भूपेन्द्र केसी
रुकुम, १४ बैशाख । नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समिति पोखराले रुकुममा जारी खुल्ला सहिदस्मृती रनिङ शिल्ड महिला र पुरुष गरी दुबैतर्फो उपाधि हात पारेको छ । सदरमुकाम खलंगामा रहेको खुल्ला मञ्च टु“डिखेलमा भएको सहिदस्मृति रनिङ शिल्डको खेलमा जनमुक्ति सेनाको पा“चँंै डिभिजन दहवन रोल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै एक लाख नगद, सिल्ड मेडल र प्रमाणपत्र सहित उपाधी हात पारेको हो ।
यसरीनै बुधवार भएको भलिवलमा नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समिति पोखराले महिला भलिवलको उपाधी पनि हात पारेको छ । रुकुमको रु“घालाई पछि पार्दै फाइनलमा पुगेको जनमुक्ति सेनाको पा“चौ डिभिजनलाई तमुवान राज्य समितिको टोलीले ३-० को सोझो सेटमा पराजित गर्दै तमुवानले ५० हजार नगद रुपैया“स“गै मेडल प्रमाणपत्रसहित आफ्नो जित हात पारेको हो ।
पुरुष भलिवलको विजेता तमुवान राज्य समिति पोखराले महिला पुरुष गरी १ लाख ५० हजार नगद सहित शिल्ड प्रमाणपत्र पाएको छ भने उपविजेता पाँचौ डिभिजनले महिला पुरुष गरी ७५ हजार नगदसहित मेडल प्रमाणपत्र हात पारेको छ । पुरुषतर्फो सेमी फाइनलमा पुगेका रुकुम आठविसकोट र रुकुमेली युवा समूहले सान्त्वनामा भएका छन् । त्यस्तै महिला तर्फो सेमि फाइनलमा पुगेका रुकुमको रु“घा गाविसका खेलाडी र कोटजहारीले पनि सान्त्वना स्थान प्राप्त गरे ।
पुरुष तर्फसान्त्वना हुने २ समुहले १०/१० हजार नगद सहित मेडल प्रमाणपत्र पाएका छन् भने महिलातर्फसेमी फाइनलमा पुगेका २ समुहले प्रमाण-पत्र सहित ५/५ हजार नगद हात पारेका छन् ।
शहिद स्मृति रनिङ्ग शिल्डमा तेक्वान्दो, लोकदोहोरी, कराँते र भलिवल गरी चार ओटा खेलहरु खेलाइएको थियो । गएको वैशाख ९ गतेदेखि सुरु भएको खेलमा २२ पुरुष र १० महिला समुहले सहभागिता जनाएका थिए । एचएग्रुपको प्रायोजन, यमाहा मोरङ अटो वर्कस्को सहप्रायोजनमा नेपाल गणतान्त्रिक खेलकुद महासंघ रुकुमले शिल्डको आयोजना गरेको हो ।
बुधवार आयोजित समापन समारोहमा माओवादी केन्द्रीय सल्लाहकार देविलाल गौतमले बिजयी खेलाडीलाई पुरस्कार तथा मेडल प्रदान गर्नुभयो । जनयुद्धका सम्पर्ूण्ा सहिदको सम्झनामा आयोजना गरिएको प्रतियोगिता नेपाल कम्युनिष्ट पार्टर्ीीे स्थापना दिवसको अवसरमा शुरु भएको थियो ।
No comments:
Post a Comment