Thursday, March 11, 2010

रुकुममा सुचना सञ्चारका साधन कटुवालहरु

हरि गौतम
रुकुमः 'आज चौतारोमा र्सवदलीय वैठक छ । सवै उपस्थित हुनुहोला, आजै सामुदायिक वन खुला गरिंदैछ सवै उपभोक्ताहरु जुट्नु होला, खोलाले बगाइदिएको गैरीखेतको कुलो मर्मत गर्नुछ खेतालाहरु भेट्नुहोला, आज गाउँमा मान्छे मरेको छ मलामि जानुहोला' यति धेरै सामाजिक काम गर्ने मान्छे नत कुनै सकारी कर्मचारी हुन् नत कुनै संघ संस्थाका कर्मचारी नै यि त हुन् वषौर्ंदेखि निरन्तर समाज सेवा गरीरहेका कटुवालहरु ।
सुचना सञ्चारले दिन दर्ुइ गुणा र रात चौगुणाका दरले विकास भैरहेको छ । तर रुकुम जिल्ल्ााका धैरै गाविसमा स्थानियवासील राखेका कटुवालहरुलेनै सुचना आदान प्रदानको काम गरीरहेका छन् । मर्दाको मलामिदेखि गाउँघरका महत्वपर्ुण्ा सभा बैठक र सामाजिक श्रादानको खवर प्रत्येक घरघरमा पुर्‍याउन भ्याईनभ्याई हुन्छ कटुवालहरुलाई ।
३२ वर्षदेखि कटुवाल काम गर्दै आएका पिपल गाविस वडा नंं. २ का बहादुर कामि आफहरुको पेसा सम्मान गर्ने खालको भएपनि सरकारी तर्फाट अपमान भएको भन्दै सरकारी तर्फाट सम्मान पाउनु पर्ने तर्क राख्दै थप्नुहन्छ सवै सरकारी कर्मचारीको तलव बढ्छ तर हामिलाई कुनै पनि सेवा सुनिधा थपिदैन । वाषिर्क पारीश्रमिक स्वरुप तीस पाथि अनाज पाउँदै आउनु भएका उहाँ थोरै पारीश्रमिक भएपनि बाचुन्जेल समाज सेवा गर्ने अठोट गर्नुहुन्छ । आफ्ना वाजे वुवा र आफुले गरी तीन पूस्ताले सम्म समाज सेवा गरेपनि आप्नो भावि पिढिले यो काम छोड्ने हुन्कि भन्ने पिडाले पिरोल्न थालेको छ उहाँलाई ।
आफुले प्रति घरवाट पाउदै आएको चार माना अनाजमा एक माना थपेर पाँच माना पाउनु पर्ने माग गरेपछि कटुवालवाटै हटाइएको तितो यथार्थ छ सोहि गाविसका भुतपर्ुव कटुवाल नन्दराम कामिसंग तेत्तीस वर्षेख अनवरत समाज सेवा गर्दै आउनु भएका उहाँ मौका दिइएमा अझै समाज सेवा गर्ने मनस्थितिमा हुनुहुन्छ ।
व्यक्तिगत कामलाई थाति राखेर समाज सेवामा खवर बाड्दै हिड्नु पर्ने हुन्छ कटुवालहरुलाई । यो पेसामा संलग्न सवैले पारीश्रमिक स्वरुप्ा अनाज नै पाउछन् । तै पनि आफुहरु सन्तोष नै रहेको उहाँहरुको भनाई रहेको छ । पोखरा गाविस वडा नं. २ का कटुवाल धनविर विक आफुले सामाजिक काम गरेकोमा सन्तोष नै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ गाउँघरका काम गर्दा थोर वहुत आनन्द आउछ ।सञ्चारकै कारण विश्व हत्केलामा अटाउने भइसकदापनि गा्रमिन क्षेत्रमा प्रचुर मात्रामा सञ्चारका साधनको कमि भएकाले गा्रमिन क्षेत्रमा तत्काल खवर आदान प्रदान गर्न कटुवालहरुको विकल्प नभ्ाएको स्थानिय वुद्धिजिविहरुको भनाई रहेको छ ।

No comments: