Friday, February 12, 2010

कसले सुन्ला जाजरकोट र रुकुमका विद्यार्थीहरुको पीडा


लक्ष्मण केसी
रुकुमः ग्ाणेश प्रावि रग्दा,जाजरकोट कक्षा दर्ुइमा अध्ययनरत छात्र कमल वि.क. सधै घरवाट विद्यालयमा चकट्ट िवोकेर जान्छन् । चकट्ट िविर्सिय उनी चिसो भुइमा वसेर पढ्नु पर्छ । यो वाध्यता कविताको मात्र हाईन । यो विद्यालयमा अध्ययनरत १ सय ३० जना विद्यार्थीको समस्या हो । विद्यालयमा डेस्क र वेेञ्च पनि छैनन् । यसरी चिसो भुइँमा वस्नु पर्दा विद्यार्थीहरु कहिले काहि विरामी हुने गरेका छन् । यति मात्रै कहाँ होर पानी परेको वेलामा विद्यालय वन्द गर्नु पर्छ । शिक्षिका संगिता परियार भन्छिन १० वर्षदेखि यस्तै समस्या भोग्दै आएका छौं । यद्यपी कक्षा ४ र ५ का विद्यार्थीहरुलाई भने कार्यालय कोठामा राखेर पढाउने गरिएको छ । दुइवटा भवन भएता पनि ती भवन जर्ीन छन् । २० जना विद्यार्थीहरु पनि अटाउदैनन्-"शिक्षिका परियार भन्छिन साह्रै वाध्यताले पढाइरहेका छौं । यसो त २० अघि यो स्थापीत या विद्यालय स्थापना काल देखिनै ३ जना शिक्षकको भरमा छ । तीन जना शिक्षकले पाँचवटा कक्षामा पठनपाठन गर्ने भएकोले शिक्षक र विद्यार्थी दुवैलाई न्याय हुन सकेको छैन । कक्षा कोठा र शिक्षकको अभाव भएकोले कक्षा २ र ३ को पर्ढाई पनि एउटै कक्षामा हुने गरेको छ । अर्काे दुःखको कुरो त के छ भने रग्दा गाविसमा प्राविको नाममा यो एउटा मात्र विद्यालय छ । दलित र जनजातीको अत्याधिक संख्या भएको सो क्षेत्रमा प्रावि अध्ययनको लागि दर्ुइ घण्टा हिड्नु पर्छ । नजिकै स्कुल छैनन् स्थानीय अभिभावक रामवहादुर वि.क. भन्छन् के गर्ने छोराछोरीले राम्रो संग पढ्न पाएका छैनन् । सो विद्यालयमा खेल मैदान पनि छैन सौचालय नभएकोले विद्यार्थीहरु दिशा पीसाव गर्न एक घण्टा टाढा जाने गरेका छन् । विद्यालयमा पानीको हाहाकार पनि छ । विद्यालयको यस्तो समस्या अहिले सम्म जिल्ला शिक्षा कार्यालयले नसुनिदिएकोमा शिक्षकहरुको चर्काे गुनासो छ । प्र.अ. चङखलाल नेपालीका अनुसार विद्यालयमा अहिले सम्म सरकारले मात्र होइन कुनै पनि संघसंस्थाले व्यवास्ता गरेको वताए । प्रअ.नेपालीले भने विद्यालयमा २ वर्षदेख ििवद्यालय निरिक्षक समेत आएका छैनन् । हाम्रो समस्या कसलाई भन्नु उनी भन्छन् जिल्ला शिक्षा कार्यालयवाट यो वर्षभवन निर्माणको लागी योजना परेको थियो तर ठेकेदारको लाहप्रवाहिले निर्माण अलपत्र परेको शिक्षक वागवहादुर रावत वताउछन् । जाजरकोटको गणेश प्रावि मात्र हाइन सो जिल्लामै धेरै विद्यालयहरु यस्तैै समस्यमा सञ्चालन भैरहेका छन् ।
यस्तै समस्या छ रुकुमको पर्ुर्वी गाविस स्यालाखदि स्थीत नविन निम्न माध्यामिक विद्यालय ६ पहाडाको पनि सदरमुकाम मुसिकोट वाट ३ दिनको पैदल दुरीमा छ यो विद्यालय । २०३५ सालमा स्थापीत यो विद्यालयमा अहिले सम्म पर्ुवाधारको राम्रो व्यवस्था हुन सकेको छैन । कक्षा ६ सम्म सञ्चालन भएको सो विद्यालयमा डेस्क वेञ्च नभए पछि विद्यार्थीहरुले भुइँमा वसेर पढ्नु पर्ने वाध्यता रहेको शिक्षक जयवहादुर वुढा वताउछन् । विद्यार्थीले घरवाटै चकट्ट िर वोरा ल्याउने गरेका छन् उनी भन्छन्,२ सय १० विद्यार्थी रहेको यस विद्यालयमा विद्यालयको यस्तो समस्याले गर्दा नै ४० प्रतिशत विद्यार्थीले वीचमानै पर्ढाई छाड्ने गरेका छन् । विद्यालयमा पानीको अभाव छ,विद्यार्थीहरु पिउने पानीको लागी आदा घण्टा हिडेर गाउँको धारामा जाने गरेका छन् भने कतिपय विद्यार्थीहरुले घरवाटै पानी वोकेर ल्याउनर्ेर् दछन् । विद्यालयमा भवन जिर्न भएकोले पान्ाी परेकोले विद्यालयनै वन्द गर्नु पर्ने वाध्यता छ । पानी परेको वेला भित्ता नै भत्किन्छ । प्र.अ. रविन्द्र वि.क. भन्छन् विद्यार्थीलाई पर्ढाई रहेको वेला भवन भत्किन्छ भनेर वन्द गरिन्छ । उमेरको दृष्टिले सवै भन्दा कलिला कक्षा १ का विद्यार्थीहरुका लागी वेञ्च पनि छैन् । कक्षा कोठामा दिउँसो नै साझ परेको जस्तो अनुभव विद्यार्थीहरुमा हुने गरेको विद्यालयका प्रअ.ले वताए । यस्तै गोतामकोट गाविस स्थीत र्सर्ुयदय माविको हालत झनै विकराल छ । सदरमुकाम वाट ४० कोस दुरीमा रहेको सो विद्यालयमा पर्ुवाधारको निकै कमि छ । २०२४ ालमा स्थापीत विद्यालयमा ४ सय वढि विद्यार्थी अध्ययनरत छन् । अचम्म त के छ भने १ देखि १० कक्षा सम्म एउटा पनि वेञ्च छैन । विदार्थीहरु भुइँमा वसेर पढ्ने गर्दछन् । विद्यालयका प्र.अ.प्रकाश शर्मा भन्छन् , गत वर्षविद्यालयमा ५० प्रतिशत विद्यार्थी संख्या वढे पनि यस्तै भौतिक पर्ुवाधारको समस्याले नियमीत नआउने उनले वताए । यस्तो अवस्था जाजरकोट र रुकुम जिल्लामा रहेका पाँच दर्जन भन्दा वढि विद्यालयको छ । केटाकेटीहरु भुइमै वस्नु पर्ने वाध्यता छ । यस्तो हविगत हर्ेदा यस्तो लाग्छ दर्ुगममा शैक्षिक विकासको लागी कसैको ध्यान पुग्न सकेको छैन ।

No comments: