Thursday, May 26, 2011

एकल महिलालाई राज्यले खेलौना बनाएको गुनासो


धनवीर दाहाल
रुकुम /एकल महिलाहरुलाई राज्यले नै खेलौना बनाएको रुकुमका एकल महिलाहरुले गुनासो गरेका छन् । बिभिन्न राहत दिने नाममा राज्यले एकल महिलालाई आँखा छारो हाल्ने काम गरिरहेको एकल महिला सञ्जाल रुकुमकी सचिव सिता पुनले बताइन् । एकल महिलालाई दया माया नभएर अवसरको खाँचो रहेको बताउँदै उनीहरुले अव बन्ने नयाँ संबिधानमा एकल महिलाका लागी छुट्टै कार्यक्रम समावेश हुनु पर्ने बताए । बिहिवार रुकुम सदरमुकाम खलंगामा मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र -हरप्लेस) रुकुमको सहजीकरणमा एकल महिलाका जिल्ला सञ्जाल रुकुमले गरेको एकल महिलाका सवाल र सरोकारवाला निकायको भुमिका बिषयक अर्न्तक्रिया कार्यक्रममा रुकुम जिल्लाका एकल महिलाहरुले हरेक द्धन्द पिडितको नाममा द्धन्दमा मारिएकालाई मात्र राहत दिने राज्यले गरेको काम अन्य पिडित महिलाका लागी मान्य नभएको बताए । उनीहरुले अवका दिनमा पनि राज्यले सौतेनी व्यवहार गरेर एकल महिलालाई झनै पिडा थपेको आरोप लगाए ।
   एकल महिला जिल्ला सञ्जाल रुकुमकी अध्यक्ष दर्ुगा रावलले आफुहरु पनि द्धन्द पिडित भएको बताइन् । उनले द्धन्दको क्रममा ब्रि्रोही पक्षलाई सहयोग गरेको नाममा राज्यले सताउने गरेको बताइन् । राज्य तथा अन्य सरोकारवाला निकायले एकल महिलाका लागी दिएको सुबिधा अन्यले पाउने गरेको पनि उनीहरुको गुनासो छ । एकल महिला ज्ञानु बि.सीले गाँउमा अझै पनि एकल महिलालाई हर्ेने दृष्टीकेाणमा परिबर्तन नआएको भन्दै त्यस्ता व्यक्तिहरुलाई चेतनामुलक कार्यक्रममा सहभागी बनाउनु पर्ने माग गरिन् । जहिले पनि आफुहरुलाई नराम्रो दृष्टीले हर्ेने गरेकेा र समाजका लागी गरिने कामलाई पनि बिधवाले गर्न सक्दैनन् भनेर अग्रसर हुन नदिने परम्परा यथावत रहेको उनले बताइन् । यस्तै एकल महिला यसोधा के.सीले आफुहरुले अपांग तथा असहायले पाए सरह एकल महिला भत्ता पाउनु पर्ने बताइन् । उनले एकल महिला परिचय पत्र पाउनर्ुपर्ने माग गरिन् । के.सी मात्र नभएर कार्यक्रममा सहभागी सबै एकल महिलाहरुले एकल महिला परिचय पत्र पाउनु पर्ने माग सामुहिक रुपमा गरेका थिए ।  कार्यक्रममा जिल्लाका बिभिन्न गाबिसबाट आएका एकल महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले आफुहरुकका समस्यालाई सरोकारवाला निकायले मध्यनजर गरी आगामी दिनमा सघाउ पुर्याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमा स्थानिय बिकास अधिकारी केदारनाथ शर्माले महिलाका लागी भनेर छुट्याएको रकम महिलाहरु नै एकजुट भएर कसरी बिनियोजन गर्ने त्यतातिर लाग्नर्ुपर्ने बताए । उनले एकल महिलाहरु दिर्घकालिन सोचका साथ लागेमा अवश्य पनि सजिलै समस्या समाधान हुने बताए । जसका लागी महिलाहरुले नै महिलाका अधिकारका बारेमा एकजुट हुनर्ुपर्ने शर्माको धारणा थियो । जिल्ला बिकास समितीबाट गरिने सहयोग जारी रहेको भन्दै स्थानिय बिकास अधिकारी शर्माले जिल्लाबाट परिचय पत्र दिएमा समस्या हल हुन्छ भने दिन तयार रहेको बताए । यसै गरी आगामी बर्षेखी एकल महिला कोषको स्थापना गर्न सकिने स्थानिय बिकास अधिकारी शर्माले आश्वाशन दिए । प्रमुख जिल्ला अधिकारी बेणीमाधव ज्ञवालीले जिल्ला प्रशासनबाट एकल महिलाका लागी गरिने सेवामा कुनै समस्या नहुने प्रतिबद्धता व्यक्त गरे । यस्तै बिभिन्न राजनितिक दलका प्रमुखहरुले पनि एकल महिलाका समस्यामा आफुहरु गम्भीर रहेको धारणा राखे । उनीहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नेकपा एमालेका अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, नेपाली कांग्रेसका तिलक भण्डारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रामप्रकाश पुरी लगाएतका दलका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । एकल महिला जिल्ला संजाल रुकुमकी अध्यक्ष दर्ुगा रावलको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मीहरु शारदा डाँगी, देवी ओली, सुनिता बिएम लगाएतले एकल महिलाका समस्याका बारेमा बोलेका थिए ।

No comments: