Sunday, July 18, 2010

वधशाला निर्माणमा विवाद निर्माण नगर्न वन समुहको चेतावनी


वीरवहादुर मल्ल/रुकुम
साउन २ गते, रेडियो सानीभेरी
रुकुमको सदरमुकाम खलंगा स्थित पातुखोलामा वन्दै गरेको पशु वधशाला निर्माण समिति र घ्युखोला सामुदायिक वन उपभोक्ता समुह विचको विवाद चुलीदै गएको छ ।

वन उपभोक्ता समुहले वधशाला निर्माण स्थल वरीपरी खानेपानीका मुहान भएकाले त्यस क्षेत्रमा वधशाला निर्माण गर्न नदिने वताउदै आएको छ भने वधशाला निर्माण समितिले भने जिल्लामा राजनैतिक सहमति भएकाले वधशाला निर्माण गर्न पाउने वताएको छ ।

समितिलाई जिल्ला प्रशासन कार्यलय रुकुमले राजनैतिक सहमतिका आधारमा सोहि ठाउँमा वधशाला निर्माण गर्न अनुमति दिएको थियो । घ्युखोला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हेमराज श्रेष्ठले फेरी एक पटक जिल्लामा र्सवदलिय वैठक वोलाएर समस्या समाधान गर्नुपर्ने वताउनुभयो ।

वन समुहले जिल्लामा राजनैतिक सहमतिवाट वन क्षेत्रमा निर्माण गर्न लागिएको वधशाला निर्माण कार्य स्थगित नभए पुनरावेदन अदालतमा जाने वताएको छ ।

No comments: