बीरबहादुर मल्ल/मेगराज खड्का
रुकुम : विकासका दृष्टिले पछाडि पारिएको रुकुमको ग्रामीण क्षेत्रमा सडक निर्माणले तीब्रता पाएको छ । जसअनुसार पर्ूवपश्चिम पुष्पलाल लोकमार्ग र अन्य सडक गरी झण्डै एकदर्जन खण्डमा निर्माण कार्य चलिरहेको छ ।
अहिले निर्माणाधीन सडकमा पुष्पलाल लोकमार्गअर्न्तर्गत विभिन्न खण्डका साथै इरिनेटा-चौरजहारी, मुसीकोट-चुनवाङ, मुसीकोट-राडिज्यूला, चुनवाङ-महत, बालुवा-सिमलचौर, तकसेरा-रिम्ना, आठबीसकोट-छिनखेत, गाराघाट-रिम्ना, मठ-ड्रि्रे-भण्डारीका“डा र खारा नमूना सडक रहेका छन् ।
यी सडकहरुमध्ये सबैभन्दा ठूलो सडकखण्ड पुष्पलाल लोकमार्गको रहेको छ । जसमा चौरजहारी-चैनबगर, खलंगा-माछिमी, खलंगा-घोर्खानी, रुकुमकोट-खावाङ गरी ७२ किलोमिटर सडक निर्माण भइसकेको छ भने अझै आधाभन्दा बढी निर्माण हुन बा“की छ । अन्य साना सडकखण्ड पनि आधा जति निर्माण भएको जिल्ला विकास समिति रुकुमका इञ्जिनियर राजु आचार्यले जानकारी दिनुभयो । यी सडकखण्डले जिल्लाका करीब २३ गाविसलाई मात्र छोएको छ भने अझै २० गाविस सडकले नछोएको उहा“ले बताउनुभयो ।
माओवादी जनयुद्धको उद्गमस्थल रुकुममा माओवादी सरकारमा गएपछि सडक निर्माणले तीब्रता पाएको हो । तर, माओवादी सरकारबाट बाहिरिएपछि नया“ योजना पर्न सकेका छैनन् । माओवादीको सरकार र त्यसमा पनि जिल्लाबाटै मन्त्री भएपछि सडक निर्माणले तीब्रता पाउन थालेको थियो ।
यही गतिले रुकुमको सडकको विकास भएमा अबको ३ बर्षा प्रत्येक गविसमा मोटरबाटो पुग्ने विश्वास जिल्लावासीले गरेका छन् । मैकोटलगायतका आसपासका दर्ुगम गाविसमा भने अबको दर्ुइ बर्षभत्रै सडक पुर्याउने योजना रहेको जिविस रुकुमका कार्यक्रम अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभयो ।
सडक यातायातको बिकासस“गै जिल्लामा १ बर्षभत्र एउता मोटरएबल पुल निमार्ण्र्ााुने भएको छ । उक्त पुल सानीभेरीको फलामेगौंडा अर्थात बाफिकोट र स्यालापाखा गाबिसको बिचमा बन्ने भएको हो । त्यसको साथै जिल्लामा साना वा ठुला गरी १५ ओटा झोलुंगे पुल निर्माण हुने बताइएको छ ।
No comments:
Post a Comment