टेकबहादुर ओली
रुकुम, २६ पुस । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य तथा पर्ूवशान्ति मन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले रुकुम जिल्लालाई छोटो समयमै विकास गरेर नमूना बनाउन एकीकृत रुकुम विकास योजना ल्याइएको बताउनुभएको छ । जिल्लालाई नमूना बनाउन एकीकृत रुकुम विकास योजना ल्याइएकाले सबै दलहरुलाई मिलेर अघि बढ्न पनि उहा“ले आग्रह गर्नुभएको छ ।
रुकुमको सा“ख गाविसस्थित जनजागृति माविको भवन उद्घाटन गर्दै रुकुम क्षेत्र नम्बर २ का सभासद् समेत रहनुभएका प्रभाकरले अन्य दलहरुले जनतालाई राजनीतिक अधिकार नदिएकाले रुकुमको समग्र विकास हुन नसकेको बताउनुभयो ।
उहा“ले सबैको प्रतिनिध्ाित्व हुने राज्य ब्यवस्था निर्माण गरेेर मात्र राज्यमा समान अधिकार स्थापित हुने धारणा राख्नुभयो । पर्ूवमन्त्री प्रभाकरले आफुहरु सरकारमा हु“दा वर्षौदेखि गा“जिएको देशको भ्रष्टाचार आधा कम भएको दावी गर्दै अहिलेका मन्त्रीहरुले संविधान निर्माणको कुरा विर्सिएर राज्यको ढुकुटीमाथि व्रम्हलुट मच्चाउन थालेको टिप्पणी गर्नुभयो ।
उद्घाटन समारोहमा एकीकृत नेकपा माओवादी रुकुमका सेक्रेटरी रामसुर बुढा विरता, नेपाली कांग्रेसका खडक डाँगी, राष्ट्रिय जनआन्दोलन रुकुमका संयोजक बुद्ध्रि्रकाश शर्मा अनन्त र अखिल नेपाल शिक्षक संगठन रुकुमका अध्यक्ष गणेश केसी लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन शिक्षक प्रेमबहादुर बोहराले संचालन गर्नुभएको थियो । आर्थिक वर्ष०६५/०६६ मा शान्ति तथा पर्ुननिर्माण मन्त्रालयवाट प्राप्त दश लाख रुपैया“को लागतमा तीन कोठे भवनको निर्माण भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
No comments:
Post a Comment