Sunday, February 21, 2010

पोल र तार टाँगीएको छ तर विजुली छैन्

भुपेन्द्र केसी
रुकुम:  विजुलीको पोल गाडिएको र तार टाँगीएको तीन वर्षवितिसक्दा सम्म पनि अझँै विजुलि बल्न सकेको छैन् । यस्तो नियति भोगेको छ भाग्ले पावर हाउस नजिकैका गाउँ खोयापँधेरा, झिम्रु, नेपाने र कोल्चवर यी वस्तीमा आफ्नै गाविसमा विद्युत उत्पादन गरेपनि विजुलि मुनिको अध्याँरोमा वस्न बस्न बाध्य भएका छन् । विजुलि उत्पादन गरेको त दर्ुइ दशक वितिसक्यो तर पोल र तार टाँगीएको तीन वर्षभन्दा बढी वितिसक्दा सम्म बति वल्न सकेको छैन् ।
विद्युत उत्पादित ठाउँदेखि खोयापँधेरा, झिम्रु हुँदै रुकुमकोटको विद्युत लाइन गएको छ तर सोही लाइन मुनि रहेका यी वस्ती भने बती मुनिको चकम्ान्न अध्याँरोमा वस्न बाध्य भएका छन् । पोल र तारलाइन विस्तार गरे पनि बत्ति बल्ने या नबल्ने त्यो कुरामा स्थानिय वासीहरु अनविज्ञ रहेका छन् ।
विद्युत लाइनको तार टाँगीएको र वत्ति नबलेको देख्दा त्यहाँका स्थानीय वासीहरु बत्ति कहिले वल्छ भनेर रुकुमेली विद्युत उर्जा विकास उपभोक्ता समिति कहाँ पटक पटक गएको वताउँछन् । समितिले भने बत्ति छिट्टै बल्ने आश्वासन दिएका छन् । छिट्टै भन्न थालेको तीन वर्षगुज्रि्रदासम्म अहिले भर्खरै मिटर बक्स आएको उपभोक्ता समितिका सदस्य शशिराम रिजाले बताउनुभयो । समितिका सदस्य रिजालले यस्तो कुरा बताएको भएपनि कतिपय कर्मचारीले बत्ति कहिले बल्छ भन्ने प्रश्नमा थाहा छैन भन्ने जवाफ पाइएको स्थानियवासीहरुको गुनासो रहेको छ ।
बती बाल्नका लागि तीन वर्षअगाडि र्सर्भे भएका गाउँहरुमा गाडेका पोलहरु कतै ढलेका छन् त टाँगीएका तारहरु चुँडिएका छन् । लाइन र्सर्भे गर्न भनि ल्याइएका आवश्यक सामानहरु ब्यक्तिको घरमा थन्क्याइएको छ । बत्ति बाल्ने त कहाँ हो कहाँ लाइन तान्दा र पोल गाड्दा लगाइएका मजदुरहरुको ज्याला समेत नपाएको मजदुरहरुको भनाइ रहेको छ । बाँफीकोट गाविसका प्राय सवै वडाहरुमा बत्ति बलेको भए पनि वडा नं. ९ का यी वस्तीहरुमा भने विद्युत सेवा शुभारम्भ भएको दर्ुइ दशक पार गरिसक्दा सम्म पनि विजुली केहो जान्न सकेका छैनन् ।
आफ्नै घर आँगन अगाडी लाइन गाडिएको भए पनि बत्ति वल्छ भ्ान्नेमा विश्वास नभएपछि बाँफीकोट गाविस वडा नं. ९ नेपानेका २१ घर परिवारले सोलार ल्याएका छन् । यसरी नै सो गाउँमा सोलार ल्याउनेको संख्या पनि बढ्दो क्रममा रहेको छ । जसले गर्दा आगामी दिनमा विस्तार गरीने विद्युतका ग्राहकहरु सोझै घटेका छन् । ठिक यस्तै समस्या ब्यहोर्नु परेको छ पीपल गाविसले पनि । यहाँका विभिन्न वडाहरुमा विद्युत लाइन र्सर्भे गरेको २१ वर्षवितिसक्दा पनि विजुलि कहिले बल्छ भनेर समितिलाई सोध्दा कुनै पनि प्रतिक्रिया नआएको र आफ्नो मागको सुनुवाई नभएको पीपल वासीको गुनासो रहेको छ ।
विजुलि बाल्न त परै छ, मोवाइल चार्ज गर्न पनि सोलार भएको घर धाउनु पर्ने कि एक दिनको समय राखेर बिजुली भएको ठाउँमा आउनुपर्ने समस्या रहेको बताउँदै आएका छन् पीपल वासीहरु । लाइन नै विस्तार भएको र विजुलि नबलेको एक अर्को ठाउँ पनि हो खलंगा गाविस स्थित वडा नं. ९ सिस्नेखोला । यहाँ पनि पोल र लाइन तानेको गएको पुस महिनामा ठिक एक वर्षभयो । पोल तार छन् तर विजुलि छैन कहिले सम्म तार र पोल ठड्याएर जनताको आँखामा छारो हाल्ने हुन थाहा छैन्, स्थानियवासीहरुको गुनासो रहेको छ । यस्ता समस्याहरु प्रति स्थानिय राजनीतिक दल, सरकारी कार्यालय गैर सरकारी संघ संस्था कहाँ आँखा चिम्लेर बसेका छन् त - पीडित जनताको जब्बर प्रश्न छ ।

No comments: