लक्ष्मण केसी
रुकुम/रुकुमको चौखावाङ गाविस वडा नं ४ लाई जिल्लामै पहिलोपटक खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । ४८ औ नेपाल रेडक्रस दिवसको अवसरमा नेपाल नेपाल रेडक्रस सोर्साईटी रुकुम र गाउ“ स्तरीय सामुदायिक विकास समितिको आयोजनामा उक्त क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
कार्यक्रममा गाउँ स्तरीय सामुदायिक विकास समितिका प्रतिनिधि खिमा डिसीले खुला दिशामुक्त क्षेत्र घोषणापत्र पढेर सुनाउनुभएको थियो । घोषणापत्रमा सरुवारोगको महामारी रोक्न, दुषित वातावरणलाई स्वस्च्छ राख्नको लागि गाउ“घरको वातावरण सफा बनाउन सवैले चर्पी निर्माण गरी प्रयोग गर्न आफूहरु सफल भएको उल्लेख गरिएको छ ।
जम्मा एकसय सात घरधुरी रहेको सो वडामा सन् २००९ देखी चर्पी बनाउन सुरु भएको थियो । नेपाल रेडक्रस सोर्साईटी सामुदायिक विकास परियोजना रुकुमको सहयोग र स्थानीयवासीको पहलमा सुरुको वर्ष३२ वटा, सन् २०१० मा ६० वटा र १५ वटा अन्य संस्थाको सहयोगमा स्थानीयवासीले चर्पी निर्माण गरिएकोले हाल सो वडाका प्रत्येक घरमा चर्पी भएपछि खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएको रेडक्रस रुकुमका सभापति नरबहादुर नेपालीले बताउनुभाये । आउँदो पुस मसान्तसम्म चौखावाङ गाविसका वडा नं. १, २ र ३ लाई पनि खुला दिशामुक्त क्षेत्र घोषणा गरिने छ । उनका अनुसार २०६८ सालको बैशाखजेठसम्ममा गाविस नै खुला दिशामुक्त क्षेत्र घोषणा हुनेछ ।
गाउँ परिषद्बाट बजेट विनियोजन गरेर भएपनि चौखावाङ गाविसलाई आउँदो वर्षम्ममा खुला दिशामुक्त क्षेत्र घोषणा गरिने उक्त गाविसका सचिव खिमप्रकाश शाहले बताउनुभयो । सन् २०१५ सम्ममा रुकुम जिल्ला नै खुला दिशामुक्त बनाउने योजनाका साथ अगाडि बढिरहेको स्थानीय विकास अधिकारी केदारनाथ शर्माले बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दामोदर शर्माले सरसफाई जीवनको महत्वपर्ूण्ा पाटो भएकोले यस्तो साहसिक काममा जुट्नु समुदायको स्रहानीय पक्ष भएको बताउनुभयो ।
No comments:
Post a Comment