Saturday, June 12, 2010

रुकुमका गाउगाउमा इमेल इन्टरनेट


  लक्ष्मण के सी 
रुकुम । सूचना प्रविधिको उत्कृष्ट माध्यम इमेल इन्टरनेट सेवा रुकुमको गाउँहरुमा पनि विस्तार हुन थालेको छ । रुकुमको सदरमुकाममा मात्र नभएर गाँउ-गाँउमा समेत केही समय अघि दुरसंचार कार्यालय रुकुमले सिडिएमए फोन वितरण गरेपछि टेलिफोनको लागि घण्टौँ लाईन बस्नुपर्ने बाध्यता टरेको महशुस रुकुमेलीहरुले गर्न थालेका छन्, तरपनि सिडिएमए फोनमा नेर्टवर्कको पर्याप्तता नभएको उपभोक्ताहरुको गुनासो छ ।
एकवर्षघि रुकुम सदरमुकाम मुसीकोटमा स्थापना भएको ग्रामीण सुचना केन्द्र रुकुमले जिल्लाको छिवाङ गाविसमा अहिले इमेल सेवा सुरु गराएको हो । सिआईटी नेपालको सहयोगमा महेन्द्र उमावि छिवाङ चौतारामा ११ वटा कम्प्यूटर लगायतका सामाग्री सहित इन्टरनेट सेवा सुरु भएको छ । विद्यालयमा इन्टरनेट सेवा सुरु हुँदा विद्यालयका विद्यार्थी र स्थानीयवासी सवैलाई सजिलो भएको प्राचार्य नन्दराम खड्काले बताए । खड्काले भने अहिले विदेश गएकाहरुलाई नेटफोन मार्फ सस्तो कलमा फोन गर्न पाउँदा स्थानीय वासिहरु हषिर्त भएका छन् । अव देखि ६ कक्षा देखि १० कक्षा सम्म्ामा कम्पुटर शिक्षा लागु गरिने विद्यालयले बताएको छ ।
त्यस्तै बाँफिकोट गाविसमा रहेको विरेन्द्र उमाविमा पनि सामान पुगिसकेको र जोड्न मात्र बाँकि रहेको सिआईटी रुकुमले जनाएको छ । अव केही समयपछि त्यसको प्रभावकारिता अध्ययन गरी जिल्लाका अन्य गाविसमा समेत इमेल इन्टरनेट सेवा संचालन हुने संचारको क्षेत्रमा कार्यरत संस्थाहरुले जनाएका छन् । ग्रामीण सूचना केन्द्र रुकुमका प्रवन्धक पुष्प श्रेष्ठले भने -"यसै वर्षभत्रमा जिल्लाको कुनाकुनामा सो सेवा पुर्‍याउने योजना बनाएका छौँ ।"
हाल सूचना प्रविधी केन्द्र -सिआईटी) नेपालको रुकुम शाखाले इमेल इन्टरनेटको स्थापना गरेपछि रुकुमको संचार क्षेत्रमा थप रौनकता छाएको छ । विशेष गरी सञ्चारकर्मीहरुका लागि उत्कृष्ट साधन मानिने यो साधन ख्क्ब्त् प्रविधिबाट संचालनमा ल्याईएको छ । सो इन्टरनेट सेवा तार रहित नेर्टवर्कको माध्यमबाट रुकुम जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा जडान गरिएको सिआईटी रुकुमक प्रवन्धक श्रेष्ठले जानकारी दिए । दैनिक २४ घण्टाको मासिक १००००।-, दैनिक विहान ९ बजेदेखी साँझ ५ः०० बजेसम्म कार्यालय समय मासिक ८००० र दैनिक साँझ २ घण्टाको मासिक २ हजारको हिसावले दररेट कायम गरिएको सो कार्यालयले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्रर्ााट्रय गतिविधीहरु तुरुन्त जानकारी पाउने माध्यमको रुपमा स्थापित सो सेवा रुकुमेलीहरुका लागि नयाँ सौगात बनेको छ । सिआईटी रुकुम र ग्रामिण सुचना केन्द्र रुकुम गरि हाल रुकुममा २ वटा साइवर संचालनमा आएका छन् । तर पनि ग्रामीण सूचना केन्द्रले सूचना आदानप्रदान गर्ने स्वच्छ सेवा प्रदायक संस्थाको रुपमा आफुलाई स्थापित गर्न चाहेको र यस केन्द्रलाई साइवरका रुपमा नहर्ेन आग्रह गरिरहेको सिआईटी रुकुमका गोरख जोशीले बताए । अन्य साइवर जस्तो अनावश्यक वेवर्साईटहरुको प्रयोग नहुने पनि केन्दले जनाएको छ । कम्प्यूटर सीमित मात्रामा भएकोले पनि अनावश्यक बस्ने समय नभएको पनि केन्दका प्रवन्धक श्रेष्ठ बताए । दर्ुगम जिल्ला भएको र कम्प्यूटर सिकेकाहरुको संख्यामा कमी र आर्थिक विपन्नता त्यसमा पनि महंगो शुल्क तिर्नुपर्ने भएकोले रुकुमेलीहरुको अर्को समस्या रहेको विश्लेषकहरुको धारणा रहेको छ ।
साइवर केन्दं्रले प्रतिघण्टा रु ४० का दरले इन्टरनेटको शुल्क कायम गरेका छन् भने ग्रामीण सूचना केन्द्रले प्रतिघण्टा रु. ३० का दररेट कायम गरेको छ । सिस्ने इन्टरनेट र्सर्भिसले पनि तुरुन्तै लाइन विस्तार गर्ने बताएको छ ।
सिआईटी रुकुमले कनेक्सन विस्तारको साथै रुकुमको वेवर्साईट तत्कालै खोल्ने जानकारी दिएको छ । सिआइटी रुकुमका प्रबन्धक पुष्प श्रेष्ठका अनुसार, "सरकारको नारा हातहातमा मोबाईल, घरघरमा इन्टरनेट" लाई यस संस्थाले पुरा गर्ने योजना रहेको छ । इमेल इन्टरनेटको सुविधा उपभोगका लागि अभ्यासरत रुकुमेलीहरुले विगतका ति समस्या विर्सन थालिसकेका छन् ।
गत वर्षो फागुन १२ गतेदेखी नेपाल टेलिकमले जिल्लामा पहिलो पटक नमस्ते मोबाइलको प्रिपेड सिम वितरण गरेको थियो । संचार क्षेत्रमा भएको त्रि्र विकासप्रति खुसी व्यक्त गर्दै स्थानीयबासी शिव डाँगी भन्छन ,-"टेलिफोन गर्दा २/३ दिन लाईन बसेको सम्झदा सपना जस्तो लाग्न थालिसक्यो ।" नेपाल टेलिकमले हाल पनि सिडिएमए स्काई मोबाईलको सिम पनि वितरण भैरहेको दुरसंचार कार्यालय रुकुमले जनाएको छ । यसै सर्न्दर्भलाई जोड्दै स्थानीय पत्रकार बालकृष्ण शर्मा भन्छन"यस इमेल सेवाले हामीहरुलाई समाचार स्रप्रेषणमा भरपर्दो र सहज बनाएको छ ।"

No comments: