Saturday, May 21, 2011

शिशिरले भावुक बनाए रुकुमेलीलाई


धनवीर दाहाल
रुकुम /  ज्ाहिले पनि नेताका भाषण सुन्दा सुन्दा हैरान भइसकेका रुकुमेलीलाई शनिबार भएको एक सांस्कृतिक कार्यक्रममा गाएक शिशिर योगीले भावुक बनाए । मानवकल्याणकारी समाज नेपालको आयोजनामा भएको बृहत साँस्कृतिक कार्यक्रममा गाएक योगीले तिमिले पर्राई ठानेपछि, आमाले घाँस काट्दै गर्दा भिरमा जम्मीएको छोरो लगाएतका गित गाएर हजारौंको संख्यामा गाँउगाँउबाट आएका र्सवसाधारणलाई भावुक बनाए । यसै गरी नायीका नन्दीता के.सी, गायीका सिन्धु मल्ल , गायक सन्तोष श्रेष्ठ लगाएतका कलाकारले रुकुमेलीहरुलाई भरपुर मनोञ्जन दिएका छन् । यस्तै हास्यकलाकार कमल गाँउलेले नेताहरुको अभिनय गरेर देशको पछिल्लो राजनितिक परिबेशलाई दर्शकहरुसामु प्रस्तुत गरेका थिए ।
   श्ानिबार  रुकुम सदरमुकाम खलंगामा भएको भएको बृहत साँस्कृतिक कार्यक्रममा कलाकारहरुले धेरै लामो समय सम्म द्धन्दको चपेटामा परेका रुकुमेलीहरुलाई शान्ति सम्झौता भएपछि नेताहरुका भाषणले मात्र हैरानी खेपेको थियो । जहिले पनि जतिखेर पनि नेताहरु आएर आफ्नो पार्टर्ीीे गुनगान गाइरहेको देखेर रुकुमेलीलाई दिक्क लागी सकेको थियो । शान्ति बहाली पछि पहिलो पटक रुकुम सदरमुकाम खलंगामा यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजक कमिटीका अध्यक्ष रामबहादुर शाहीले बताए । कार्यक्रममा रमाइलो त के थियो भने शिशिर योगीकी पहिलो प्रेमिका रुकुमकी रहिछन् । उनले नाम मात्र बताएनन् अन्य प्रेम गर्दा र गसिकेपछिका सबै कुरा खोलेर दर्शकलाई झनै भावुक बनाएका थिए । उनले सबै कहानी बताएर मात्र तिमीले पर्राई ठानेपछि भन्ने गित गाउन सुरु गरे । सोही समयमा अधिकांश निकै भाबुक भएका थिए । यस्तै गरी नायकीका नन्दीका के.सीले रुकुम जस्तो ठाँउमा आफुलाई आउन मन लागेको र यो धोको अहिले मात्र पुरा भएको बताएकी थिइन् । सँधैभरी टेलिभिजनमा मात्र देखिने कलाकाहरुलाई आफ्नै आँखा अगाडी देख्न पाउँदा ग्रामिण स्तरबाट आएका र्सवसाधारण दंग भएका थिए ।


No comments: