Sunday, July 18, 2010

भवन तथा भलिवल प्रतियोगिता उद्घाटन



वीरवहादुर मल्ल/रुकुम
रुकुमको विकट पर्ूर्वि जाङ्ग गाविस वडा ८ र ९ खारावाङ्गमा रहेको आदर्श निम्न माध्यामिक विद्यालयमा आज ४ ओटा भवन उद्घाटन भएका छन् । १० ओटा कोठा भएका ४ ओटा भवन पर्ूव सहायक मन्त्री केशरमाण रोकाले उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन कार्यक्रममा नेकपा एमाले रुकुमका जिल्ला कमिटि सदस्य तथा निर्वाचन क्षेत्र नंं १ का अध्यक्ष टोपवहादुर ओली, एकिकृत नेकपा माओवादीका दलवहादुर रोका लगायतको आतिथ्यता रहेको थियो ।

साथै उद्घाटन समारोहमा स्थानीय शिक्षा प्रेमी सुरवहादुर रोका, जुद्यवहादुर ओली, नरवहादुर रोका, मनवहादुर विक, नरम वुढा र हर्कप्रसाद रोकाले पनि मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ओलीको अध्यक्षता र स्थानीय समाजसेवी सुरेन्द्र विकको सञ्चालन रहेको थियो ।

उक्त भवन डव्लु एफ.पी.रुकुम, सेभ द चिल्ड्रेन र जिटिजेड रुकुमको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमको साझेदारीमा निर्माण भएका हुन् । १० कोठा रहेका ४ ओटा भवन सहयोगी संस्था र स्थानीय वासिन्दाको जनश्रमदान गरी ५० लाखको लगानीमा निर्माण भएको वताइएको छ ।

त्यसैगरी सोही विद्यालयमा साउने संक्रान्तिको अवसरमा आजदेखि खुल्ला महिला तथा पूरुष भलिवल प्रतियोगिता शूरु भएको छ । भलिवल प्रतियोगितामा महिला पुरुष गरी १९ वटा समुहले सहभागिता रहेको छ ।

विद्यालय व्यवस्थापन समितिको आयोजनामा शुरु भएको भलिवल प्रतियोगिता एक हप्ता सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

No comments: