विरवहादुर मल्ल
रुकुम: साहित्यीक श्रष्ठा र साहित्यमा लोकप्रिय वन्दै गएको गजलको संरक्षण तथा सर्ंवर्द्धन गर्ने उदेश्यले रुकुमको चौरजहारीमा आज ३ जिल्लाको एक साइनो गजल सञ्जाल गठन भएको छ ।
रुकुमको चौरजहारीमा रहेको शितल उच्च माध्यामिक विद्यालयमा जाजरकोट, सल्यान र रुकुम जिल्लाका साहित्यीक श्रष्ठाहरुको भेलाले यदुराम केसीको अध्यक्षतामा १५ सदस्यीय साइनो गजल सञ्जाल गठन गरेको हो । भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
नवगठित गजल सञ्जालले प्रत्येक महिनामा नियमित वैठक वस्ने, त्यस क्षेत्रमा रहेका साहित्यीक श्रष्ठाहरुको विकास गर्न विभिन्न खाले कार्यक्रमको आयोजना गर्दै जाने लगायतका निर्ण्र्ाागरेको सञ्जालका सचिव भरत शर्माले जानकारी दिनुभयो ।
No comments:
Post a Comment