Thursday, March 11, 2010

बोर्डिङ्गका बिद्यार्थीहरु ओढारमा

लक्ष्मण के.सी
रुकुमः जिल्ला शिक्षा कार्यलय नजिकै बोर्डिङ्ग का विद्यार्थीहरु ओढारमा बसेर पढीरहेको देखेर तपाई लाई अच्चम लाग्न सक्छ । तर स्थापना काल देखि त्यस्तै रुपमा सञ्चालन हुदै आएको छ एभरेष्ट बोर्डिङ्ग स्कुल । पहिले सदरमुकाम खंलगामा भाडामा बस्दै आएको स्कुल अहिले सो भवन र्जिन भएपछि भवन पर्ुण्ा निर्माण हुनजेल सम्मको लागि बोर्डिङ्ग जिल्ला नजिकै को ओढारमा बिद्यार्थीलाई भर्ुइमा बसालेर पढाइदै आएका छ । कक्षा ५ सम्म संचालन भएको सो बोर्डिङ्ग संचालन भएको एक बर्षपुगिसकेको छ साथै बिगत ४ महिनादेखी सो वोर्डिङ्ग ले ओढारमा पर्ढाई सञ्चालन गरिरहेको छ । बोर्डिङ्ग सुरु गरेको ५ महिना सम्म सञ्चालक कै घर रातामाटामा नै पर्ढाई हुने गरको थियो । पछि विद्यार्थीहरु दैनिक रुपमा नियमित विद्यालय आउने संख्या घटदै गएछि तेस ठाउमा बोर्डिङ्गल बन्द गरेर पुन खंलगा मा घर भाडामा लिएर बोर्डिङ्गल सञ्चालन गरदै आएका थिए । पछि भाडामा लिएको घर निमार्ण्र्ाार्ने भन्दै भत्काएपछि यस्तो सम्ास्या सिर्जना भएको बोर्डिङ्ग सञ्चालक स्रोतले बताएको छ । जिल्ला शिक्षा कार्यलय रुकुम देखि एक मिनेटको दुरीमा बालबालिकाको यस्तो हबिगत हुदा समेत जिल्ला शिक्षा कार्यालय रुकुम यसको मुख दर्शक बनेर बसेको छ । बिहान देखि साझ सम्म ओडारको भुइमा बसेर करिब २५० जना बिद्यार्थीहरु पढने गर्छन । बोर्डिङ्गलमा बेन्च ,डेस्क, र टेबुल समेत छैनन । बेन्च र डेस्क नभएछि विद्यार्थीहरु आजभोली माथी तिर र्तिपाल को पाल लगाएर घाम छलेर बस्ने गरदै आएका छन । यस्तो बोर्डिङ्ग सञ्चालन गरदै आएको सञ्चालक लाई कारवाहि किन गरदैनत जिल्ला शिक्षा र जिल्ला प्रशासनले - जिल्ला शिक्षा अधिकारी बावुराम ढुङ्गाना यस्तो प्रश्न गर्दे र्कावाहि गर्दछु भने तर उनको हिडने बाटो नजिकै यस्तो बोर्डिङ्ग सञ्चालन हुन लागेको दर्ुइ बर्स बितिसक्दा पनि र्कावाहि गरेका छैनन ।
साँझ बिहान अर्काको काम गरेर भएपनि छोरा छोरीलाई राम्रो बिद्यालयमा पर्ढाई ठुलो मान्छे बनाउन सरकारी बिद्यालय भन्दा बोर्डिङ्ग स्कुल लाइ रोजि खलंगा कि पार्वति बि.क छोरा छोरीलाई ओढारमा पढाउँदा भबिश्य ब्रि्रने कुरामा चिन्तित छिन । उनि भन्छिन बाबु बोर्डिङ्ग जान मान्दैन फकाएर पठाउनु पर्छ चिसो मौसमा पनि त्यसरी नै पढे अब गर्मिमा पनि अवस्था त्यहि भएमा बोडिङ पठाउदैनौ । उनले अव पनि यसरी बोर्डिङ्ग सञ्चान गरे आफना छोरा र छोरी लाई स्कुलमा पढन नपढाउने भनिन ।

सो बिद्यालय प्रशासनले गत बर्षखलंगाकै रातामाटामा पनि ६ महिना पर्ढाई सञ्चालन गरी बिचमा नै छोडी बिद्यार्थीहरुलाई समस्यामा पारेको अभिभावकहरुको गुनासो रहेको छ । रातामाटामा छोडे पनि पुनः खलंगामा सञ्चालन गरेकोले छोराछोरीलाई केही राहत होला भनेर भर्ना गरेपनि हाल ओढारमा पढाउन थालेपछि अभिभावकलाई छोराछोरीको भबिश्य ब्रि्रनेमा चिन्ता बढेको छ बि.क ले भनिन । ओढारमा नअटाएपछि त्रिपालको हल बनाएर त्यसै हललाई कोठा बनाइएको छ । सो स्कुलकी प्रिन्सीपल कमला केसीका अनुसार भवनको अभावमा ओढारमा पढाउन बाध्य भएको हो । केसीले भनिन् " भवन निमार्ण्र्ााुँदा सम्म ओढारमा नै पढाउनु पर्‍यो । तत्कालै पर्ढाई रोक्न पनि सकिदैन ।" छिट्टै भवन बनाउने तयारी भइहरेको केसीले बताइन् । तर स्थानियबासीका अनुसार हाल सम्म पनि भवन बनाउन कुनै तयारी भएको छैन बिद्यालय प्रसाशन बैकल्पिक ब्यस्थाको बारेमा कुनै गम्भिर देखिएको छैन । सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई ओढारमा पढ्दा समस्या हुनेगरेको नाम नबताउने र्सतमा एक शिक्षकले बताए । अभिभावक का अनुसार ओढारको भुइमा पढिरहेका बिद्यार्थीहरुले मासिक शुल्क २५० पैसा तिर्ने गरेको बताए । तर प्रिन्सीपल केसी भने शुल्कको बारेमा बताउन चाहिनन् । चिसो भुइमा बसेर पढ्ने बालबालिकाहरुलाई आकाशमा बादल लाग्न बितिकै घर पठाइने गरेको अभिभावकको गुनासो छ । तर हाल सम्ममा जिल्ल्ाा भर कति बोर्डिङ्ग स्कुलहरु सञ्चालन भएका छन भन्ने डाटा जिल्ला शिक्षा कार्यलयमा छैनन ।

No comments: