मानवअधिकार अनुगमन संजाल पर्ुनर्गठन
रुकुम जिल्लामा मानवअधिकार अनुगमन संजाल रुकुमको पर्ुनर्गठन भएको छ । जिल्लामा कार्यरत मानवअधिकारकर्मी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा आज पर्ुनर्गठन भएको हो ।
मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस रुकुमको कार्यालयमा भएको बैठकले पर्ुनगठन गरेको हो । इन्सेक जिल्ला प्रतिनिधि जीवन खडकाको अध्यक्षतामा ११ सदस्यीय मानवअधिकार अनुगमन संजाल गठन गरिएको छ ।
जसको सचिवमा हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक शारदा डाँगी, कोषाध्यक्ष पत्रकार महासंघ रुकुमका अध्यक्ष कमलप्रकाश थापा, सदस्यहरुमा सिद्धराज पनेरु, पुस्तक चन्द, शोभाकर शर्मा, रमेश खडका, धनबिर दाहाल, मनु बाँठा, प्रमेश बादे र नरबहादुर नेपाली रहेको नवनिर्वाचित सचिव शारदा डाँगीले बताउनुभयो ।
संजालले जिल्लामा घट्ने मानवअधिकार उलंघनका गम्भिर घटनाहरुको संयुक्त अनुगमन गर्ने र त्यस्ता घटनाहरुको अनुगमन प्रतिवेदन र्सार्वजनिक गर्ने निर्ण्र्ाागरिएको छ ।
खानेपानीको समस्या
रकुमको दुली गाविस वडा नम्बर ९ हाँसु गाउँमा खानेपानीको हाहाकार भएको छ । स्थानीय वासिले आफ्नै लगानीमा गाउँमा ल्याएको खानेपानीको पाइपमा खरावी आएपछि खानेपानीको समस्या परेको हो ।
ताउला खारा मुहानवाट स्थानीय वासिन्दाले ल्याएको खानेपानीको पाइपमा स्याइली भरिएर खरावी आएपछि गाउँका १३ घर परिवारले पानीको समस्या भोगिरहेका छन् ।
अहिले त्यहाका स्थानीय वासिहरु पानी लिन एक किलोमिटर टाढा हिड्नुपर्ने वाध्यता रहेको स्थानीय वासि सरुण वस्नेतले जानकारी दिनुभयो । त्यस गाउँमा १० दिनदेखी खानेपानीको समस्या परेको हो ।
रुकुमकोटमा गोरेटो वाटो
रुकुमको रुकुमकोट गाविस रुमालबाराको गैराखानीदेखि देउराली ओडारसम्मको गोरेटो वाटो निर्माण गरिएको छ । सामुदायिक अध्ययन केन्द्र रुकुमकोटको सहयोगमा ३ सय ७५ किलोमिटरको गोरेटो बाटो निर्माण गरिएको हो । र्
पर्यटकिय स्थलको रुपमा रहेकादेउराली ओडारमा पर्यटकहरुलाई आवत जावतमा सहजताको लागी गोरेटो वाटो निर्माण गरिएको सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष दर्ुगा बुढाथोकीले जानकारी दिनुभयो ।
गाविसमा रहेका कमल दह र देउराली ओडारलाई पर्यटकीय स्थलको रुपमा विकास गरी राष्ट्रिय स्तरमा चिनाउन सबै राजनैतिक दल, संघ संस्थाले चासो देखाएका छन् ।
दर्ुघटनामा २४ जना घाइते
जाजरकोटमा आज गाडी दर्ुघटना हुंदा २४ जना यात्रु घाइते भएका छन् । दर्ुघटनामा घाइते भएका सवै यात्रुहरुको अवस्था सामान्य रहेको वताइएको छ ।
जाजरकोट खलंगावाट सल्यानको सल्लीवजार जाँदै गरेको भेरी गंगा यातायातको ३४२० नम्बरको गाडी जाजरकोटको कार्कीगाउँ र सिमा गाविसको सिमानामा पर्ने छेरा खोलामा दर्ुघटना भएको हो ।
घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई उद्धृत गर्दै स्थानीय राजनैतिक दलका प्रतिनिध र्सर्ुयवहादुर रोकाले जानकारी दिनुभायो । गाडी आफ्नो नियन्त्रण वाहिर गएपछि दर्ुघटना भएको वताइएको छ ।
परिक्षा नतिजा प्रकाशित
महाकाली निम्न माध्यामिक विद्यालय समिकोट खलंगा ९ रुकुमले आज वाषिर्क परिक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयले कक्षा १ देखी ७ कक्षा सम्मको एक कार्यक्रमका विच २०६७ सालको वाषिर्क परिक्षाको नजिता प्रकाशित गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरवहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक दामोदर शर्माले गर्नुभएको थियो । वाषिर्क परिक्षामा विद्यालय तथा कक्षा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरवहादुर खड्काले पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस्तै विद्यालयले दैनिक हाजिरी अनुसान, सरसफाई आदीको मुल्याङ्गन गरी १० जना विद्यार्थीलाई पुरस्कृत गरेको शिक्षक दामोदर शर्माले जानकारी दिनुभयो ।
स्थानीय शासन सम्वन्धि गोष्ठी
रुकुमको चौरजहारीमा स्थानीय शासन तथा सामाुदायिक विका कार्यक्रम अन्तरगत गाविस स्तरिय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । जिल्ला विकास समिति रुकुमको सहयोग र नेपाल जनजागरण मंचको आयोजनामा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा शक्ति विश्लेषण, वडा नक्साङ्कन, विपन्नता वडा छनौट लगायतका विषयमा जानकारी गराइएको सामाजिक परिचालक उर्मिला थापाले जानकारी दिनुभयो ।
अनुगमन, पहिचान र व्यक्तिको क्षमता अभिवृद्धि गर्न गोष्ठीले सहयोग पुर्याउने सहभागिहरुले वताएका छन् । एक दिने गोष्ठीमा विभिन्न कार्यालय प्रतिनिति, संघ संस्थाका प्रतिनिधि, शिक्षक लगायतको सहभागिता रहेको सहकर्मी गोपाल रेग्मीले जनाएका छन् ।
यसैविच एकिकृत नेकपा माओवादी रुकुम १० नम्बर एरिया अन्तरगत कोटजहारी गाविसमा पार्टर्ीीमिटी वैठक सम्पन्न भएका छन् । गाविसको वडा नम्बर १, २, ५, ९ र ८ मा पार्टर्ीीमिटीका वैठक सम्पन्न भएका हुन् ।
आगामी चैत्र २४ गते मनाइने जनआन्दोलन दिवसलाई मध्यजनर गरेर माओवादी कोटजहारीले भेला, संगठन विस्तार, प्रशिक्षण लगायतका कार्यक्रम संचालन गरिएको माओवादी मगरात राज्य समिति सदस्य कर्ण्र्ााादुर र्घर्तिले जानकारी दिनुभयो ।
No comments:
Post a Comment