Friday, February 12, 2010

हिउले कठ्यांग्रिएर मृत्यु

रुकुमः तीन दिनअघि भएको भारी हिमपातका कारण चिसोले कठ्यांग्रिएर रुकुममा एकजना ज्यान गएको छ । राडीबाट साक्षरता शिक्षण तालिम लिएर र्फकदै गर्दा स्यालाखदी गाविस ७ का नरसिंह ऐरीको मृत्यु भएको हो । स्यालाखदीको झारमारे लेकमा चिसोले कठ्यांग्रिएर उनको मृत्यु भएको शिक्षक पवनकुमार बुढाले जानकारी दिनुभएको छ । तीन दिनअघि मृत्यु भएका ऐरीको लाश आफन्तहरुले शुक्रवार फेला पारेका हुन् । 

No comments: