वीरवहादुर मल्ल/रुकुम
सल्यानको सल्लीवजार हुदैं रुकुमको चौरजहारी जोड्ने सडक यातायात सेवा एक सतादेखि अवरुद्ध भएको छ । अत्याधिक वषर्ाका कारण सडकको वरिपरी पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
एकसाता अघिदेखि सडक यातायात सेवा अवरुद्ध भएपछि रुकुम, सल्यान, जाजरकोट, डोल्पा र जुम्लाका यात्रुहरुलाई आवात जावतमा समस्या आएको छ । सडक सेवा अवरुद्ध भएपछि चौरजहारी वाट सिधैं गाडी चढेर जिल्ला वाहिर जाने यात्रुहरुलाई सल्यानको सल्लीवजारसम्म पैदल यात्रा गर्नुपर्ने वाध्यता रहेको छ ।
करिव एक सय ३४ किलोमिटर लम्वाई रहेको सडक खण्ड वषर्ायाम सकिएपछि मात्र सुचारु हुने भेरी राप्ती वस व्यावसाय समितिले जनाएको छ ।
यसैविच रुकुमको भलाक्चा गाविस वडा नं.३ स्यावाङ्गमा केही दिनयता विद्युत सेवा अवरुद्ध भएको छ । अविरल वषर्ापछि गत शनिवार विद्युत नहरमा पहिरो आई क्षति भएपछि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुंदा त्यस गाउँका ६० घरधुरी विद्युत सेवावाट वञ्चित भएको स्थानीय कमल पुनले जानकारी दिनुभयो ।

No comments:
Post a Comment