Monday, January 11, 2010

ऋण काढेर भए पनि रुकुम उज्यालो कार्यक्रम सफल पारिनेः शर्मा



रुकुम, २७ पुस- एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य तथा पर्ूवशान्ति मन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले आफ्नो कार्यकालमा शुरु भएको रुकुम उज्यालो कार्यक्रम जसरी पनि सफल पार्ने बताउनुभएको छ । सोमवार रुकुम उज्यालो कार्यक्रमअर्न्तर्गत साना तथा लघु जलविद्युत उपभोक्ता समितिको अभिमुखीकरण तथा भेला उद्घाटन गर्दै उहा“ले सो कुरा बताउनुभएको हो ।
रुकुम क्षेत्र नं. २ का सभासद् समेत रहनुभएका शर्माले वर्तमान सरकारको पर्ूवाग्रही मानसिकताको कारण माओवादी नेतृत्वको सरकारले ल्याएको रुकुम उज्यालो कार्यक्रमले गति नपाएको उल्लेख गर्दै बजेटको कारण विकासमा ढिलाई गर्न नहुने बताउनुभयो । उहा“ले ऋण काढेरै भएपनि रुकुम उज्यालो कार्यक्रमलाई सफल पारेरै छोड्ने बताउनुभयो । यसअघिको सरकारले बजेटमार्फ सो कार्यक्रम ल्याएको थियो । रुकुमका सबै गाउ“मा विद्युत पुर्‍याएर पूरै जिल्लालाई उज्यालो बनाउने यस कार्यक्रमको लक्ष्य रहेको छ ।
उद्घाटन कार्यक्रममा रुकुम उज्यालो कार्यक्रमका संयोजक भरत पौडेलले कार्यक्रमको हालको अवस्था, योजना कार्यान्वयनमा देखा परेका प्रमुख समस्यालगायतका विषयमा प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा माओवादीका जिल्लार् इञ्चार्ज शरुण बा“ठा मगर, नेकपा एमालेका नेता खेममान खड्का,नेपाली कँंग्रेसका निर्मला गिरी, राष्ट्रिय जनमोर्चाका गिरीप्रसाद बुढा, राप्रपाका मुकुन्दबहादुर शाह, नेमकिपाका कालीबहादुर खड्का, राप्रपा नेपालका गणेश शाही, सहायक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र लोकतान्त्रिक महिला सञ्जालकी जिल्ला अध्यक्ष देवी ओलीले बोल्नुभएको थियो ।
भेलाले गोप्येश्वर केसीको अध्यक्षतामा १५ सदस्यीय साना तथा लघु जलविद्युत उपभोक्ता समिति रुकुम गठन गरेको छ । समितिका उपाध्यक्ष थलबहादुर खड्का, सचिव टोपबहादुर ओली, सहसचिव गंजबहादुर ओली र कोषाध्यक्ष तिर्था पुन रहनुभएको छ । भेलामा विभिन्न उपभोक्ता समूहहरुबाट करिब दर्ुइ सय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

No comments: