शेरबहादुर केसी
रुकुम: रुकुमको पोखरा गाविसमा रहेको जिल्लाकै एक मात्र सावुन र नेपाली हाते कागज उद्योग लामो समयदेखि वन्द अवस्थामा रहेका छन् ।
पोखराको वडा नं. ३ वोजेरीमा रहेको सपना नेपाली हाते कागज उद्योग र वडा नं.२ पाङ्गामा रहेको सावुन उद्योग लामो समयदेखि वन्द अवस्थामा रहेका छन् । कच्चा पदार्थ तथा आर्थिक लगानीको अभावले गत जेठ महिनादेखि हाते कागज र एक वर्षन्दा अगाडीदेखि सावुन उद्योग हालसम्म सञ्चालनमा आउन सकेका छैनन् ।
उद्योग सञ्चालन भइरहेको अवस्थामा स्थानीय करिव २ सय भन्दा वढी र्सवसाधारणले रोजगार पाएको उद्योग संचालन समितिका सदस्य गोपीराम केसीले बताउनुभयो । हाते कागज उद्योग कच्चा पदार्थ सेतवरुवा र आर्थिक अभावका कारण रोकिएको छ भने सावुन उद्योग साबुनका लागि चाहिने कच्चा पदार्थ रिठा, चिउरी र कुरिलोको अभाव भएकाले बन्द भएको उद्योगमा काम गर्ने कामदार वसन्त खत्रीले बताउनुभयो । २०५५ सालमा स्थापना भएको नेपाली हाते कागज उद्योगबाट दैनिक एक हजार देखि १५ सय सम्म हाते कागज र ५ सयदेखि एक हजार सम्म सावुन उत्पादन हुने गर्दथ्यो ।
जिल्लामा रहेको एक मात्र साबुन उद्योगलाई संचालनमा ल्याउन ठुलै धनरासी खर्च गर्नुपर्ने भएकाले सो उद्योगलाई संचालनमा ल्याउन जिल्ला स्थित विकासमा सरोकारवालाहरुले ध्यान दिनुपर्ने एकीकृत नेकपा माओवादी रुकुमका सहकारी विभाग इन्चार्ज गणबहादुर खड्का -दीपक)ले बताउनुभयो । उहा“ले उद्योगमा लगानी गर्न आग्रह गर्दा पनि पैसा हुने जिल्लाका कुनै ब्यक्तिले नमानेको बताउनुभयो ।

No comments:
Post a Comment