Friday, April 2, 2010

बिद्यालयको भवन जिर्ण्र्ााएपछि समस्या



गणेश वि.क.
रुकुम: रुकुमको खोलागाउँ गाविस वडा नं.८ पुरानो पानी स्थित जनआस्था प्राथामिक विद्यालयको ३ कोठे भवन हाल जिर्ण्र्ाावस्थामा पुगेको छ । गत २०६३ सालमा स्थापना गरिएको विद्यालयको ३ कोठे भवन काठ कुहिएर जिर्ण्र्ााएपछि पढाइ लखाइमा समस्या भएको छ ।
छाना चुहिन थालेपछि वषर्ायामको समयमा विद्यालय वन्द गर्नुपर्ने वाध्यता रहेको विद्यालयका प्रधानाध्यापक मानवहादुर डाँगीले बताउनु भयो । त्यस्तै कक्षा १ देखि ३ सम्म सञ्चालन जनआस्था प्राथामिक विद्यालयका शिक्षकहरुले गएको भदौदेखि हालसम्म तलव भत्ता पाउन सकेका छैनन् । करिव एक सय विद्यार्थी संख्या रहेको विद्यालय स्थापना भएको ३ वर्षवितिसक्दा हालसम्म राहत दरवन्दी जिल्ला बाट पाउन नसकेपछि निजि श्रोतवाट शिक्षकलाई तलव भत्ता व्यहोर्न धौ-धौ भएको बिद्यालय स्रोत ले बताएको छ ।
जिल्ला अस्पतालमा स्टेचरको अभाब
जिल्ला अस्पताल सल्ले रुकुममा बिरामी लाइ उता उता ओसार पसार पार्दा आबाश्य पर्ने साधन स्टेचरको ब्यस्था नहुदा बिरामी लाइ समस्या भएको छ । बिरामी लाइ एरपोर्ट सम्म लिनको लागी स्टेचर नहुदा बिरामी लाइ मुख्य समस्या भएको हो । अस्पतालमा बिगत एक महिनमा देखि स्टेचरको अभाब भएपछि बिरामी लाइ समस्या भएको हो । जिल्ला अस्पताल बाट रिफरका लागी एरपोर्ट सम्म ल्याउन स्टेचर नभएपछि आफु हरु लाइ समस्या भएको बिरामीका आफन्त हरुले गुणसो गरेका छन ।जिल्ला अस्पताल सल्ले रुकुमका प्रमुख डा बिनोद गिरीका अनुसार भएका स्टेचरहरु बिरामीका आफन्तले फिर्ता नगरेपछि यस्तो समस्या भएको बताए। जिल्ला अस्पतालमा दैनिक चार पाच जना बिरामी हरु लाइ अस्पतालले बाहिर पठाउने गरेको छ ।

No comments: