Monday, November 1, 2010

घर निकाला गरिएकी कुष्ठरोगी बृद्धाको उपचार शुरु

उदय बिसी

दाङ । कुष्ठरोग लागेपछि रोग र्सने डरले डेढवर्षपहिले घरपरिवारबाट निकाला गरिएकी रुकुमकी एक बृद्धा महिलाको उपचार शुरु भएको । उहाँलाई आईएनएफ दाङ नामक संस्थाले रुकुमबाट दाङ ल्याएर उपचार शुरु गरेको हो ।
कुष्ठरोगले थलो परेकी रुकुम खारा गाविस-८ लाइतकी ६८ वषर्ीया बेलमती खड्कालाई डेढ बर्षघि घरपरिवारले घर निकाला गरेका थिए । घर निकाला गरिएपछि बेलमति जंगलमा एक्लै बस्दै आएका खबर विभिन्न सञ्चारमाध्यमबाट र्सार्वजनिक भएपछि आइएनएफ दाङले बृद्धा बसेकै स्थलमा कर्मचारी पठाएर उद्दार गरी दाङ ल्याएको हो ।
कुष्ठरोग लागेकै कारण समाज र परिवारमा अरुलाई र्सने डरले घरदेखि करीव ७५ मिटर टाढा छुट्टै झुपडी निर्माण गरेर बेलमतिलाई राखेको अवस्थामा फेला पारेर ल्याएको आईएनएफ दाङका सहजकर्ता लालबहादुर रावतले जानकारी दिनुभयो । उपचारका लागि दाङ ल्याइएकी बृद्धा बेलमति उपचार पाउने भएपछि निकै खुशी हुनुभएको छ । 'सत्र महिनाअघि मलाई कुष्ठरोग लागेको थाहा पाएपछि घरपरिवार र गाउ“लेले रोग र्सछ भनेर टाढा राखे र हेला गर्न थाले, अब रोग निको हुने आशामा छु'- बेलमतीले भन्नुभयो ।
घरबाट निकालेपछि घरको केही टाढा अर्काे एक झुपडी बनाएर आफूलाई राखेको र त्यसपछि दिनमा एक छाक मात्रै खान दिने गरेको उहाँले बताउनुभयो । घरबाट निकाले पनि आफ्नै कान्छी छोरी सीता खड्काले आफूलाई खाना पुर्‍याउने गरेको र देउता रिसाएर कुष्ठरोग लागेको भन्दै उपचारका लागि कसैले पनि पहल नगरेको बेलमतीको भनाइ छ । रोग र्सने डरले आफूलाई घरदेखि बाहिर राखेको र रातको समयमा आफू बसेको झुपडीमा ढुङ्गामुढा गरेर गाउँलेले सताउने गरेको पीडा उहाँले व्यक्त गर्नुभयो ।
पछिल्लो केही समययता कुष्ठरोगी बृद्धा घर निकाला गरिएको खबर सञ्चारमाध्यमहरुमा आएपछि आफ्नो संस्थाले कर्मचारी पठाएर उपचारका लागि दाङसम्म ल्याएको र उपचारपछि उहाँलाई समाजमै पुनस्थापना गरिने आईएनएफ दाङका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । 'पहिला हामी उहाँलाई यहीं राखेर उपचार गछौर्ं, त्यसपछि कुनै न कुनै हिसाबले समाजमै पुनर्स्थापना गर्ने हाम्रो पहिलो प्राथमिकता हुन्छ'- अधिकारीले भन्नुभयो ।
आईएनएफ दाङले हाल राप्तीका ६ सय ६३ कुष्ठरोगीको उपचार गरिरहेको छ । त्यस्तै हालसम्म दाङमा ७ सय ३६, रोल्पामा २ सय ४६, सल्यानमा १ सय ८३, रुकुममा १ सय र प्युठानमा १ सय ८३ जना गरी झण्डै १ हजार ५ सय जनालाई उपचारपछि सम्बन्धित समुदायमा पुनर्स्थापना गरिसकिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । आव २०६४/६५ देखि ०६७/६८ सम्ममा १ सय ३ जना नयाँ कुष्ठरोगीहरु संस्थाको सर्म्पर्कमा आएको पनि आइएनएफ दाङले जनाएको छ ।

No comments: