Friday, June 10, 2011

रुकुममा मनकामना बैंक


मेगराज खड्का
रुकुम, २७ जेठ / मनकामना डेभलभमेन्ट बैंक लिमिटेडले रुकुमको सदरमुकाम मुसिकोट खलंगामा नयाँ शाखा बिस्तार गरेको छ । मनकामनाले शुक्रबार एक औपचारीक कार्यत्रक्रमको आयोजना गरि बैंकको १३ औशाखा बिस्तार गरेको हो । शाखाको उद्घाटन बैंकका संचालक योगराज कंडेलले गरेका हुन । यस शाखाबाट रुकुममै पहिलो पटक निशुःक एटिएम सेवा संचालनमा समेत ल्याएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगा लगायत बिभिन्न स्थानहरुमा सेवाग्राहिलाई अत्याधुनिक बैंकिङ सेवा तथा सुबिधा सहज रुपमा पुर्‍याउने लक्ष्य अनरुप रुकुममा शाखा बिस्तार गरियको रुकुम शाखा प्रबन्धक महेशचन्द्र अधिकारीले जानकारी दिए । बैंकले हालसम्म दरबारमार्ग, न्यरोड, गांेगबु, लतिलपुर, पोखरा, आबुखैरेनी, खाडिचौर, धादिङबेशी, चरीकोट, लुम्बिनी, चन्द्रनिहापुर र नारायणगढ शाखाबाट  कार्यसंचालन गर्दै आएको छ । बैंकले चालु आर्थिक बर्ष२०६७/६८ को चैत्र मसान्तसम्ममा रु ७ करोड ३४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । सेाही अबधीमा बैंकले निक्षप २ अर्ब ३२ करोड र कर्जा रु २ अर्ब ५७ करेाड रुपैयाँ पुगेको छ । त्यस्तै चैत्र मसान्त समममा खराब कर्जा अनुपातलाई २.९९ प्रतिशत झार्न बैक सफल रहेको संचालक कंडेलले जानकारी दिए । बैंकले बाषिर्क १२.५ प्रतिशत ब्याजदरसहितको मनकामना प्रिपेड फिक्स्ड डिपोजिट तथा बाषिर्क १० प्रतिश सम्मको बचत खातालगायतका अनय बचत योजनाहरु बैंकले उपलब्ध गराउदै आएको छ ।

अहिलेको मुख्य जिम्मेवारी शान्ति र संविधान .ज्वाला
मेगराज खड्का
रुकुम, २७ जेठ

प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार प्रकाश ज्वालाले अहिले मुख्य जिम्मेवारी शान्ति र संविधान भएको बताउनुभएको छ । आज सल्यान सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सल्लाहकार ज्वालाले थपिएको समयभित्रै शान्ति प्रकृया निष्कर्षा पुग्ने र संविधान निर्माण हुने दावी गर्नुभयो । एमाले पोलिटव्यूरो सदस्य समेत रहनुभएका ज्वालाले जेष्ठ १४ गतेको ५ बूंदे सहमतिले संविधान सभालाई बचाएको बताउनुभयो । संविधान बनाउन लामो समय लाग्ने भन्दै ढिलै भएपनि सबै दलका कुरा समेटिएको नयां संविधान बन्ने प्रमुख सल्लाहकार ज्वालाको भनाई छ । प्रधानमन्त्रीको राजीनामाबारे पत्रकारहरुले राखेको जिज्ञासामा उहांले राष्ट्रिय सहमतिको सरकारका लागि भरपर्दो आधार तयार नभएसम्म राजीनामा नआउने स्पस्ट पार्नुभयो । पहिले सरकारविहिनताको अवस्थाबाट देश गुज्रीनुपरेको स्मरण गर्दै उहांले अव को प्रधानमन्त्री बन्ने भन्ने कुरा स्पस्ट भएपछि प्रधानमन्त्री खनाल जतिबेला पनि पद त्याग्न तयार रहेको बताउनुभयो ।

No comments: