रुकुम/रुकुमका राजनीतिक दलहरुले विद्यालयमा सञ्चालनको समयमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
विद्यालयलाई शान्ति क्षेत्र बनाउनका लागि सबै सरोकारवालाहरुले पहल गर्नुपर्ने भन्दै रुकुमका दलहरुले विगतमा जेजस्तो भएपनि अबका दिनमा विद्यालय सञ्चालनको बेला विद्यालय हाताभित्र कुनै राजनीतिक गतिविधि नगर्न ेलिखित प्रतिबद्धता व्यक्त गरेका हुन् ।
इन्सेक रुकुमले गरेको कार्यक्रममा एकीकृत नेकपा माओवादीका गणेश केसी, नेपाली कांग्रेसका थलबहादुर खड्का, नेकपा एमालेका खड्ग बस्त्राकार, राप्रपाका मुकुन्द शाह, राजमोका गिरीप्रसाद बुढा र नेपाल मजदुर किसान पार्टर्ीी कालीबहादुर खड्काले संयुक्तरुपमा हस्ताक्षर गरी अबका दिनमा विद्यालयलाई शान्ति क्षेत्र बनाउन आफूहरुको पहल हुने र कुनै राजनीतिक गतिविधि विद्यालयमा सञ्चालन नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
No comments:
Post a Comment