हत्यारालाई कार्वाही गर-वाईसिएल
एमालेको युवा संगठन युवा संघ नेपाल सम्बद्ध कार्यकर्ताहरुद्धारा हत्या गरिएका सर्ुर्खेत बोटेचौरका वाइसीएल कार्यकर्ता आशाराम विकका हत्यारालाई तत्काल कार्वाही गर्न योङ्ग कम्म्यूनिष्ट लिग नेपाल जिल्ला संगठन समिति रुकुमले माग गरेको छ । विज्ञप्ती पकाशित गरी वाईसिएल रुकुमले सर्ुर्खेतमा आफ्ना कार्यकर्ता हत्यामा संग्लन हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न माग गरेको हो ।
आफ्ना संगठनका साथीहरुमाथि आक्रमन गर्दै जाने हो भने संगठनको धर्ैयताको वाँध टुट्न जाने र त्यसको परिणाम नालायक कटपुतली गृह प्रशासनले व्यहोर्नुपर्ने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । जनविरोधी हत्यारा गिरोहलाई आवश्यक कार्वाही नगरिए त्यसको परिणाम नराम्रो हुने भन्दै यस्तो घटना दोहोर्याए त्यसको वदला लिन आम वाईसिएल कार्यकर्ताहरु तयार रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
योङ्ग कम्यूनिष्ट लिग नेपाल जिल्ला संगठन समिति रुकुमका सचिव कृपलाल पुन पवनद्धारा हस्ताक्षरित विज्ञप्तीमा आफ्नो विरता पर्ूण्ा वलिदान दिने महान योद्धा आशाराम विकप्रति श्रदान्जली अर्पल गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
गत शनिवार राति युवासंघ नेपाल सर्ुर्खेतका कार्यकर्ताहरु चोकेन्द्र थापा, विरु केसी, दलबहादुर र्घर्ती र कोहलपुर निवासी जनक बुढाले निर्घर्ााकुटपिट गरि वाइसीएल कार्यकर्ता मैनतडा २ निवासी आशाराम बिकको ज्यान लिएका थिए ।
क्याम्पसको बैठक
मुसिकोट खलंगा बहुमखि क्याम्पस खलंगा रुकुममा देखिएका विभिन्न समस्याका वारेमा छलफल गर्न मंगलवार जिविस रुकुममा बसेको र्सवदलिय वैठक विभिन्न निर्नय गर्दै सम्पन्न भएको छ ।
वैठकले क्याम्पसमा आवस्यक कर्मचारी थप गर्ने, शिक्षण सहायकहरुलाई त्रिभुवन विश्वविद्यालयको नियम अनुसार बढुवाको प्रक्रिया अघि बढाउने, क्याम्पस संचालक समितिको अध्यक्षमा सभासद लोकेन्द्र विष्ट, गोपालजिजंग शाह, खेम्मान खडका र रामप्रकास पुरी मध्य कुनै एक जनालाई र्सवसम्मत वनाउने यदि त्यस्तो हुन नसके चार जना मध्य तिनजनाको नाम त्रिभुवन विश्वविद्यालयमा सिफारीस गर्ने निर्ण्र्ाागरेको छ ।
त्यस्तै क्याम्पस प्रमुख र सहाएक क्याम्पस प्रमुखको पदावदि थपघट सम्बन्धिको निर्नय संचालक समितिको वैठकमा टुङ्ग्याउने निर्नय पनि वैठकले गरेको छ ।
उता नेपाल प्रध्यापक संघ इकाइ समितिले भने आफुहरुको मागलाई कहिकतैवाट वाइपास गर्न खोजेको भन्दै आफ्ना मागवाट एक कदम पछि नहट्ने र संघको पर्ुव घोषित कार्यक्रम अनुसार आउदो शुरक्रवार देखि अनिश्चितकालीन क्याम्पसको पठनपाठन बन्द गर्ने जनाएकोछ ।
यस अघिनै संघले सांकेतिक विरोधस्वरुप गत सोमवार एकदिन क्याम्पस वन्द गरीसकेको सहकर्मि हरि गौतमले जनाएका छन् ।
सिलाई कर्टाई तालिमको उद्घाटन
घरेलु तथा साना उद्योग बिकास समिती शाखा कार्यालय रोल्पाको सहयोग तथा बागमारा बजार व्यवस्थापन समितीको आयोजनामा ३ महिने सिलाई कटाइ तालिम आज देखि इरिबाङ गाविसको बागमारा बजारमा सुरु भएको छ ।
तालिममा पाछाबाङ, राङ्कोट, कुरेली र इरिबाङ गाबिसबाट गरी १० जना महिलाको सहभागिता रहेको छ । तालिमको सहजिकरण भिम बहादुर थापाले गर्नुहुने छ ।
घरेलु बिकास समितीका निमित्त कार्यालय प्रमुख बालकृष्ण आर्चायको सभापतित्वमा सम्पन्न कार्यक्रममा एकिकृत नेकपा माओवादी मगरात राज्य समिती सदस्य लाल बहादुर डागीँ, नेपाल रेडक्रस सोर्साईटी उपशाखा बागमाराका सभापती तथा उद्योग बाणिज्य संघका सदस्य बिश्व कुमार चन्द, लघु उद्योग बिकास अधिकृत कृष्णमाया रिजाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन जनता माबिका शिक्षक एवम् नेपाल रेडक्रस सोर्साईटी उपशाखा बागमाराका सचिव दिपेन्द्र कुमार डागीले गर्नुभएको थियो ।
सहकारीको साधारण सभा
सहकारी आन्दोलनमा सहभागि हौं, कृषि अर्थतन्त्रको निर्माण गरौं भन्ने मुल नाराका साथ जहारीखोला नमुना कृषि सहकारी संस्था लिमिटेड खोलागाउँ रुकुमको दोश्रो वाषिर्क साधारण सभा रुकुमको चौरजहारीमा सम्पन्न भएको छ ।
सभामा संस्थाको १७ लाख ८४ हजार सेयर पुंजी र ८५ लाख संस्थामा वचत रहेको आर्थिक प्रतिवेदन तथा आर्थिक प्रगति विवरण पेश गरी पारित गरिएको छ ।
सभाले आगामी वर्षो कार्ययोजना पनि तय गरेको छ । जसअन्तरगत ग्रामीण स्तरमा साना उद्योग स्थापना गर्ने, पशुपालन व्यवस्था सञ्चालन गर्ने, संस्थाको जग्गा खरिद तथा शेयर विक्रिलाई व्यापक वनाउने, राष्ट्रिय सहकारी वैक र ग्रामीण स्वाभलम्वन विकास वैंकको सदस्यता लिने लगायतका निर्ण्र्ाागरेको हाम्रा समाचारदाता शेरप्रसाद ढकालले जनाएका छन् ।
संस्थाका अध्यक्ष विशाल शर्माको अध्यक्षता र सचिव प्रशाराम खत्रीको सञ्चालन रहेको साधारण सभामा जिल्ला सहकारी संघ लिमिटेड रुकुमका अध्यक्ष नरवहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
जलवायु सम्वन्धि गोष्ठी
हिजोदेखि शुरु भएको जलवायु परिवर्तन तथा प्रकोप नियन्त्रण र अनुकुल योजना निर्माण गोष्ठी आज रुकुम सदरमुकाममा सम्पन्न भएको छ । गोष्ठीमा जिल्ला वन कार्यालयका रेन्जर, साझेदारी कार्यक्रम संस्थाका कार्यक्रम संयोजक, फिल्ड संयोजक, स्थानीय श्रोत व्यक्ति र संस्थाका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
जम्मा ३७ जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको गोष्ठीमा एल.एफ.पी. केन्द्रिय कार्यालयका पिटर व्रानी, मध्यपश्चिम क्षेत्रीय कार्यालयका केपी यादव र मध्यपश्चिम कार्यालयका वलवहादुर शाही प्रशिक्षक रहनुभएको थियो ।
जिवीको पार्जनका लागी वन कार्यक्रमको आयोजना र सामुदायिक वन महासंघ रुकुमको व्यवस्थापनमा हिजोदेखि शुरु भएको गोष्ठी आज सकिएको सहकर्मी विरवहादुर मल्लले जनाएका छन् ।
दलितको भेला
रुकुमको रुकुमकोट गाविस वडा नं.४ कुचीवाङ्गमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको वडा भेला समपन्न भएको छ । भेलाले टिकाराम विकको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ ।
जसमा उपाध्यक्ष मनरग विक, सचिव विरवहादुर विक, सह-सचिव गणेश विक र कोषाध्यक्ष लालजित विक रहनुभएको छ । भेलामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा जिल्ला समिति सदस्य र्सर्ुयवहादुर नेपालीले स्थाई शान्ती, संघिय गणतन्त्र र दलितहरुलाई राज्यको सम्पर्ूण्ा क्षेत्रमा विषेश अधिकार सहितको नयाँ संविधान नवने त्यो दलितहरुलाई मान्य नहुने वताउनुभयो ।
भेलामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रुकुमकोट एरिया संयोजक खेमराज विकको विषेश उपस्थिति रहेको हाम्रा समाचारदाता प्रकाश ओलीले जनाएका छन् ।
युवा सञ्जाल गठन
युवा सञ्जाल रुकुम अन्तरगत आज स्यालापाखा गाविस स्तरिय युवा सञ्जाल गठन भएको छ । रुकुम सदरमुकाममा भएको युवाहरुको भेलाले शंकर रावलको अध्यक्षतामा २१ सदस्यीय स्यालापाखा गाविस युवा सञ्जाल गठन गरेको हो ।
जसमा उपाध्यक्ष शुसिल वुढामगर, सभिव नैनसिंह वोहोरा, सह-सचिव सृजना गिरी र कोषाध्यक्ष शरिता वुढा रहनुभएको छ । युवा सञ्जाल रुकुमका कोषाध्यष खम्वु रोकायको सञ्चालनमा सम्पन्न भेलामा युवा सञ्जाल रुकुमका सचिव चुडामणी गौतमको प्रमुख आतिथ्यता र उपाध्यक्ष तेजवहादुर मल्लको सभापतित्व रहेको थियो ।
भलिवल प्रतियोगिता हुने
महान जनयुद्धको १५ औं वाषिर्कउत्सवको अवसरमा रुकुमको खोलागाउँ एरियामा भोलीदेखि खुल्ला भलिवल तथा लोकदोहोरी प्रतियोगिता हुने भएको छ ।
योङ्ग कम्यूनिष्ट लिग नेपाल रुकुम अन्तरगत खोलागाउँ एरियाको आयोजनामा हुन लागेको खुल्ला लोकदोहोरी तथा भलिवल प्रतियोगिता २१ गतेसम्म चल्ने वताइएको छ ।
विद्याथीृको भेला तथा प्रशिक्षण
पर्वत उच्च माध्यामिक विद्यालय कोल रुकुममा आज अखिल क्रान्तिकारीको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वाधिनता, जनसंविधान, जनताको जनतन्त्रका लागी शैक्षिक रुपान्तरण तथा भण्डाफोर अभियान अन्तरगत आज उक्त विद्यालयमा अखिल क्रान्तिकारी विद्यार्थीको भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।
अखिल क्रान्तिकारी जिल्ला सदस्य लिलावहादुर वुढाको सञ्चालन र अखिल क्रान्तिकारी मावि इकाई समिति अध्यक्ष चयन पुनको सभापतित्वमा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला कोषाध्यक्ष तथा नेपाल मगर विद्यार्थी संघ जिल्ला अध्यक्ष मरिचमान पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै भेलामा विद्यालयका प्राचार्य तथा पर्ूव अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति सदस्य शसिराम दाहालको आतिथ्यता रहेको थियो ।
त्यसैगरी आजै सोही विद्यालयमा ३९ सदस्यीय नेपाल मगर विद्यार्थी संघ मावि इकाई समिति गठन भएको भएको छ । अखिल क्रान्तिकारी जिल्ला समिति कोषाध्यक्ष तथा नेपाल मगर विद्यार्थी संघ रुकुमका अध्यक्ष मरिचमान पुनको प्रमुख आतिथ्यमा सम्पन्न मगर विद्याथीृहरुको भेलाले कल्पना पुनको अध्यक्षता मावि इकाई समिति गठन गरेको हो ।
जसमा उपाध्यक्ष एक्केवहादुर वुढा, सचिव कृष्ण पुन, सह-सचिव अनिल पुन र कोषाध्यक्षमा चाहाना वुढा रहनुभएको छ ।
No comments:
Post a Comment