Sunday, September 26, 2010

पर्यटन विकासको ढोका खोल्नु महोत्सवमा मूल लक्ष्य हो



चन्द्रबहादुर केसी
संयोजक
स्यार्पु महोत्सव मूल आयोजक समिति
रुकुमको इतिहासमा पहिलोपटक महोत्सव हुदैछ, कस्तो तयारी गर्नुभएको छ ?
-यो रुकुमको पर्यटन विकासको ढोका खोल्ने पहिलो महोत्सव हो । रुकुम जिल्लाको सर्न्दर्भमा भन्दा पर्यटन विकासको ढोका स्यार्पूतालबाट असोज ११ गतेबाट खोलिँदै छ । रुकुमेलीहरुको लागि महोत्सव पहिलो भएकोले हामीस“ग थुप्रै चुनौति थिए तर पनि ति चुनौतिहरुसँग पैँठेजोरी खेल्दै महोत्सवको सबै तयारी पूरा भएको छ । यसरी विभिन्न पाटोलाई केलाएर हर्ेदा भौतिक पर्ूवाधारमध्ये भ्युटावर, मञ्च तयारी, मूल स्थायी गेट, महोत्सवस्थल आसपासको क्षेत्रमा स्थायी शौचालय, स्यार्पूवरिपरी घोडेटो बाटो निर्माण आदीको काम सकिएको छ भने फलामेगौडादेखि स्यार्पूतालसम्मको घोडेटो बाटो पनि खनिएको छ । आन्तरिक तथा बाहृय पर्यटकका स्यार्पूमा सयर गर्नका लागि ४ ओटा ढुङ्गा निर्माण गरिएको छ । प्रचारप्रसारको काम त्रि्र भएको छ । स्टलको ब्यवस्था हुनुका साथै खेलकुद सामाग्री, सांगितिक कार्यक्रम आदि सबै काम सकिएको छ ।
महोत्सवमा कति जति पर्यटक भित्र्याउने तयारीमा हुनुहुन्छ र उनीहरुलाई खान बस्न कस्तो प्रबन्ध मिलाउनुभएको छ ?
यो पहिलो महोत्सव भएकाले जतिसक्यो धेरै पर्यटक भित्र्याउने सोंचमा हामी छौं । महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खान र बस्न राम्रो प्रवन्ध मिलाइएको छ । होटेल र होमस्टेको ब्यवस्था गरिएको छ । आम पर्यटकलाई सुरक्षाको पनि राम्रो प्रबन्ध मिलाइएको छ । सँगसँगै सुरक्षाकै लागि मूल आयोजक समितिको कमाण्डमा रहने गरी दर्ुइ सय स्वयम सेवक युवा पनि तयारी अवस्थामा राखेका छौं । त्यस्तै हामीले जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु समन्वय गरेर आकस्मिक सेवा र प्राथमिक उपचारको ब्यवस्था मिलाएका छौं । जिल्ला स्वास्थ्य कार्यालयबाट औषधीसहित सिनियर अहेवको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोली परिचालित गरिएको छ । इलाका स्वास्थ्य चौकी बाँफीकोटमा नियमित स्वास्थ्य सेवा जानुका साथै पर्यटनस्थलमा आकस्मीक स्वास्थ्य सेवा राख्ने ब्यवस्था मिलाइएको छ ।
महोत्सवका लागि सरकारी गैरसरकारी कार्यालयहरुबाट कस्तो सहयोग पाईराख्नुभएको छ ?
र्-पर्यटन वर्ष२०११ लाई ध्यानमा राखी स्यार्पू पर्यटन महोत्सव गरिएको हो । तर, स्यार्पू पर्यटन महोत्सवलाई सरकारले अपेक्षाकृत सहयोग गरेको छैन । महोत्सवका लागि उल्लेखनीय योजना तथा आर्थिक सहयोगको अपेक्षा बोकेर हामी साउन २ गते काठमाडौँ गएका थियौँ । सरकार बन्ने आसासँगै आर्थिक सहयोग पाउने अपेक्षामा २९ दिन काठमाडौ बसियो तर सरकारबाट २ पैसा पनि सहयोग पाइएन । हामीले सरकारबाट सहयोग पाइएको भनेको जिल्ला विकास समिति रुकुमबाट पाँच लाख र बाँफीकोट गाविसबाट दर्ुइ लाख मात्र हो बा“की त हामीले काठमाडांै, नेपालगञ्ज, दाङ र जिल्ला भित्रका शिक्षक ब्यापारी, बुद्धिजीविबाट सहयोग उठाउँदै हिंडेका छौँ । काठमाडौं, नेपालगञ्ज, दाङमा रहेका रुकुमेली बुद्धिजीवी, ब्यापारी, शिक्षक, कर्मचारी, बिद्यार्थीले हामीलाई सकेजति सहयोग गर्नुभएको छ र हाम्रो अभियानप्रति हार्दिकतापर्ूवक ऐक्यबद्धता जनाउनुभएको छ । जिल्लाको पहिलो महोत्सव भएकाले जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला वन कार्यालय, भू-संरक्षण कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा कार्यालयहरुबाट महोत्सवलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा सल्लाह सुझाव पाई राखेका छौँ भने सामान्य तया आर्थिक सहयोग पनि पाएका छौँ । जिल्लामा सरकारी कार्यालयका प्रमुख तथा अधिकारी र सञ्चारकर्मीहरुबाट महोत्सवस्थलमा पुगेर भौगोलिक अवस्थाको अध्ययन गरी उचित राय सल्लाह समेत पाएका छौं । हामी यसबाट अत्यन्त उत्साहित भएका छौं । महोत्सवस्थलमा भौतिक पर्ूवाधार निर्माण गरी आरआरआरएसडीपी रुकुमले स्यार्पू पर्यटन महोत्सवलाई ठूलो गुण लगाएको छ । यसरी एलएफपी रुकुमले स्यार्पू तालमा ढुङ्गा निर्माण गर्न आर्थिक सहयोग गरेको छ भने सीएसपी रुकुमले पनि काठेपुल निर्माण गर्ने प्रतिवद्धता गरेको छ । यूएसएआइडीले पनि राम्रो आर्थिक सहयोग गरेको छ । जिल्लामा रहेका विभिन्न तह र तप्काका मानिसहरुले आफुले सक्दो सहयोग गरेका छन् । जिल्लामा रहेका नेता तथा पार्टर्ीीको निरन्तर सहयोग, सल्लाह, सझावबाट नै हामी अगाडी बढ्न सफल भएका छौ ।
आम्दानीभन्दा खर्च धेरै हुने देखिन्छ, महोत्सव सम्पन्न गर्न गाह्रो हुदैन ? 
हामीले शुरुमा ५६ लाख रुपैया“ खर्च हुने अनुमान गरेका थियौं तर त्यो बजेटले नै नपुग्ने सम्भावना बढेको छ । फलामे गौंडादेखि महोत्सवस्थलसम्मको घोडेटो बाटो निर्माणमा मात्रै २३ लाख भन्दा बढी रकम खर्च भएको छ, स्थायी गेट निर्माणमा २ लाख, स्टल ब्यवस्थापनमा ४ लाख, मञ्च निर्माणमा २ लाख, फिल्ड निर्माणमा २ लाख, खेलकुदमा ३ लाख रकम खर्च भईसकेको छ भने भ्युटावर निर्माण गरिएको छ । अन्य खर्च हुने थुप्रै ठाउ“ बा“की छ । आम्दानीका स्रोत भनेको जिल्ला विकास समिति र ४३ गाविस कार्यालय, संघसंस्था, ब्यापारी, शिक्षक, बुद्धिजीवि र र्सवसाधारणबाट आउने सहयोग हो । बा““की काठमाडौ, नेपालगञ्ज, दाङलगाएतबाट आठ नौलाख सहयोग उठाएका छौँ भने अन्य २५ लाख जति हामी ऋणमा पर्ने देखिन्छ । जिल्लाका राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकायहरुले यसलाई हेरिदिने छन् भन्ने मैले अपेक्षा गरेको छु ।
ऋणमा परेरै किन महोत्सव गर्न थाल्नुभएको हो त ? 
हो हामी निःस्वार्थ र स्वयंसेवीरुपमा बिगत नौ महिनादेखि खटिरहेका छौं । हाम्रो उद्देश्य पैसा कमाउने र ब्यापार गर्ने होइन । हाम्रो महोत्सवको एक मात्र उद्देश्यले रुकुमको पहिचान देशब्यापी बनाउनु हो । प्रकृतिले भरिपर्ूण्ा जिल्ला पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको, अमुल्य जडिबुटी, झरणा, ताल, सिस्ने हिमाल, पुथा हिमाल, कमल दह, साँख दह, तातोपानी, देउराली गुफा, ढोरपाटन सिकार आरक्षलगायतका जिल्लामा १ सय ५० ओटा भन्दाबढी पर्यटन क्षेत्र बन्नसक्ने सम्भावना छ रुकुममा । यो कुरालाई र्सार्वजनिक गरेर राज्य र अन्य सरोकारवाला निकायको ध्यानकेन्द्रित गर्न सक्यौं भने हामी सफल भएको मान्ने छौैं । समग्र रुकुम जिल्लाका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहिचान दिन, पर्यटक भित्र्याउन, भौतिक पर्ूवाधारको विकास गर्न, जनताको जीवनस्तर बदल्न, रोजगारीको ब्यवस्था गर्न, ब्यापार बढाउन, लोपोन्मुख संस्कृति र किसानहरुले उत्पादन गरेको चिज बस्तुलाई प्रचारमा ल्याउनु यो महोत्सवका थप उद्देश्य हुन् । जिल्लाको चित्र प्रस्तुत गरी रुकुमको पहिचान दिने अवसर प्रदान गराउने अवसर मिलाउने तारताम्यमा लागेकोले हामी खुसी छौँ । यो बाहेक अरु हाम्रो कुनै स्वार्थ नभएकाले ऋणमा रहेर पनि महोत्सव गर्दैछौं ।
महोत्सवका मुख्य आकर्षाहरु के-के हुन् ?
-महोत्सवको मुख्य आकर्षा वा केन्द्रविन्दु भनेको मानव निर्मित आकारमा रहेको स्यार्पू ताल हो । यसरी नै यसको उत्तरमा रहेको सिमैछरी, बौलाह छरी, झार्लेबोटको रमणीय जङ्गल, स्यार्पू तालबाट वगेर गएको दही खोला, पौरानिक भनाई अनुसार भिमसेनले बासोले ताछेको बासताछे पहरा, भिमसेनले नै छेलो हानेको ढुङ्गा, र्सपले चाटेको पहरा लगाएतका रमणीय स्थानको अवलोकन गर्न सकिने छ । स्यार्पूतालमा ढुङ्गा चढेर सयर गर्न सकिन्छ भने भ्यूटावरबाट स्यार्पूतालको सम्पर्ूण्ा अवलोकन तथा अध्ययन गर्न सकिन्छ । महोत्सव स्थल तथा स्यार्पूताल वरीपरी २०११ ओटा राष्ट्रिय झण्डा फहराउनुका साथै डे्रसवद्ध रुपमा विद्यार्थी, खेलाडी, कलाकार, शिक्षक, बाजागाजा सहित २०११ जनाले स्यार्पूताल वरीपरी परिक्रमा गरेको रमाइलो दृश्यावलोकन देख्न सकिने छ । राष्ट्रिय कलाकारहरुद्धारा लोक दोहोरी, नृत्य, गित, सुटिङ्ग, जादु समेत महोत्सवका मुख्य आकर्षाहरु हुन् ।
प्रस्तुतिः भुपेन्द्र केसी

No comments: