वीरबहादुर मल्ल
रुकुमः विगत ३ महिना अघिदेखि वसपार्क कुन ठाउँमा राख्ने भन्ने विषयमा विवाद हुदैं आएको रुकुमको चौरजहारीवासी र नाखिरावासीविच सहमति भएको छ । विजयश्वरी गाविस वडा नं.४ नाखिरावासीले राखेका मागमा चौरजहारीवासीले सहमति जनाएपछि चौरजहारी वजार स्थित सिंसौ खोलामा वसपार्क वन्ने भएको हो । चौरजहारीको नाखिरामा प्राविधिक शिक्षालय स्थापना गर्ने, त्रिवेणी चोक देखि एरपोर्ट सम्मको सडक ग्रावेल गर्ने, नाखिरामा क्याम्पस स्थापना गर्ने र नाखिराको सडक भएर गाडी आवत जावत गराउने भन्ने विषयमा सहमति भएको छ ।
सहमतिपछि चौरजहारीको सिंसौं खोलामा वसपार्क वन्ने भएपछि जाजरकोट, डोल्पा, जुम्ला र रुकुमवाट आवत जावत गर्न यात्रुहरुलाई सहज वन्ने भएको छ ।
No comments:
Post a Comment