Saturday, April 9, 2011

राजनीति र विकास सगसगै अघि बढाउनुपर्ने :प्रभाकर



रुकुम, २६ चैत । एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य जनार्दन शर्मा 'प्रभाकर'ले राजनीति र विकासलाई स“गस“गै लिएर जान कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
रुकुमको कोटजहारीमा शनिवार भएको कार्यकर्ता भेघाटमा बोल्दै उहा“ले राजनीति परिवर्तनस“गै विकास निर्माणमार्फ जनताको जीवनस्तर उकास्नु महत्वपर्ूण्ा काम भएकाले निस्वार्थ भावनाले जनताको सेवामा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
'हिजो हामी जनयुद्धको चरणमा थियौं, त्यहीबीचमा पनि केही त गर्‍यौं तर चाहेर पनि विकास निर्माणलाई अगाडि बढाउन सकिने अवस्था थिएन'- उहा“ले भन्नुभयो- 'अब हामी क्रान्तिको नया“ चरणमा प्रवेश गरेका छौं, हामी राजनीतिक क्रान्तिलाई पर्ूण्ाता त दिन्छौं नै, स“गस“गै विकास निर्माण र आर्थिक-सामाजिक रुपान्तरणको माध्यमबाट जनताको जीवनस्तर उकास्न पनि सम्पर्ूण्ा शक्ति केन्द्रित गर्ने छौं ।' पर्ूवशान्तिमन्त्री समेत रहनुभएका प्रभाकरले सरकारबाट पनि विकास निर्माणका लागि पहल गरिने र स्थानीयस्तरबाट पनि एकीकृत रुकुम विकास योजनाअर्न्तर्गत विकास निर्माणलाई अगाडि बढाइने बताउनुभयो ।


कार्यक्रममा उहा“ले नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेर माओवादीमा प्रवेश गर्ने १४ जना स्वागत गर्नुभएको थियो । सो क्रममा नेपाल शिक्षक संघ जिल्ला सदस्य डिल्लीवहादुर थापा, नेविसंघका जिल्ला सदस्य कृष्णबहादुर बोहरा, एमाले कोजहाजरी गाउ“ कमिटी सदस्य निमवहादुर मल्ल, सम्भुु शाही, युथफोर्स कोटजहारी गाउ“ कमिटी अध्यक्ष शिवप्रसाद अधिकारीलगायत गाविसस्तरीय कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका थिए ।

आइएमइको २१ औं शाखा रुकुममा
वीरवहादुर मल्ल
रुकुम, २६ चैत । रुकुमको सदरमुकाम खलंगामा आईर्एमई.फाईनान्सियल इन्ष्टिच्यूशन लिमिटेडको शाखा कार्यालय उद्घाटन गरिएको छ । 
चैत १० गते स्थापना भएको शाखाको शनिवार उद्घाटन गरएको हो । यो आइएमइको २१ औं शाखाको उद्घाटन हो । शाखा कार्यालयको प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवालीले रिवन काटेर विधिवत रुपमा उद्घाटन गर्नु भएको छ । 
शाखा कार्यालयको उद्घाटन पछि आई.एमर्.इ.फाइनान्सियल इन्ष्िटच्यूशन लिमिटेडले आजवाट विधवत रुपमा सम्पर्ूण्ा वैंकिङ्ग करोवार पनि सुभारम्भ गर्ने जनाएको छ ।
लिमिटेडका कार्यकारी निर्देशक योगेश्वर ढकालको अध्यक्षतामा भएको उद्घाटन समारोहको संचालन जिल्ला प्रवन्धक पदम केसीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, कार्यालय प्रमुख, निर्माण व्यवासायी, व्यापारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्था सञ्चालक समितिका सदस्य अम्वीकाप्रसाद पौडेलले संस्थाले प्रदान गर्ने सेवा सुविधा, संस्थाको परिचय, लक्ष्य उदेश्यका विषयमा प्रस्ट पार्नुभएको थियो । सवैको वचत खाता, विषेश खाता, महिला पेवा वचत खाता, शिक्षक, विद्यार्थी वचत खाता लगाएतका सेवाहरु प्रदान गर्ने संस्थाले जनाएको छ ।

No comments: