भुपेन्द्र केसी
रुकुम, ८ फागुन । खलंगा गाविस- ६ सोलावाङमा शनिवारदेखि अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।
गुण्डागर्दी बढेपछि स्थानीयबासीले शान्ति सुरक्षाको माग गर्दै आएका थिए । त्यही मागलाई मध्यनगर गरी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । प्रजिअ मरासिनीले चौकी उद्घाटन गर्नुभएको थियो ।
सोलावाङ बजार विस्तार हु“दै गएपछि अपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले प्रहरी चौकीको माग गरेको नमूना बजार ब्यवस्थापन समिति सोलावाङका अध्यक्ष चेवन कुमार शर्माले बताउनुभयो । चौकी उद्घाटनका अवसरमा स्थानीयबासीले सोलावाङ बजारलाई जिल्लाकै नमूना बजार बनाउनुपर्ने बताएका थिए ।
No comments:
Post a Comment