Monday, April 4, 2011

एक जनाको हत्या


वीरवहादुर मल्ल
रुकुम चैत्र २१
रुकुम र रोल्पाको सिमानामा पर्ने पाखापानी गाँउमा एक जनाको हत्या भएको छ । रोल्पा जिल्लाको पाखापानी गाबिस वडा नं ९ का ३५ बर्षा प्रेमबहादुर ओलीलाई रोल्पा राँख गाबिस ३ का दिपेन्द्र खडकाले खुकुरी प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ ।

अभियुक्तलाई इलाका प्रहरी कार्यालय माडीचौर रोल्पाले पक्राउ गरी आवश्यक कार्वाही अगाडी बडाएको छ । मृतक प्रेम बहादुर ओलीकी श्रीमतिसँग अभियुक्त खडकाको माया प्रेम रहेको कारण मृतक ओलीकी
श्रीमति र खडकाको मिलेमतोमा हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भीक भनाई छ ।

खडकाले आफै मृतकको परिवारलाई फोन गरेर मैले प्रेम बहादुर
ओलीलाई मारिसके भन्ने खवर गरेपछि सो घटनाबारे थाहा भएको ओलीका
परिवारले बताएका छन् । मृतकको शवलाई जिल्ला अस्पताल रुकुममा पोष्टमार्टम पछि परिवारलाई बुझाइएको छ ।

शान्ति र्‍याली आयोजनाका लागि समन्वय बैठक सम्पन्न
आगामी बैसाख १ देशभर आयोजना गरिने शान्ति र्‍यालीलाई रुकुममा ब्यवस्थित रुपमा सम्पन्न गर्न जिल्लामा कार्यरत अधिकारकर्मी संघ संस्थाहरु र सरोकारवालहरु बिच समन्वय बैठक जिल्ला सदरमुकाम खलंगामा चैत २१ गते सम्पन्न भयो ।

मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र-हरप्लेस) रुकुमको आयोजनामा हरप्लेस कार्यालयमा भएको बैठकले आगामी नयाँ बर्षा श्ान्ति प्रकृयालाई तार्किक निष्कर्षा पुर्‍याउन र समयमै संबिधान निर्माणका लागि दवाव दिन शान्ति र संबिधानको बर्ष२०६८  भन्ने मुल नाराका साथ र्‍याली आयोजना निर्ण्र्ााभएको छ ।

र्‍यालीलाई भब्य रुपमा सफल पार्न जिल्ला स्थीत सम्पर्ुण्ा सरकारी तथा गैरसरकारी निकायहरुलाई सहभागिताका लागि अनुरोध गर्ने तथा र्‍यालीलाइ ब्यवस्थित रुपमा सम्पन्न गराउन जनसहभागिताका जुटाउन प्रचार प्रसारका लागि स्थानिय संचार माध्यमहरुलाई सुचना प्रशारणका लागि अनुरोध गर्ने निर्ण्र्ाागरिएको छ ।

No comments: