Sunday, August 16, 2009

बरदान होइन अपिशाप बन्दैछ स्यार्पुताल

भुपेन्द्र केसी
रुकुम । रुकुमको पहिचान बनेको स्यार्पु तालको नाम नसुन्ने कमै होलान् । यसलाई पर्यटकीय क्षेत्र बनाउ“छौ भन्दै स्यार्पुतालको नाम जपेर यहा“का राजनीतिक दलहरुले राजनीति गरिरहेका छन् तर उनीहरुले भनेजस्तै न अहिलेसम्म स्यार्पु तालको संरक्षण गर्न कुनै कुनै प्रयास थालिएको छ, न त यसको आसपासमा बस्ने जनताको सुरक्षा र संरक्षणका लागि कुनै योजना अघि सारिएको छ । बरु बषर्ायाम शुरु हुनेवित्तिकै बर्षोनी दर्जनौं घरपरिवार बिस्थापित हुने पीडा झेल्नुपरिरहेको यस क्षेत्रका बासिन्दालाई । र्
पर्यटकीय संभाव्यता बोकेको स्यार्पुताल बा“फिकोट गाविसको वडा नं. ७ र ३ को बीचमा पर्दछ । स्यार्पूतालदेखि माथिको भागमा रहेका वन जंगलमा खुल्लारुपमा पशु चौपायलाई चरीचरणको रुपमा लिएपछि सो भागमा रहेका माटो ढुंगा बगेर तालमा भरिएपछि तालकोे पानी हुत्तिएर वस्तीमा पस्ने र त्यसले बर्षोनी दर्जनौं घरपरिवार बिस्थापित हुने गरेको पीडितहरु बताउ“छन् ।
यो बर्षपनि स्यार्पुताल मुनिका दर्जनौं घर परिवार बिस्थापित भएका छन् भने लाखौंको जग्गा नष्ट भएको छ । स्थानीय झरु खत्रीका अनुसार यो बर्षतालको पानीले बा“फीकोट- ८ डार्ने, बा“फीकोट-७ खारखोला र बा“फीकोट- २ बालुवाचौरमा रहेका लाखौं मूल्य बराबरमा खेत बगाएको छ । खेत तथा घट्ट वगाइदिएको हो । त्यस्तै कुलो बगाउ“दा सल्लेचौर ज्युला, सिम, भाग्ले ज्युला, खोलीवड्गाउ“लगायतका गाउ“हरुमा लगाइएको धान बाली प्रभावित भएको छ ।
तालको बानी हुत्तिएर झण्डै तीनसय घर परिवारको खेतवारी बलगाइदिएको खत्रीले जानकारी दिनुभयो । त्यस्तै तालबाट आएको बाढीले तीनवटा काठेपुल र ६ वटा पानी घट्ट वगाइदिएको छ भने पुल नर्हुदा त्यस क्षेत्रको आवागमन पर्ुण्ारुपमा वन्द भएको छ । यही तालको पानीबाट निकालिएको बिद्युतले सदरमुकाम खलंगा झिलिमिली छ तर तालपीडितहरुको पीडाप्रति भने सदरमुकाममा रहेको स्थानीय सरकारले कुनै वास्ता नगरेको पीडितहरुको गुनासो छ ।
तर यसपटक भने यस क्षेत्रका बासिन्दाहरु त्यत्तिकै पीडा सहेर बस्ने सुरमा छैनन् । सरकार र राजनीतिक दहलरुले माग पूरा नगरे सशक्त आन्दोलन गर्न समेत पछि नपर्ने उनीहरुको भनाई छ । त्यसैका लागि विस्थापित परिवारहरुले पुनर्वास र क्षतिपर्ूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरेका छन् ।
सभासद् विमला केसीलाई लिएर गएको पीडतहरुको टोलीले जिल्ला प्रशासन कार्यालय र राजनीीतक दल कार्यालयमा मागपत्र पेश गरेको पीडित चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । 'यदि साउन मसान्तभित्रै मागको सुनुवाई नभए भदौ १ गतेदेखि आन्दोलन गछौं'- उहा“ले भन्नुभयो । यता जिल्ला विकास समितिले पनि एकजना प्राविधिकलाई बाढी प्रभावित क्षेत्रमा खर्टाई क्षति भएको स्थानमा र्सर्वेको काम शुरु गरेको जनाएको छ ।

No comments: