Thursday, August 19, 2010

स्यार्पू महोत्सव-२०६७ को तयारी

नेपाल स्वतन्त्र समाचार सेवा
खलङ्गा/ विश्व पर्यटन दिवसको अवसरमा आगामी असोज ११ गते देखि रुकुममा हुन लागेको स्यार्पू पर्यटन महोत्सव-२०६७ को तयारी त्रि्र पारिएको आयोजकहरूले बताएका छन ।

रुकुमको बाँफिकोट गाविसमा रहेको स्यार्पूताल छेउमा हुने ५ दिने महोत्सवको लागि आवश्यक व्यवस्थापन, पर्यटकहरूको आवतजावतको व्यवस्था, प्रचार प्रसार लगायतका कामहरू घनिभूत रुपमा अघि बढेको आयोजक समितिले जनाएको छ ।

स्यार्पू पर्यटन महोत्सव काठमाडौँ सर्म्पर्क समितिले राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

रकुममा रहेका एक दर्जन भन्दा बढी पर्यटकीय स्थलहरुको पर््रवर्द्धन गर्ने र पर्यटनका लागि सँगसँगै भन्ने मूल नारा सहितको नेपाल पर्यटन वर्ष२०११ लाई सफल पार्ने मुख्य उद्देश्य राखी स्यार्पू पर्यटन महोत्सवको आयोजना गर्न लागिएको समितिले विज्ञप्ती निकालेर जनाएको छ ।

No comments: