला भन्न सकिन्न । अहिले हामीले गरिरहेको पत्रकारिता वा सञ्चारमाध्यमहरुको प्रस्तुति हेर्यौं भने आफैलाई वाक्क लाग्ने खालेको छ । हुन त हामीलाई पत्रकारिता गरेर केके नै गर्यौं कि जस्तो पनि लाग्छ तर हाम्रा प्रस्तुतिहरुको गहन समीक्षा गर्ने हो भने सीमित प्रतिशतबाहेक अधिकांश सन्तोष गर्न लायक छैनन् । हामीले पत्रकारिता त गरिरहेका छौं तर हामी बसेको माटोप्रति हामी कति गम्भीर छौं - हामीले पत्रकारिता त गरिरहेका छौं तर हाम्रंो समाजप्रति कति संवेदनशील छौं - हामीले पत्रकारिता त गरिरहेका छौं तर पत्रकारिताको मूल मर्म भन्ने गरिएको 'आवाजविहीनको आवाज' हामीले कत्तिको मुखरित गरेका छौं त - अह“ हामीले यी तमाम् प्रश्नमाथि अझै घोत्लन शुरु गरेका छैनौं । आज एउटा नेताको भाषण छाप्यो अनि भोलि अर्को नेताको । एकले अर्काेमाथि गरेका आरोप-प्रत्यारोपका बषर्ा नै हाम्रो पत्रकारिताका 'स्कूप' हुने गरेका छन् ।
अन्तर्रर्ााट्रय सञ्चारमाध्यम हेर्यौं भने देख्छौं- त्यहा“का सञ्चारमाध्यमले कुनै बिषयलाई राष्ट्रिय एजेण्डाको रुपमा स्थापित गरिदिन्छन् अनि तिनीहरुलाई आम जनताको चासो र राष्ट्रिय प्रतिष्ठाको बिषय बनाइदिन्छन् । टाढा नआजौं भारतकै कुरा गर्ने हो भने त्यहा“का अधिकांश सञ्चारमाध्यमको मियो भनेको खेलकूद र राष्ट्रियता हो । भारतको जस्तो गालीगलौजको छाडा राजनीति अन्यत्र देख्न पाइन्न तर त्यहा“का अधिकांश ठूला सञ्चारमाध्यमहरुमा गालीगलौजको बौछारभन्दा पनि राष्ट्रिय प्रतिष्ठाको बिषयले प्राथमिकता पाउ“छ । अघिल्लो दिन संसद बैठकमा कुटाकुट समेत चल्छ तर भोलिपल्टका अधिकांश सञ्चारमाध्यहरुले अर्को देशमा भएको क्रिेकेटमा भारतले गरेको पर््रदर्शनलाई मुख्य समाचार बनाउ“छन् । कतै चीनले आफ्नो भूमिका हेलिकोप्टर उडायो भने त्यो नै राम्रो मिडिया मसला बन्दछ ।
तर, हाम्रो देशको स्थिति हेर्यौं भने त्यसको ठीक उल्टो छ । राष्ट्रको प्रतिष्ठाका बिषयहरु, जनतामा नया“ चेतना प्रवाह गर्ने बिषयहरु, जनतालाई एकीकृत गरेर अगाडि बढाउने प्रसंगहरु भन्दा पनि आपसमा बेमेल र बिभाजन ल्याउने मुद्दाहरुले हाम्रा सञ्चारमाध्यममा प्राथमिकता पाइरहेका छन् । एक दलले अर्को दलमाथि गरेको दोषारोपन, दलभित्रै पनि एक नेताले अर्को नेतालाई गरेको दोषारोपन जस्ता बिषयहरुले हाम्रा सञ्चारमाध्यममा महत्वपर्ूण्ा स्थान पाउ“छन् वा हाम्रो पत्रकारिताको स्कूप नै त्यही हुने गरेको छ । देशको ६० भन्दा बढी ठाउ“मा सीमा मिचिएको छ । सीमा क्ष्ँेत्रका जनताले पाउनुसम्म दुःख पाएका छन् । कालापानीमा बषौंदेखि भारतीय सेना बुट बजारिरहेको छ । सुस्ता, महेशपुर, पशुपतिनगर जस्ता बस्तीहरु सगरमाथालाई हेरेर धरधरी राइरहेका छन् । तर, पनि राष्ट्रियताको सवाल हाम्रा अधिकांश सञ्चारमाध्यमहरुका लागि मूल मुद्दा बनेका छैनन् । यो राष्ट्रिय बिडम्बना मात्र होइन सोचनीय बिषय पनि बनेको छ । हामीले यो युगकै र्सवाधिक ठूलो शक्ति सञ्चार क्षेत्रलाई निर्माणमा लगाउन सकेका छैनौं, राष्ट्रियता र राष्ट्रिय प्रतिष्ठाको बिषयलाई हाम्रो मूल मुद्दा बनाउन सकेका छैनौं ।
हाम्रो सञ्चार क्षेत्रको तस्विर यस्तो छ भने मुलुकको यथार्थ निकै कहालीलाग्दो छ । विकसित मुलुकका रिपोर्टरहरु अन्तरिक्ष यान र नया“ नया“ प्रविधिको समाचार संकलन गर्न व्यस्त छन् तर हामी भने रुकुमका पिपलजस्ता गाउ“हरुमा घा“स गएका दिदी बहिनी र दाजु भाईहरु भीरबाट लडेर मरेको समाचार बनाउन व्यस्त छौं । जनतालाई सुरक्षा दिन गस्ती गएका प्रहरीहरु आफै भीरबाट लडेर मरेको खबर संप्रेषण र सम्पादन गर्न बाध्य छौं । भौगोलिक विकटता र उत्पीडनको मारका परेका ग्रामीण वस्तीहरु सरकारी सेवा सुविधाबाट पूरै विमुख छन् । अधिकांंश गाउ“हरुमा बाटोघाटो छैन । बर्षौंको जोरजुलुमपछि बल्ल बाटो गयो भने त्यसमा भएका दर्ुघटनाहरुको समाचार बनाउनमै हाम्रो पत्रकारिताको लामो समय बितेको छ । विश्वका कैयन देशहरुमा दिउ“सो र राति के हो थाहा छैन, स“धै झिलिमिली तर हाम्रो मुलुकका अधिकांश वस्ती अझै टुकी, भाङ र दियालोको भरमा उज्यालो खोजिरहेछन् । जहा“ बिद्युत पुगेको छ, त्यहा“ पनि लोडसेडिङको मारले हैरानी ब्यहोर्नुपरेको छ ।
शिक्षा आर्जन गर्ने समयमा किशोरकिशोरीहरु कालापहाड धाउनपर्ने बाध्यता छ । जेनतेन गरेर पढेकाहरुले पनि उचित रोजगारी नपाएर छटपटाउनुपरिरहेको छ । बेरोजगारीको समस्या दिन दर्ुइ गुणा राति चार गुणा बढिरहेको छ । राष्ट्र बनाउने होनहार युवाहरु दिनहु“ राहदानी बनाउन प्रशासनमा लाइन लागेका भेटिन्छन्, अन्तर्रर्ााट्रय विमानस्थलमा उनीहरुकै लाम भेटिन्छ अनि बिदेश गरेर कयौं युवाहरु ठगिएका त कयौंले ज्यान समेत गुमाइरहेका छन् । स्वास्थ्य क्षेत्रको स्थिति त्यस्तै छ । झाडापखलाजस्तो सामान्य रोगबाट समेत सयौंको ज्यान जाने स्थिति छ । कैयन गाउ“हरुमा अहिले पनि सिटोमोल खान नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था छ ।
हाम्रो पत्रकारिता पनि यही पृष्ठभूमिको वरिपरी घुमिरहेको छ । तर, यो स्थितिलाई अन्त्य गर्नेतर्फयहा“को राज्य र दलहरुले नसोचेजस्तै सञ्चार क्षेत्रले पनि ध्यान दिन सकेको देखिदैन । हुन त सञ्चारमाध्यमको भूमिकालाई सूचना दिनेमा मात्रै सीमित पार्न खोजिएको पनि पाइन्छ । तर, अब सञ्चार क्षेत्रले कोरा सूचना मात्र होइन, सबैलाई राष्ट्र निर्माणमा समर्पित बनाउने खालका सूचना दिन जरुरी छ । अहिलेसम्म चलेको पत्रकारिता नेपाललाई समुन्नत बनाउने र नेपालीलाई सम्पन्न बनाउने भन्दा पनि एकले अर्कोलाई भिडाउने, लडाउने र मराउने दिशामै केन्द्रित भएको यथार्थ हो । सञ्चारको युगीन शक्ति विभाजन र ध्वंशमा होइन, एकता र निर्माणमा प्रयोग गर्न हुन आवश्यक छ । त्यसका लागि हामी सबै गम्भीर बन्नै पर्दछ कि - 'समुन्नत नेपाल र सम्पन्न नेपाली' हाम्रो अभिष्ट हो भने हाम्रो पत्रकारितालाई त्यही दिशातिर केन्द्रित किन नगर्ने -
