Tuesday, January 26, 2010

तीन सय ५० नक्कली नियुक्तिपत्र वदर

लक्ष्मण केसी
रुकुमः रुकुममा लाईसेन्स परिक्षामा सहभागि हुनका लागी नक्कली नियुक्ति पत्र पेश गर्नेको सख्या वढे पछि जिल्ला शिक्षा कार्यालय रुकुमले छानवीन गर्दा तीन सय ५० वटा नक्कली नियुक्ति पत्र फेला परेको छ । शिक्षा मनत्रालयले २०६३ साल अघि निजी वा सामुदायीक विद्यालयहरुमा पढाउने शिक्षकलाई लाईसेन्सको परिक्षामा सहभागी गराउने अवसर दिएको थियो । यस्तो प्रावधान पछि लाईसेनस लिनको लागी रुकुममा निकै भिड वढ्यो । रुकुमका विद्यालयका प्र.अ. र विद्यालय व्यवस्थापन समितिले त केहि आफै शिक्षकले कृत्य गरे नक्कली नियुक्ति पत्र पेस गरेका थिए । यस्ता नक्कलि नियुक्ति पत्र पेस भएको संका भए पछि जिल्ला शिक्षा कार्यालयमा सात सदस्यीय छानवीन समिति गठन गरियो । सो छानवीन समितिमा शिक्षक युनियन,शिक्षक , प्र.अ.,शिक्षा संकायका विद्यार्थी र जिल्ला प्रशासनका अधिकृत रहेको सो छानविन समितिले ४ दिन पछिको तयारी पछि उक्त नियुक्ति पत्रहरु छानविन गरि नक्कली नियुक्ति पत्रहरु र्सार्वजनिक गरेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत तथा सो छानविन समितिका सदस्य सचिव देविलाल विष्टले वताए । छानविन समितिले विभिनन आधारमा रहेर छानविन गरेको छ । जनम मिति २०४५/०८/०४ वा सो भन्दा अगाडी भएको,शैक्षिक योग्यताका जारी मिति २०६३/०८/०४ वा सो भन्दा अगाडी, स’रुको निय’क्ति मिति २०६३/०८/०५ भन्दा वा सो भन्दा अगाडी,म्याद थपका ६/६ महिनाका पत्रहरु,हाल सम्म कार्यरत रहेको विद्यालयको सेवा कार्यपत्र,विद्यालयको अनुमति पत्र,अन्यत्र जिल्लामा कार्यरत भएको वा नभएको,शैक्षिक तथ्याङ्क स्रोत व्यक्तिको रिपोर्टिङ्गको आधारमा छानविन गररे तीन सय ५० वटा नक्कलि नियुक्ति पत्र वदर गरिएको वताईएको छ । यस्तै प्रावि तहमा लाईसेन्स फारम भरेका विद्यार्थीहरु जम्मा ३ सय ३७ जना मध्ये ४३ जनाको स्वीकृत,२ सय ९४ जनाको अस्वीकृत, निमावि तहमा ६७ जना मध्येमा १५ जना स्वीकृत , ५२ जनाको अस्वीस्कृत र मावि तहमा ७ जना मध्ये ३ जनाको स्वीकृत र ४ जनाको अस्वीकृत रहेको छानविन समितिले जनाएको छ । जिल्ला भर ४ सय ११ जनो फारम भरेको नक्कलि ३ सय ५०,स्वीकृत १ सय जनाको रहेको छ । उता जिल्ला शिक्षा अधिकारी वावुराम ढुङ्गानाका अनुसार यस्तो नक्कलि नियुक्ति पत्र दिने र लिने शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले कार्वाहिको लागी जिल्ला प्रशासन कार्यालयमा पठाउने वताए ।


No comments: