मेगराज खड्का
गणतान्त्रिक सरकारले देशका ८ क्याम्पस सगै आंगिक क्याम्पस घोषण गरेपनि कार्यन्यन नभएपछि आंगिक अलपत्र परेको मुसिकोट बहुमुखि क्याम्पस मुसिकोट रुकुमलाई फेरी शिक्षा सुधारको लागि ५२ लाग प्राप्त गरेको छ ।
नेपाल सरकार र बिश्ब बैङकले प्रस्ताब गरेअनुसारको प्रस्ताबना फारमको आधारमा रुकुम जिल्लाको मुसिकोट खलंगा बहुमुसि क्याम्पस ग बर्गमा परी ५२ लाख पाउने मुल्याङकनमा परेको हो । उक्त अनुदान मुल्याङकनमा परेका क,ख र ग बर्गका परेका क्याम्पसहरुले क्रमस १६ करोड २५ लाख,२ करोड ६० लाख र ५२ लाख रुपैया प्राप्त गर्ने भएका हुन । यसपटकको ग बर्गको अनुदान रकम राप्ती बाट यस क्याम्पसलाई मात्र उक्त अनुदान दिने मुल्याङकनमा परेको आज क्याम्पसले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उक्त रकम नेपालको उच्चशिक्षाको शैक्षिक स्तर बृदि र संस्थागत बिकास गर्ने उदेश्यले बिभिन्न क्याम्पसको प्रस्ताबको आधारमा दा्रेसा्रे उच्च शिक्षा परीयोजनाको बिश्बबिद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले प्रदान गरेको हो ।
उक्त रकम अनुदान पाएका क्याम्पसले उच्च शिक्षा तहको संस्थागत सुधार ,कुसल कार्य सम्पालनमा पा्रेत्साहान गर्ने ,जबाफदेहिता सुनिश्चित गर्ने र निजि तथा सामुदायिक स्रोतहरु बढाउनमा सहयोगको लागि खर्च गर्नु पर्ने भएको छ ।
मुसिकोट बहुमुखि सगै देशका बिभिन्न क्याम्पसहरु मध्य क बर्गमा १० वटा क्याम्पस,ख बर्गमा १० वटा र ग बर्गमा २८ वटा क्याम्पसहरु अनुदान रकममा परेका छन । उक्त अनुदान रकम माग ६ र ७ गते बिश्बबिद्यालय अनुदान आयोगको सचिबालय भबनको सभाकक्षमा संञ्चालित २८ क्याम्पसहरुको गोष्टीमा आयोगको तर्फाट प्रा.कमलकृष्ण जोसि , मुसिकोट बहुमुखि क्याम्पसको तर्फाट उपाध्यक्ष ठगेन्द्र प्रकास पुरी र क्याम्पस प्रमुम बिश्बनाथ ज्ञावालीको रोहभरमा सम्झैाता गरीएको बताईएको छ । त्यसका साथै कुल अनुदान रकमको २० प्रतिशत आबश्यक बिद्यार्थीहरुलाई छात्रबृति तथा शुल्क मिनाहा लगायतका लागि खर्च गरीने कुरामा सम्झौता भएको मुसिकोट बहुमुखि क्याम्पस रुकुमका क्याम्पस प्रमुख बिश्बनाथ ज्ञावालीले बताउनुभयो ।
यस अनुदान प्राप्त गर्नका लागि क्याम्पसहरुमा सञ्चालक समिति सहि ढंगले गठन भएको,प्रतेक बर्षलेखा परीक्षेण भएको ,आफनै बिधान तथा नियमावली भएको,सबै सम्पति क्याम्पसको नाम छ भनी प्रमाणित भएको,स्नातक तहमा कम्तिमा पाच ब्याज परिक्षामा उतिर्ण्र्ााुनुपर्ने ,प्रतेक बर्षस्नातक संख्या २० भन्दा कम नभएको र अघिल्ला ३ बर्षो औषत उत्तर्ीण्ा प्रतिशत २० भन्दा कम नभएका लगायत हुनुपर्ने प्रस्तावना फारममा उल्लेख भएको जनाईएको छ । हाललाई सम्पर्ुण्ा योजना तयार गर्न रु ४ लाख ५५हजारको चेक क्याम्पसलाई प्राप्त भईसकेको र अन्य रकम कुन ठाउमा प्रयोग गर्ने भनी टुङ्गो लगाएपछि मात्र प्राप्त हुने क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष ठगेन्द्र प्रकास पुरीले जानकारी दिनुभयो ।
सञ्चालन गरीने योजना कुनै ब्यक्तिगत ढंगले प्रस्ताब नगरी क्याम्पस सञ्चालन समिति ,जिल्ला स्थित राजनितिक दलहरु,स्व.बि.यु,प्राध्यापक एबम कर्मचारी, अभिभाबक बिध्यार्थी,स्थानिय प्रशासन,सुरक्षा निकाय ,जिल्ला बिकास समिति ,गाउ बिकास समिति, यु.एम एन रुकुम क्लस्टर,तथा अन्य सरकारवाला निकायहरुको हितमा रहेको मात्र योजना प्रस्ताब गरीने भएको छ ।
No comments:
Post a Comment