Sunday, February 21, 2010

विद्यालयको नाममा जग्गा अनुदान

रुकुम: शैक्षिक हिसावले पछाडि परेको पर्ूर्तिमकाँडा गाविसलाई माथि उठाउन श्री ज्ञानोदय प्राथमीक विद्यालयलाई ८० हजार बराबरको जग्गा अनुदान स्वरुप दिएका छन् । पर्ूर्तिमकाँडा गाविस वडा नं. २ गिठाकोट निवासी निलो र्घर्तीले सो जग्गा अनुदान स्वरुप दिनुभएको हो । भएका सामाजीक चौतारी र बाटो घाटोलाई मिचेर ब्यक्तिगत सम्पति गराउने प्रबृतिलाई छिचोल्दै र्घर्तीले आफ्नो नाममा भएको जग्गा पनि विद्यालयलाई अनुदान स्वरुप दिएर उदारहणीय बन्नुभएको छ ।
आफु निरक्षर र अनपढ भएपनि समुदायमा शैक्षिक हिसावले पछाडी परेका बालाबालिका निरक्षरताबाट मुक्त हुन भन्ने उद्देश्यले विद्यालयलाई जग्गा निशुल्क रुपमा दिएको बताउनुभयो । २०६४ साल देखि सुरु भएको सो प्राथमिक विद्यालयलाई र्घर्तीले २०६६ पुस २७ गते जग्गा विद्यालयको नाममा खलंगा आएर पास दिनुभएको हो । आफु नपढेका कारण आफ्ना छोराहरु पनि नपढेर व्रि्रीएको भन्दै अव उप्रान्त गाउँका कुनै पनि वालवालिका शिक्षाको ज्योतीबाट टाढा नरहुन भनेर जग्गा विद्यालयको नाममा पास दिएको बताउनुभयो ।
तीन वर्षअगाडि अर्काको जग्गामा खरको छानोबाट सुरुवात गरेको सो विद्यालयको नाममा नै जग्गा धनिले पास दिएपछि र्घर्तीलाई विद्यालय परिवार र स्थानीय वासीले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । गिठाकोटमा विद्यालय नहँुदा एक ढेड घण्टा हिड्नु पर्ने बालकालिकाहरु सो बाध्यताको अन्त्य भएको भन्दै स्थानीयवासीले र्घर्तीलाई मुक्त कण्ठले धन्यवाद दिएका छन् । एस एलसी पास गरेका औँलामा गन्न सकिने विद्यार्थीहरु रहेको भन्दै वाल जोती मावि गीठाकोट पर्ूर्तिमकाँडा प्रधानाध्यापक प्ार्ूण्ाबहादुर ओलीले भन्नुभयो-र्घर्तीले विद्यालयलाई जग्गा दान गरेर शैक्षिक उन्नतिका लागि एक इट्टा थप्दीनुभयो ।
हाल सो प्राथमिक विद्यालयमा एक सय एघार जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । विद्यालय स्थापना कालदेखि नै शिक्षण गर्दै आउनुुभएका शिक्षक गोविन्द बहादुर बुढा लगायत तीन जनाले निजि स्रोतबाट पर्ढाईरहेको र हाल सम्म राहत दरवन्दी त परै छ, कुनै संस्थाले नहेरेको बताउनुभयो । अभिभावकबाट चर्को शुल्क लिएर सो विद्यालय संचालन गरिरहेका शिक्षकहरु बताउँछन् । हालसम्म कसैको नजर पुग्न नसकेको सो विद्यालयमा कक्षा ३ सम्म संचालन गरिँदै आएको छ । गाउँ मै विद्यालय बनेपछि स-साना केटा केटी देखि लिएर पढ्न छाडेका नौँ दश वर्षसम्मका बालबालिका सो विद्यालयमा भर्ना भएका शिक्षक गोविन्द बहादुर बुढाले बताउनुभयो ।

No comments: