Friday, June 10, 2011

रुकुममा मनकामना बैंक


मेगराज खड्का
रुकुम, २७ जेठ / मनकामना डेभलभमेन्ट बैंक लिमिटेडले रुकुमको सदरमुकाम मुसिकोट खलंगामा नयाँ शाखा बिस्तार गरेको छ । मनकामनाले शुक्रबार एक औपचारीक कार्यत्रक्रमको आयोजना गरि बैंकको १३ औशाखा बिस्तार गरेको हो । शाखाको उद्घाटन बैंकका संचालक योगराज कंडेलले गरेका हुन । यस शाखाबाट रुकुममै पहिलो पटक निशुःक एटिएम सेवा संचालनमा समेत ल्याएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगा लगायत बिभिन्न स्थानहरुमा सेवाग्राहिलाई अत्याधुनिक बैंकिङ सेवा तथा सुबिधा सहज रुपमा पुर्‍याउने लक्ष्य अनरुप रुकुममा शाखा बिस्तार गरियको रुकुम शाखा प्रबन्धक महेशचन्द्र अधिकारीले जानकारी दिए । बैंकले हालसम्म दरबारमार्ग, न्यरोड, गांेगबु, लतिलपुर, पोखरा, आबुखैरेनी, खाडिचौर, धादिङबेशी, चरीकोट, लुम्बिनी, चन्द्रनिहापुर र नारायणगढ शाखाबाट  कार्यसंचालन गर्दै आएको छ । बैंकले चालु आर्थिक बर्ष२०६७/६८ को चैत्र मसान्तसम्ममा रु ७ करोड ३४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । सेाही अबधीमा बैंकले निक्षप २ अर्ब ३२ करोड र कर्जा रु २ अर्ब ५७ करेाड रुपैयाँ पुगेको छ । त्यस्तै चैत्र मसान्त समममा खराब कर्जा अनुपातलाई २.९९ प्रतिशत झार्न बैक सफल रहेको संचालक कंडेलले जानकारी दिए । बैंकले बाषिर्क १२.५ प्रतिशत ब्याजदरसहितको मनकामना प्रिपेड फिक्स्ड डिपोजिट तथा बाषिर्क १० प्रतिश सम्मको बचत खातालगायतका अनय बचत योजनाहरु बैंकले उपलब्ध गराउदै आएको छ ।

अहिलेको मुख्य जिम्मेवारी शान्ति र संविधान .ज्वाला
मेगराज खड्का
रुकुम, २७ जेठ

प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार प्रकाश ज्वालाले अहिले मुख्य जिम्मेवारी शान्ति र संविधान भएको बताउनुभएको छ । आज सल्यान सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सल्लाहकार ज्वालाले थपिएको समयभित्रै शान्ति प्रकृया निष्कर्षा पुग्ने र संविधान निर्माण हुने दावी गर्नुभयो । एमाले पोलिटव्यूरो सदस्य समेत रहनुभएका ज्वालाले जेष्ठ १४ गतेको ५ बूंदे सहमतिले संविधान सभालाई बचाएको बताउनुभयो । संविधान बनाउन लामो समय लाग्ने भन्दै ढिलै भएपनि सबै दलका कुरा समेटिएको नयां संविधान बन्ने प्रमुख सल्लाहकार ज्वालाको भनाई छ । प्रधानमन्त्रीको राजीनामाबारे पत्रकारहरुले राखेको जिज्ञासामा उहांले राष्ट्रिय सहमतिको सरकारका लागि भरपर्दो आधार तयार नभएसम्म राजीनामा नआउने स्पस्ट पार्नुभयो । पहिले सरकारविहिनताको अवस्थाबाट देश गुज्रीनुपरेको स्मरण गर्दै उहांले अव को प्रधानमन्त्री बन्ने भन्ने कुरा स्पस्ट भएपछि प्रधानमन्त्री खनाल जतिबेला पनि पद त्याग्न तयार रहेको बताउनुभयो ।

Monday, May 30, 2011

पानी नभएका गाउ“मा आकासे घैटो


ज्ञानु गौतम
रुकुम, १५ जेठ । जिल्ला बिकास समिति रुकुमको १ लाख तथा स्थानिय जनताको जनर्सबदानबाट हालै छिवाङ्ग ५ थुमचौरमा एउटा आकासे घैटो निमार्ण्र्ाारियको छ ।
जिबिस रुकुमले यस बर्षो जिल्ला परिषदबाट समेत पारित गरेको उक्त कार्यक्रम यस बर्षनमुनाको रुपमा छिवाङ्ग र पेउघा लगायतका अन्य दर्ुगम गाउँहरुमा मात्र यो कार्यक्रम लागु गरियको थियो । यसबर्षछिवाङ्गको एक घरमा मात्र घैटो निमार्ण्र्ाारियको र योजना क्रमागत रहेको आकासे घैटो निमार्ण्र्ाापभोक्ता समिति छिवाङ्ग ५ थुमचौरका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिनुभयो ।
पानी ल्याउन अन्य कुनै संभाबना नभएका ठाउँहरुमा आकासे घैटो निमार्ण्र्ााार्य थालिएको हो । प्रतिघर एउटा घैटो निमार्ण्र्ाारिने उक्त कार्यक्रमका लागि कर्कटपाता तथा ढुङगाले छोएको घर अनिबार्य रुपमा हुनुपर्ने बताईएको छ । घर नजिकै सिमेन्ट र बालुवाबाट घैटो निमार्ण्र्ाारी आकासबाट परेको पानीलाई घरको छानाबाट धारा ल्याई घैटोमा राख्ने गरिन्छ ।
आकासबाट परेको पानीलाई त्यस घैटोमा संचित गरेर आबश्यक परेको समयमा गाईभैसिलाई पानी खुवाउने लगायतका अन्य बिभिन्न काममा प्रयोग गरिने भएपनि मानिसले खानका लागि भने प्रयोग गर्न सकिदैन । गाईभैसि तथा मान्छेका लागि दैनिक २ घण्टाको उकालो बाटो हिडेर पानी ल्याउने गरेका यहाँका स्थानिय बासिन्दाहरु यस कार्यक्रम मार्फ आफ्नो घरघरमा घैटो बन्ने भएपछि खुसि समेत भएका छन ।
आकासे घैटो निमार्ण्र्ाा लागि त्यस क्षेत्रमा १ सय भन्दा बढी घरहरु रहेपनि अहिले एउटा मात्र नमुनाको रुपमा घैटो निमार्ण्र्ाार्न बजेट बिनियोजन गरेको बताइएको छ । यस क्षेत्रका स्थानिय बासिन्दाहरुले अरु घरघरमा पनि छिटो भन्दा छिटो घैटो निमार्ण्र्ाारिदिन जिबिसलाई अनरोध समेत गरेका छन । एउटा घैटोमा संचित गरेको पानीले एकघर परीवारलाई दर्ुइमहिना भन्दा बढी धान्ने बताईएको छ ।

प्ाहिलोपटक विद्यालय निरिक्षण सुरु
लक्ष्मण केसी
रुकुम, १६ । रुकुममा लामो समय पछि विद्यालय निरिक्षण गर्ने काम सुरु गरिएको छ । जिल्लाको पर्ुर्वि दर्ुइ दर्जन बढि गाविसका ५० बटा विद्यालयहरु बाट निरिक्षण कार्य सुरु गरिएका छ ।
अनुगमन टोलिलाई  शिक्षक विद्यार्थीहरुले टिका र माला लगाई स्वाग गरेका छन । विद्यालय निरिक्षण गर्ने टोलि गाउँ जादा विद्यालयका शिक्षक,अभिभावक र विद्यार्थीहरु खुसी भएका छन ।  ब्राह बर्षपछि विद्यालय निरिक्षण कार्य सुरु गरिएको जिल्ला शिक्षा कार्यालय रुकुमले जानएको छ । विद्यालय निरिक्षक तिलक गौतमको टोलिमा स्थानिय स्रोत व्यत्ति बलवहादुर शाहिले विद्यालयहरु अनुगमन गरेका हुन । जेठ २ गते देखि रुकुमकोट स्रोत केन्द्रबाट सुरु भएको अनुगमन टोलिले २३ वटा विद्यालयको अनुगमन गरिएको टोलिका एक सदस्य बलवहादुर शाहिले बताए ।
शाहले टेलिफोनमा भने धैरै विद्यालयका अभिभावक र शिक्षकहरुले हामिहरुमा गुनासो राखेका छन । ति कुराहरु जिल्ला र्फेर समाधान तर्फलाग्ने बताए ।  अनुगमन टोलिले एकर् दजन शिक्षक र अहरुलाई विद्यालयमा अनुउपस्थि भेटाएको छ । विद्यालयमा नियमित नआएका शिक्षकहरु लाई शिक्षा नियमावली अनुसार कार्वाहि गरिने निरिक्षक तिलक गौतमले बताए । कार्वाहि पर्ने प्राया विद्यालय खुले पनि शिक्षकहरु नयाँ शैक्षिक शत्र देखि विद्यालय नआएको बताईएको छ ।
स्थापनाकालदेखि स्रोतव्यक्तिवाहेक विद्यालयका अनुगमनको लागि कोहि आएका थिएनन् । दशरत प्राथमिक विद्यालय तुफा तकसेरा प्रअ जितार् दलामीले बताईन । २०५१ सालमा स्थापना गरिएको विद्यालयमा स्थापना बर्षा जिशिअ डिल्ली प्रसाद अधिकारीले हेलिकप्टर बाट गएर विद्यालय निरिक्षण गरेका थिए । सो क्षेत्र सदरुमुकाम खलङगा बाट २ दिन पैदल हिडेर पुगिने विकट गाविस हो । हामिलाई नयाँ कुराहरु तथा पाउन समय लाग्ने गरेको छ । प्रअ दर्लामीले भन्नि जिल्लामा कुनै कार्यक्रमको चिठि पनि पुग्दैन ।
उनी मात्र होइन् रुकुमको पर्ूर्वी सबै विद्यालयहरुको समस्या एउटै रहेको छ । लामो समय पछि विद्यालय निरिक्षन गर्ने जादा आफुहरु खुसि भएको अभिभावकहरुले बताएका छन ।  टोलिले यस बर्षा सञ्चालन गरिएको भर्ना अभियान कायक्रम प्रभावकारी नभएको बताएको छ । गत बर्षो भन्दा ५० प्रतिशत विद्यार्थीहरु घटेका छन । स्र्रोतव्यक्ति बलबहादुर शाहीले भने दर्ुगमका सबै विद्यालयको भौतिक ,शैक्षिक ,विद्यालय प्रसाशमा परिवर्तन ल्याउनु पर्ने बताएका छन ।
जिल्लामा १५ वटा स्रोतकेन्द्रहरु छन । जिल्ला शिक्षा कार्यालयमा ५ जना विद्यालय निरिक्षकको दरबन्दि छ । तर, अहिले जिल्लामा एक जना मात्र विद्यालय निरीक्षकमात्र कार्यरत छन । अन्य मध्य एक जान भक्तबहादुर गोदार तालिम केन्द्र संयोजकको रुपमा काम गदै आएका छन भने अर्का विनि विश्वास रोका मगर चार महिना देखि शिक्षा विभागमा काजमा बस्ोका छन । सबैसबै विद्यालयहरु अनुगमन काम सुरु गरिएको जिल्ला शिक्षा कार्यालयका योजना अधिकृत बिनाराम खड्का बताए ।




Thursday, May 26, 2011

एकल महिलालाई राज्यले खेलौना बनाएको गुनासो


धनवीर दाहाल
रुकुम /एकल महिलाहरुलाई राज्यले नै खेलौना बनाएको रुकुमका एकल महिलाहरुले गुनासो गरेका छन् । बिभिन्न राहत दिने नाममा राज्यले एकल महिलालाई आँखा छारो हाल्ने काम गरिरहेको एकल महिला सञ्जाल रुकुमकी सचिव सिता पुनले बताइन् । एकल महिलालाई दया माया नभएर अवसरको खाँचो रहेको बताउँदै उनीहरुले अव बन्ने नयाँ संबिधानमा एकल महिलाका लागी छुट्टै कार्यक्रम समावेश हुनु पर्ने बताए । बिहिवार रुकुम सदरमुकाम खलंगामा मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र -हरप्लेस) रुकुमको सहजीकरणमा एकल महिलाका जिल्ला सञ्जाल रुकुमले गरेको एकल महिलाका सवाल र सरोकारवाला निकायको भुमिका बिषयक अर्न्तक्रिया कार्यक्रममा रुकुम जिल्लाका एकल महिलाहरुले हरेक द्धन्द पिडितको नाममा द्धन्दमा मारिएकालाई मात्र राहत दिने राज्यले गरेको काम अन्य पिडित महिलाका लागी मान्य नभएको बताए । उनीहरुले अवका दिनमा पनि राज्यले सौतेनी व्यवहार गरेर एकल महिलालाई झनै पिडा थपेको आरोप लगाए ।
   एकल महिला जिल्ला सञ्जाल रुकुमकी अध्यक्ष दर्ुगा रावलले आफुहरु पनि द्धन्द पिडित भएको बताइन् । उनले द्धन्दको क्रममा ब्रि्रोही पक्षलाई सहयोग गरेको नाममा राज्यले सताउने गरेको बताइन् । राज्य तथा अन्य सरोकारवाला निकायले एकल महिलाका लागी दिएको सुबिधा अन्यले पाउने गरेको पनि उनीहरुको गुनासो छ । एकल महिला ज्ञानु बि.सीले गाँउमा अझै पनि एकल महिलालाई हर्ेने दृष्टीकेाणमा परिबर्तन नआएको भन्दै त्यस्ता व्यक्तिहरुलाई चेतनामुलक कार्यक्रममा सहभागी बनाउनु पर्ने माग गरिन् । जहिले पनि आफुहरुलाई नराम्रो दृष्टीले हर्ेने गरेकेा र समाजका लागी गरिने कामलाई पनि बिधवाले गर्न सक्दैनन् भनेर अग्रसर हुन नदिने परम्परा यथावत रहेको उनले बताइन् । यस्तै एकल महिला यसोधा के.सीले आफुहरुले अपांग तथा असहायले पाए सरह एकल महिला भत्ता पाउनु पर्ने बताइन् । उनले एकल महिला परिचय पत्र पाउनर्ुपर्ने माग गरिन् । के.सी मात्र नभएर कार्यक्रममा सहभागी सबै एकल महिलाहरुले एकल महिला परिचय पत्र पाउनु पर्ने माग सामुहिक रुपमा गरेका थिए ।  कार्यक्रममा जिल्लाका बिभिन्न गाबिसबाट आएका एकल महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले आफुहरुकका समस्यालाई सरोकारवाला निकायले मध्यनजर गरी आगामी दिनमा सघाउ पुर्याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमा स्थानिय बिकास अधिकारी केदारनाथ शर्माले महिलाका लागी भनेर छुट्याएको रकम महिलाहरु नै एकजुट भएर कसरी बिनियोजन गर्ने त्यतातिर लाग्नर्ुपर्ने बताए । उनले एकल महिलाहरु दिर्घकालिन सोचका साथ लागेमा अवश्य पनि सजिलै समस्या समाधान हुने बताए । जसका लागी महिलाहरुले नै महिलाका अधिकारका बारेमा एकजुट हुनर्ुपर्ने शर्माको धारणा थियो । जिल्ला बिकास समितीबाट गरिने सहयोग जारी रहेको भन्दै स्थानिय बिकास अधिकारी शर्माले जिल्लाबाट परिचय पत्र दिएमा समस्या हल हुन्छ भने दिन तयार रहेको बताए । यसै गरी आगामी बर्षेखी एकल महिला कोषको स्थापना गर्न सकिने स्थानिय बिकास अधिकारी शर्माले आश्वाशन दिए । प्रमुख जिल्ला अधिकारी बेणीमाधव ज्ञवालीले जिल्ला प्रशासनबाट एकल महिलाका लागी गरिने सेवामा कुनै समस्या नहुने प्रतिबद्धता व्यक्त गरे । यस्तै बिभिन्न राजनितिक दलका प्रमुखहरुले पनि एकल महिलाका समस्यामा आफुहरु गम्भीर रहेको धारणा राखे । उनीहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नेकपा एमालेका अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, नेपाली कांग्रेसका तिलक भण्डारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रामप्रकाश पुरी लगाएतका दलका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । एकल महिला जिल्ला संजाल रुकुमकी अध्यक्ष दर्ुगा रावलको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मीहरु शारदा डाँगी, देवी ओली, सुनिता बिएम लगाएतले एकल महिलाका समस्याका बारेमा बोलेका थिए ।

बिचल्लीमा परेका वालवालिकाले राहत पाए

रुकुम
द्धन्दको क्रममा तत्कालिन शाही सेनाको गोली लागी घाइते अवस्थामा रहेकी गरायला गाबिस १ की देउसरी पुनको केही महिना २०६७ पौष २२ गते रुकुम सदरमुकाममा उपचारको अभावमा मृत्यु भएको छ । आमाको स्याहारमा पढ्दै गरेका उनका वालवालवालिका आमाको मृत्यु पछि बिचल्लीमा परेका छन् । २०६८ बैसाख १ नेपाल समाचार पत्र दैनिक पत्रिकामा गिट्ठी कुट्दै पढ्दै गर्छन् द्धन्दपिडित वालवालिका भन्ने समाचार प्रकाशन भएपछि उनका वालवालिकाले राहत पाएका हुन् । त्रिभुवन जनता उच्च माध्यामिक बिद्यालय कक्षा ९ मा अध्ययनरत ललिता पुन, कक्षा ६ मा अध्ययनरत सानु पुन, ५ कक्षामा अध्यनरत हिरा पुन, कक्षा ४ मा अध्यनरत कबिता पुन र कक्षा १ मा अध्यनरत जनम पुनलाई आमाको मृत्युपछि निकै समस्या परेको थियो । नेपाल समाचार पत्रमा समाचार प्रकाशन भएपछि शक्ति शाई केन्द्र नामक संस्थाले ति वालवालिकाका लागी बिद्यालय पोशाक, चामल, दाल, तेल, चिनी, आटा, चिउरा, साबुन, तथा अन्य कपडाहरु समाचारपत्रका रुकुम संवाददाता एवं नेपाल पत्रकारमहासंघ रुकुमका उपाध्यक्ष धनवीर दाहाल मार्फ प्रदान गरेको छ । शक्ति शाई केन्द्र दांग तुल्सीपुरका संयोजक सरस्वती रजौरेले उनीहरुलाई ति सामानहरु रुकुम पठाउनुभएको थियो । रजौरेले ति सामानहरु सो केन्द्रका नरकेशरी शाहसँग रुकुम पठाउनुभएको हो । बुधबार रुकुमका संचारकर्मीहरुको साथमा ति बालबालिकालाई राहत स्वरुप पठाइएका ति समानहरु उपाध्यक्ष दाहालले बितरण गर्नुभएको हो ।
२०५९ मंसिर ९ गते को बिहानै बाख्र्रालाई घाँस हाल्न घर बाहिर निस्केकि गरायला-१ कि देउसरी पुनको सेनाको गोली लागेपछि घाइते अवस्थामा रहेकी उपचार नपाएर ज्यान गएको थियो । गोली लागेपछि देउसरीको परिवार बिस्थापित भएर सपरिवार सदरमुकाम बस्दै आएको थियो । सदरमुकाममा  भाडा तिरेर बस्दै आएकि देउसरी बैसाखिको सहयोगमा लिएर हिडडुल गर्ने र दिनभर गिट्ठी कुट्न जाने गर्थिन्  । २०६७ पौष  २२ गते आमाको मुत्यु भएपछि ४ छोरी र १ छोराले एक दिन अर्काको काम गर्ने र एक दिन बिद्यालय जाने गरेका थिए । यस भन्दा पहिले फरक फरक बिद्यालयमा पढ्दै गरेका उनीहरु वालमन्दिर प्रावि पनि त्रिभुवन जनता उच्च माबि अर्न्तगत संचालन भएपछि सबै भाई बहिनीहरु एउटै बिद्यालयमा पढीरहेका छन् । एक बर्षसम्मका लागी पुग्ने बिद्यालय पोशाक र जाडो र गर्मी महिनाका लागी सिजन अनुसारका अन्य कपडा र करिव ५ महिना सम्म पुग्ने खाद्य सामाग्री शक्ति शाई केन्द्रले उनीहरुलाई पठाएको छ । सो राहत पाएपछि ललिता तथा उनका भाई बहिनी निकै खुसी भएका छन् । उनीहरुले आफुहरुको अवस्था देखेर राहत पठाएपछि अव केही सजिलो भएको बताएका छन् । यस्तै शक्ति शाई केन्द्रकी दांग तुल्सीपुर संयोजक सरस्वती रजौरेले ललिता बाहेकका बच्चाहरुलाई वालआश्रममा लिएर उनीहरुको स्याहार तथा पढाउन सकिने बताउनुभएको छ । काम गर्न नसक्ने अवस्थामा रहेका ललिताका बुवा चन्द्रबहादुर पुनले अनुमति दिएमा उनीहरुलाई वालआश्रममा लिइने बताउनुभयो । जसका लागी पहल गरिदिन पत्रकार दाहाललाई आग्रह गर्नुभएको छ । 
फोटो क्याप्सन ः शक्ति शाई केन्द्रले पठाएको राहत बितरण गर्दै पत्रकार महासंघ रुकुमका उपाध्यक्ष एवं नेपालसमाचार पत्रका संवाददाता धनवीर दाहाल र राहत पाएका द्धन्दपिडित वालवालिका 

वाल संजालको हस्ताक्षर संकलन
रुकुम
जिल्ला वाल संजाल रुकुमले वालमैत्री स्थानीय शासन पर््रवर्द्धनको लागी हस्ताक्षर संकलन गरेको छ । संजालले वालमैत्री स्थानीय शासन सम्वन्धि सदरमुकाम खलंगामा संचालन भएको २ दिने गोष्ठीमा सहभागि सरोकारवाला निकायहरुको प्रतिवद्धता पत्रमा हस्ताक्षर संकलन गरेको हो । वाल अधिकार सम्वन्धि संचालित तालिम तथा गोष्ठीहरुमा भएको छलफललाई व्यवहारमा कार्यन्वयनमा एकरुपता ल्याउन सरोकारवाला निकायहरुको हस्ताक्षर संकलन गरिएको वाल संजाल रुकुमका सचिव प्रकाश पुनले वताउनुभयो ।  
वालवालिकाको लागी स्थानीय स्तरमा सवै क्षेत्रका निकायहरुले योजना निर्माणमा वालवालिकाको अर्थपर्ूण्ा सहभागिताको लागी वालमैत्री निति, संरचना र कार्य प्रकृयामा जोड दिनुपर्ने वाल संजालले माग समेत गरेको छ ।
वाल अधिकार सम्वन्धिका सवालहरुलाई मुल प्रवाहमा ल्याई वालमैत्री स्थानीय पर््रवर्द्धनमा हामी प्रतिवद्धता जाहेर गर्दछौं भन्ने प्रतिवद्धता पत्रमा ६८ जना भन्दा वढी सरोकारवाला निकायका प्रतिनिधिहरुले हस्ताक्षर गरेको वाल संजालका सदस्य संगित ओलीले जानकारी दिनुभयो ।

अखिल क्रान्तिकारी र जिशिका विच ४ बुदे सहमती
Rukum/सरकारले आधारभुत शिक्षा निशुल्क तथा अनिवार्य घोषणा गरेपनि केहि विद्यालयहरुले शुल्क लिएको भन्दै अखिल क्रान्तीकारी सर्ुर्खेत र जिल्ला शिक्षा कार्याल्ाय सर्ुर्खेतविच विद्यालयले लिएको शुल्क तत्काल फिर्ता गर्ने सहमती भएको छ ।

अखिल क्रान्तीकारी र जिल्ल्ाा शिक्षा कार्यालय सर्ुर्खेतले विद्यालयले लिएको शुल्क फिर्ता गर्ने सम्वन्धमा आज ४ बुदे सहमती गरेको छ ।
यस्तै शिक्षा नियमावलीको परिच्छेद २६ को नियम १५२ अर्न्तर्गत अति विपन्न विद्यार्थीलाई कक्षा १२ सम्मको शिक्षा निशुल्क गरिनुपर्ने, समयमै विद्यालयहरुले पाठ्यपुस्तक व्यवस्था मिलाई अध्ययन अध्ययापनमा गर्ने लगायतका सहमती भएको छ ।

४ बुदे सहमती गर्दै जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले केहि विद्यालयले १ देखि ८ सम्म लिएको भर्ना शुल्क अवैध भएको भन्दै त्यसलाई तत्काल फिर्ता गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अखिल क्रान्तीकारीका जिल्ला संयोजक अजित वौडेलले विद्यालयले लिएको शुल्क जसरी भएपनि फिर्ता गर्नुपर्ने भन्दै फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिनुभयो । सर्ुर्खेतका केहि विद्यालयले कक्षा १ देखि ८ सम्म निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरेपनि विद्यार्थीहरुबाट शुल्क लिने गरेका छन् ।


वालमैत्री सम्वन्धि २ दिवसीय जिल्ला स्तरिय गोष्ठी 
रुकुम/रुकुमको खलंगामा हिजो शुरु भएको वालमैत्री स्थानीय शासन सम्वन्धि सरोकारवालाहरका लागी २ दिवसीय जिल्ला स्तरिय अभिमुखीकरण गोष्ठी आज सम्पन्न भएको छ ।

वालमैत्री जिल्ला निर्माणमा सहयोग पुग्ने उदेश्यले यूनिसेफको आर्थिक सहयोग र जिल्ला विकास समिति रुकुमको आयोजनामा गोष्ठी संचालन गरिएको हो ।

गोष्ठीमा वालअधिकार, वालमैत्री स्थानीय शासन, वालमैत्री स्थानीय शासनको विकास, विस्तार, वालमैत्री स्थानीय शासन विकासको पद्धती र सुदृढीकरण लगायतका विषयमा छलफल भएको थियो ।

२ दिनसम्म चलेको गोष्ठीको सहजिकरण यूनिसेफकी इन्दिरा कोइराला, विनोद ढकाल र अनिता दाहालले गर्नुभएको थियो । गोष्ठीमा जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, कार्यालय प्रमुख, वालअधिकारको क्षेत्रमा काम गर्ने संघ संस्था, पत्रकार लगायत ५५ जना भन्दा वढीको सहभागिता रहेको थियो ।

गोष्ठीमा वालमैत्री स्थानीय शासन कार्यक्रम सम्वनिध एक वषिर्य कार्ययोजना पनि निर्माण गरिएको छ । कार्यक्रमका सहभागिहरुले वालमैत्री स्थानीय शासन कार्यक्रम सम्पन्न गर्नको लागी आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

गोष्ठी समापन कार्यक्रममा स्थानीय विकास अधिकारी केदारनाथ शर्माको अध्यक्षता र जिल्ला विकास समिति रुकुमका कार्यक्रम अधिकृत चिन्तामणी दाहालको संचालन रहेको थियो ।

भ्fmाडा पखालाले रुकुमको झुलामा ठुलो रुप लियो
एकको मृत्यु ,अनिश्चित बिद्यालय बन्द

धनवीर दाहाल
रुकुम/  जिल्लाको झुला गाबिसमा झाडापखाला देखिएको छ । गत हप्तादेखी सुरु भएको झाडापखालाले झुला गाबिसको वडा नं ९ ठाँटीमा पुरै गाँउमा संक्रमण गरेको छ ।  रुकुम झुला गाबिसको वडा नं ९ ठाँटीको दलित बस्तिबाट सुरु भएको झाडापखाला गाँउभरी फैलिएपछि बिद्यालय समेत बन्द गरिएको छ । झाडापखालाबाट बिरामी भएका झुला ९ का २९ बर्षा गोपाल बि.कको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार हुन नसक्दा थप उपचारका लागी नेपालगंज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । यस्तै श्री एकता निम्न माध्यामिक बिद्यालय पनि बन्द गरिएको छ । झाडापखाला फैलन नदिनका लागी अनिश्चीत कालका लागी बिद्यालय बन्द गरिएको बिद्यालय व्यवस्थापन समिती अध्यक्ष जनक चन्दले बताए । यसै गरी सो बस्तीमा जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली गएको जिल्ला अस्पतालले जनाएको छ ।
  झाडापखाला फैलिएको ठाँउमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अहेव शिवनारायण रजकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली शिविरमा खटिएको छ । झाडापखालाबाट मृत्यु भएका बि.ककी श्रीमति माया बि.कको अवस्था पनि गमभीर रहेको छ । उनको उपचार जिल्ला अस्पताल सल्लेमा  भइरहेको छ ।  अस्थायी रुपमा सञ्चालन गरिएको शिविरमा दैनिक जसो १२ देखी १५ जना जति बिरामी आउने गरेको स्थानिय एमाले नेता मनबहादुर के.सीले बताए । झाडा पखालाको प्रकोप  झाडापखाला महामारीबाट आक्रान्त भएका रुकुमेलीलाई झाडापखालामुक्त जिल्ला बनाउन लागीरहेको बेला फेरी जिल्लाको झुला गाबिसको सो दलित बस्तीमा झाडापखाला देखिएको हो । यस्तै सरोकार राख्ने निकायहरुले पनि बिभिन्न अभियान तथा सोही रोगलाई मध्यनजर गरी सन् २०१५ सम्म जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला बनाउने योजनाका साथ अभियान चलाइरहेका बेला यो रोग पुनः देखिएको छ ।

Saturday, May 21, 2011

शिशिरले भावुक बनाए रुकुमेलीलाई


धनवीर दाहाल
रुकुम /  ज्ाहिले पनि नेताका भाषण सुन्दा सुन्दा हैरान भइसकेका रुकुमेलीलाई शनिबार भएको एक सांस्कृतिक कार्यक्रममा गाएक शिशिर योगीले भावुक बनाए । मानवकल्याणकारी समाज नेपालको आयोजनामा भएको बृहत साँस्कृतिक कार्यक्रममा गाएक योगीले तिमिले पर्राई ठानेपछि, आमाले घाँस काट्दै गर्दा भिरमा जम्मीएको छोरो लगाएतका गित गाएर हजारौंको संख्यामा गाँउगाँउबाट आएका र्सवसाधारणलाई भावुक बनाए । यसै गरी नायीका नन्दीता के.सी, गायीका सिन्धु मल्ल , गायक सन्तोष श्रेष्ठ लगाएतका कलाकारले रुकुमेलीहरुलाई भरपुर मनोञ्जन दिएका छन् । यस्तै हास्यकलाकार कमल गाँउलेले नेताहरुको अभिनय गरेर देशको पछिल्लो राजनितिक परिबेशलाई दर्शकहरुसामु प्रस्तुत गरेका थिए ।
   श्ानिबार  रुकुम सदरमुकाम खलंगामा भएको भएको बृहत साँस्कृतिक कार्यक्रममा कलाकारहरुले धेरै लामो समय सम्म द्धन्दको चपेटामा परेका रुकुमेलीहरुलाई शान्ति सम्झौता भएपछि नेताहरुका भाषणले मात्र हैरानी खेपेको थियो । जहिले पनि जतिखेर पनि नेताहरु आएर आफ्नो पार्टर्ीीे गुनगान गाइरहेको देखेर रुकुमेलीलाई दिक्क लागी सकेको थियो । शान्ति बहाली पछि पहिलो पटक रुकुम सदरमुकाम खलंगामा यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजक कमिटीका अध्यक्ष रामबहादुर शाहीले बताए । कार्यक्रममा रमाइलो त के थियो भने शिशिर योगीकी पहिलो प्रेमिका रुकुमकी रहिछन् । उनले नाम मात्र बताएनन् अन्य प्रेम गर्दा र गसिकेपछिका सबै कुरा खोलेर दर्शकलाई झनै भावुक बनाएका थिए । उनले सबै कहानी बताएर मात्र तिमीले पर्राई ठानेपछि भन्ने गित गाउन सुरु गरे । सोही समयमा अधिकांश निकै भाबुक भएका थिए । यस्तै गरी नायकीका नन्दीका के.सीले रुकुम जस्तो ठाँउमा आफुलाई आउन मन लागेको र यो धोको अहिले मात्र पुरा भएको बताएकी थिइन् । सँधैभरी टेलिभिजनमा मात्र देखिने कलाकाहरुलाई आफ्नै आँखा अगाडी देख्न पाउँदा ग्रामिण स्तरबाट आएका र्सवसाधारण दंग भएका थिए ।


Wednesday, April 27, 2011

सहिदस्मृति सिल्डमा भलिवलको उपाधि पोखरालाई


भूपेन्द्र केसी
रुकुम, १४ बैशाख । नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समिति पोखराले रुकुममा जारी खुल्ला सहिदस्मृती रनिङ शिल्ड महिला र पुरुष गरी दुबैतर्फो उपाधि हात पारेको छ । सदरमुकाम खलंगामा रहेको खुल्ला मञ्च टु“डिखेलमा भएको सहिदस्मृति रनिङ शिल्डको खेलमा जनमुक्ति सेनाको पा“चँंै डिभिजन दहवन रोल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै एक लाख नगद, सिल्ड मेडल र प्रमाणपत्र सहित उपाधी हात पारेको हो ।
यसरीनै बुधवार भएको भलिवलमा नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समिति पोखराले महिला भलिवलको उपाधी पनि हात पारेको छ । रुकुमको रु“घालाई पछि पार्दै फाइनलमा पुगेको जनमुक्ति सेनाको पा“चौ डिभिजनलाई तमुवान राज्य समितिको टोलीले ३-० को सोझो सेटमा पराजित गर्दै तमुवानले ५० हजार नगद रुपैया“स“गै मेडल प्रमाणपत्रसहित आफ्नो जित हात पारेको हो ।
पुरुष भलिवलको विजेता तमुवान राज्य समिति पोखराले महिला पुरुष गरी १ लाख ५० हजार नगद सहित शिल्ड प्रमाणपत्र पाएको छ भने उपविजेता पाँचौ डिभिजनले महिला पुरुष गरी ७५ हजार नगदसहित मेडल प्रमाणपत्र हात पारेको छ । पुरुषतर्फो सेमी फाइनलमा पुगेका रुकुम आठविसकोट र रुकुमेली युवा समूहले  सान्त्वनामा भएका छन् । त्यस्तै महिला तर्फो सेमि फाइनलमा पुगेका रुकुमको रु“घा गाविसका खेलाडी र कोटजहारीले पनि सान्त्वना स्थान प्राप्त गरे ।
पुरुष तर्फसान्त्वना हुने २ समुहले १०/१० हजार नगद सहित मेडल प्रमाणपत्र पाएका छन् भने महिलातर्फसेमी फाइनलमा पुगेका २ समुहले प्रमाण-पत्र सहित ५/५ हजार नगद हात पारेका छन् ।
शहिद स्मृति रनिङ्ग शिल्डमा तेक्वान्दो, लोकदोहोरी, कराँते र भलिवल गरी चार ओटा खेलहरु खेलाइएको थियो । गएको वैशाख ९ गतेदेखि सुरु भएको खेलमा २२ पुरुष र १० महिला समुहले सहभागिता जनाएका थिए । एचएग्रुपको प्रायोजन, यमाहा मोरङ अटो वर्कस्को सहप्रायोजनमा   नेपाल गणतान्त्रिक खेलकुद महासंघ रुकुमले शिल्डको आयोजना गरेको हो ।
बुधवार आयोजित समापन समारोहमा माओवादी केन्द्रीय सल्लाहकार देविलाल गौतमले बिजयी खेलाडीलाई पुरस्कार तथा मेडल प्रदान गर्नुभयो । जनयुद्धका सम्पर्ूण्ा सहिदको सम्झनामा आयोजना गरिएको प्रतियोगिता नेपाल कम्युनिष्ट पार्टर्ीीे स्थापना दिवसको अवसरमा शुरु भएको थियो ।

Monday, April 18, 2011

राप्तीको ठूलो पुरस्कार रुकुमका पुरीलाई


दाङ । राप्ती अञ्चलको सबैभन्दा ठूलो राशीको राप्ती सिर्जना पुरस्कार यो बर्षरुकुमका साहित्यकार रामप्रकाश पुरीले पाउने भएका छन् । राप्ती साहित्य परिषद्ले ३५ औं बाषिर्कोत्सवको अवसरमा आगामी बैशाख १६ गते बाषिर्क साहित्यिक समारोह गरी सो पुरस्कार वितरण गर्न थालेको हो ।
प्रकाशित कृतिका आधारमा मूल्यांकलन गरिने सो पुरस्कार पुरीको 'विचरण महाकाब्य'लाई प्रदान गर्न लागिएको परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । साहित्यकार नेत्र एटमले स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार रहेको छ । त्यस्तै परिषद्ले ५ हजार राशीको दिलसरी-दल अतिरिक्त पुरस्कार रोल्पाका श्यामकुमार बुढा 'चिन्तन'लाई, ५ हजार राशीकै राप्ती साहित्य पुरस्कार प्युठानका गोरखबहादुर सिंहलाई, ३ हजार ५ सय राशीको देवीचन्द्र साहित्य पुरस्कार प्युठानकै चन्द्रबहादुर थापा मगरलाई, ३ हजार राशीको अपा-मुकुन्द प्रज्ञा पुरस्कार दाङका ऋषि शर्मा 'सुदामा' लाई र २ हजार राशीको गोपालचन्द्र प्रज्ञा पुरस्कार दाङकै खगराज न्यौपानेलाई प्रदान गर्दैछ ।
त्यस्तै ५ हजार राशीको ऋषि-लक्ष्मी साहित्य पुरस्कार प्युठानका देवेन्द्रकुमार रिजाललाई, १ हजार पा“च सय राशीको डोमादेवी साहित्य पुरस्कार दाङका खगेश्वर भण्डारीलाई, १ हजार राशीको विष्णु-नुमा साहित्य पुरस्कार सल्यानकी सन्ध्या रेग्मीलाई र १ हजार राशीकै नन्दहरि साहित्य पुरस्कार दाङका डिल्ली बस्नेत 'संगीत'लाई प्रदान गरिने परिषद्ले जनाएको छ । त्यसैगरी बाषिर्कोत्सवको अवसरमा दाङका चन्द्रप्रकाश चौधरी, प्युठानका डा. लेखराज सुवेदी, दाङका देवमणि देवकोटा र रोल्पाकी बमकुमारी बुढालाई सम्मान गरिने परिषद्ले आज घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । त्यसैगरी षरिषद्ले बाषिर्कोत्सवको अवसरमा दाङका चन्द्रप्रकाश चौधरी, प्युठानका डा. लेखराज सुवेदी, दाङका देवमणि देवकोटा र रोल्पाकी बमकुमारी बुढालाई सम्मान गर्दैछ । परिषद्ले बाषिर्कोत्सवमा वितरण गर्ने निमादेवी खनालस्मृति बाल प्रतिभा पुरस्कारका लागि प्रतिभा छनौट गर्न बैशाख १२ गते दाङका तीन स्थानमा बाल कविता प्रतियोगिता गराउने भएको छ । १४ बर्षुनिका बालबालिकालाई समसामयिक बिषयमा शर्ीष्ाक दिएर निश्चित समयमा कविता लेख्न लगाएर छनौट गरिने परिषद्ले जनाएको छ । कार्यक्रम सफल बनाउन परिषद्ले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।