त्यसका लागि कम्तीमा पनि हामीले नेपाल र नेपालीको साझा समस्यालाई पहिचान गर्न सक्नर्ुपर्दछ र त्यसलाई आम नेपालीको चासोको बिषय बनाउन सक्नर्ुपर्दछ । सञ्चारमाध्यमहरुमा राजनीतिक आरोप-प्रत्यारोप र गालीगलौजको ठाउ“ आर्थिक-सामाजिक रुपान्तरण र राष्ट्रिय स्वाधीनताको मुद्दाले लिन सक्यो भने राष्ट्र निर्माणमा नया“ शुरुवात हुने छ । आर्थिक-सामाजिक रुपान्तरणका एजेण्डालाई स्थापित गर्न र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न मिडियाको ठूलो भूमिका रहन सक्छ । हाम्रो पत्रकारिताको मियो राजनीति बन्ने गरेको छ । राजनीतिकरुपमा जनताले पर्ूण्ा परिवर्तनको महसुस नगर्दासम्म राजनीतिक गतिबिधि र्सवाधिक चासोको बिषय बन्नु अस्वाभाविक होइन तर अब राजनीति मात्र अपर्ूण्ा हुन्छ । जसरी कुनै राजनीतिक ब्यवस्थाले जनताको जीवनस्तर उकास्न सकेन भने त्यसको अर्थ र औचित्य रहन्न, त्यसरी नै हामीले गर्ने पत्रकारिता पनि कोरा राजनीतिक गतिबिधिमा मात्र केन्द्रित रहृयो भने त्यसको अर्थ नरहन सक्छ । राजनीति जनतालाई प्रभावित गर्ने माध्यम मात्र होइन, त्यसले त जनताको जीवनस्तरमा कायापलट पनि ल्याउन सक्नर्ुपर्छ । त्यस्तै हाम्रो पत्रकारिताले पनि जनतालाई प्रभावित पार्ने राजनीतिको प्रचार गर्ने मात्र होइन, त्यसबाट जनतामा आउने परिवर्तनको संकेत पनि मापन गर्न सक्नर्ुपर्दछ । हिजो कुनै बेला राजनीतिक प्रचारको मात्र पनि ठूलो महत्व थियो र अहिले पनि केही मात्रामा छ तर अब यतिले मात्र पुग्दैन । कुनै कुराको प्रचार वा र्सार्वजनिक हुनुभन्दा अघि त्यसले आम श्रमजीवी जनताको जीवनमा के परिवर्तन ल्याउ“छ भन्ने आ“कलन गर्नु जरुरी छ, यो नै हाम्रो जमानाको पत्रकारिता हो ।
अहिले हामी युद्धपछिको अवस्थामा छौं । यो बेला विकास पत्रकारिताको ठूलो महत्व छ । विश्वका कैयन मुलुकहरुमा सन् १९६० को दशकदेखि नै विकास पत्रकारिताको अवधारणा शुरु भएको देखिन्छ । दोस्रो विश्वयुद्धको समाप्तिपछि उपनिवेशमुक्त मुलुकहरुको विकासमा सघाउ पुर्याउने उद्देयले य ो अवधारणा शुरु गरिएको थियो । ती देशहरुमा आत्मनिर्भरताका लागि बजेट, भौतिक पर्ूवाधार र दक्षताको अभाव थिया,े त्यही अभावलाई पुरा गर्न आम जनतालाई राष्ट्र निर्माणमा परिचालन गर्ने जागरण पैदा गर्न विकास पत्रकारिताको अवधारणा अगाडि सारिएको थियो ।
अहिले हाम्रो देशको स्थिति पनि त्यस्तै छ । हामी अहिले स्वाधीनता या सहयोग दर्ुइमध्ये एउटा रोज्नुपर्ने स्थिति छ । बिदेशीको सहयोग लिने हो भने स्वाधीनतालाई पैतलामुनि हाल्नुपर्ने स्थिति भने भने स्वाधीनताको कुरा उठाउ“दा सहयोग नपाइने स्थिति छ । हामीले हाम्रै माटोअनुकूलको विकास गर्ने र राष्ट्र निर्माणमा लाग्नेे हो भने यहा“को जल, जमीन, जंगल, जलस्रोत, जडीबुटी र जनशक्तिको वैज्ञानिक र समुचित परिचालनद्वारा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जरुरी छ । राष्ट्रिय स्वाधीनतासहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गरी नेपाल र नेपालीको जीवनस्तर उकास्न सञ्चारको महत्वपर्ूण्ा भूमिका रहन सक्छ । आफू बसेको माटो र आफू हिडेको बाटोप्रति सबै गम्भीर र सम्वेदनशील हुने हो भने यो संभव पनि छ । सञ्चारको युगीन शक्तिलाई छाडा गालीगजौलयुक्त राजनीतिक भाषण, विभाजन र ध्वशका लागि भन्दा रचनात्मक क्रियाकलाप, राष्ट्रिय एकता र निर्माणमा प्रयोग गर्न सकियो भने राष्ट्र निर्माणमा सञ्चारले ठूलो भूमिका खेल्न सक्ने छ ।
news.narendra@gmail.com