Thursday, January 28, 2010

बालगृह बन्द हुने अवस्थामा

बिरबहादुर मल्ल
रुकुम, १४ माघ । जिल्लामा अनाथ तथा असाहाय टुहुरा बाल बालिकाहरुका लागि स्थापना भएको रुकुमेली बालगृह हाल बन्द हुने अबस्थामा पुगेको छ ।
२०५५ सालदेखि बालगृहलाई सहयोग गर्दै आएको स्थानीय सामाजिक सेवा कोष बन्द भई बालगृहको अन्य आयश्रोत नभएपछि बन्द हुन लागेको हो । सदुमुकाम मुसिकोट खलंगा स्थित रुकुमेली बालगृहमा चार देखि पन्ध्र बर्षमुनिका असाहाय बालबालिकाहरु आबासीय रुपमा बस्दै आएका छन ।
अखितयार दुरपयोग आयोगबाट सामाजिक सेबा कोष बन्द गर्न आदेश आएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी देबराज ढकालले सामाजिक सेवा कोष बन्द गरेकाले गत साउन महिना देखि बालगृहमा आर्थिक संकट पर्दै आएको छ । हाल सम्म सामाजिक सेबा कोषले अनाथ बालकालिकाहरुका लागि कपडा ,सबुन र दैनिक उपभोग्य सामाग्री लगायत कापी कलम र किताबहरु बेर्होदै आएको थियो ।
६ महिना देखि आर्थिक सहयोग बाट बन्चित बालगृहमा वस्ने आवासिय वालवालिकाले आजभोली उद्यारो सामानहरु किनी आफ्नो काम चलाउदैं आएका छन । हाल बालगृहमा २ वालिका र ७ वालक गरी ९ जना बालबालिकाहरु बस्दै आएका छन् ।

No comments: