रुकुम: जिल्ल्ाा लाइ लोड सेडिङ मुक्त जिल्ला घोषणा गर्नको लागी अभियानको थालनी गरिएको छ ।स्यार्पुदह साना जलबिद्युत परियोजना संचालक समितिको अगुवाइमा बसेको जिल्ला स्तिरिय र्सबदलिय बैठक बाट यस्तो अभियान संचालन गर्ने निर्ण्र्ााभएको हो ।
लोड सेडिङ मुक्त जिल्ला घोषणा गर्न पर्ुवाधारको लागी सिएफेल चिमको मात्र प्रयोग गर्ने ,फिलामेन्ट चिम को प्रयोगमा निषेध गर्ने र सिएफेल चिम युक्त जिल्ला बनाउने अभियान रहेको बताइएको छ । अभियान अर्न्तगत फाल्गुन मसान्त भित्र सदरमुकाममा फीलामेन्ट चिम निकाली सिएफेल चिम बितरण गर्ने रहेको छ ।
सो अभियान लाइ सघाउन रुकुममेली उर्जा बिकास समितिले पुराना बल्ब लाइ एक बल्ब बराबर १५ रुपया मा खरिद गरिदिने र सहुलियतमा सिएफेल चिम बितरण गर्ने जनाएको छ । साथै स्थानिय ब्यापारीहरु लाइ अबका दिनमा फीलामेन्ट बल्ब जिल्लामा नलाउन पनि सुचना दिने निर्ण्र्ााभएको रुकुमेली उर्जा बिकास समितिका अध्यक्ष जोख बहादुर मल्लले जनाएका छन । २५० किलो वाट क्षमताको बिद्युत प्रसारण लाइन ले
जिल्लाका १० गाबिसका १८ सय उपभोक्ता लाइ सेवा दिदै आएको छ ।
जिल्लाका १० गाबिसका १८ सय उपभोक्ता लाइ सेवा दिदै आएको छ ।
No comments:
Post a Comment