रुकुम/एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य जनार्दन शर्माले नेपाली काङ्ग्रेसले पनि अव आफ्नो जिम्मेवारी वोध गरेमा सहमतीय सरकार गठन हुनसक्ने आशा व्यक्त गरेका छन् ।
आफूहरूले सहमतिको लागि प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिने निर्ण्र्ाागरिसकेकोले अव वल नेपाली काङ्ग्रेसको कोर्टमा पुगेकोभन्दै काङ्ग्रेसले पनि त्याग गर्नुपर्ने बताए ।
माओवादीले सहमतिको लागि औपचारिक रुपमा निर्ण्र्ाागरिसकेको अवस्थामा नेपाली काङ्ग्रेसले पनि जिम्मेवारी वोध गरेमा सहमतीय सरकार गठन हुनसक्ने नेता शर्माको भनाइ छ ।
नेपाल एफएम नेर्टवर्कको नियमित कार्यक्रम विवेचनामा बुधबार बिहान कुराकानी गर्दै उनले नेपालीहरूबाटै प्रस्तावित प्रधानमन्त्री आउने सुभेच्छा व्यक्त गरे ।
माओवादी नेतृत्वको सरकार बन्न नदिन भारतीय दूतहरू ज्यान फालेर लागिपरेको तथ्यले भने नेपालको स्वतन्त्र र स्वाधिन अस्तित्व सङ्कटमा परेको नेता शर्माको भनाइ छ ।
No comments:
Post a Comment