दाङ । राप्ती अञ्चलको सबैभन्दा ठूलो राशीको राप्ती सिर्जना पुरस्कार यो बर्षरुकुमका साहित्यकार रामप्रकाश पुरीले पाउने भएका छन् । राप्ती साहित्य परिषद्ले ३५ औं बाषिर्कोत्सवको अवसरमा आगामी बैशाख १६ गते बाषिर्क साहित्यिक समारोह गरी सो पुरस्कार वितरण गर्न थालेको हो ।
प्रकाशित कृतिका आधारमा मूल्यांकलन गरिने सो पुरस्कार पुरीको 'विचरण महाकाब्य'लाई प्रदान गर्न लागिएको परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । साहित्यकार नेत्र एटमले स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार रहेको छ । त्यस्तै परिषद्ले ५ हजार राशीको दिलसरी-दल अतिरिक्त पुरस्कार रोल्पाका श्यामकुमार बुढा 'चिन्तन'लाई, ५ हजार राशीकै राप्ती साहित्य पुरस्कार प्युठानका गोरखबहादुर सिंहलाई, ३ हजार ५ सय राशीको देवीचन्द्र साहित्य पुरस्कार प्युठानकै चन्द्रबहादुर थापा मगरलाई, ३ हजार राशीको अपा-मुकुन्द प्रज्ञा पुरस्कार दाङका ऋषि शर्मा 'सुदामा' लाई र २ हजार राशीको गोपालचन्द्र प्रज्ञा पुरस्कार दाङकै खगराज न्यौपानेलाई प्रदान गर्दैछ ।
त्यस्तै ५ हजार राशीको ऋषि-लक्ष्मी साहित्य पुरस्कार प्युठानका देवेन्द्रकुमार रिजाललाई, १ हजार पा“च सय राशीको डोमादेवी साहित्य पुरस्कार दाङका खगेश्वर भण्डारीलाई, १ हजार राशीको विष्णु-नुमा साहित्य पुरस्कार सल्यानकी सन्ध्या रेग्मीलाई र १ हजार राशीकै नन्दहरि साहित्य पुरस्कार दाङका डिल्ली बस्नेत 'संगीत'लाई प्रदान गरिने परिषद्ले जनाएको छ । त्यसैगरी बाषिर्कोत्सवको अवसरमा दाङका चन्द्रप्रकाश चौधरी, प्युठानका डा. लेखराज सुवेदी, दाङका देवमणि देवकोटा र रोल्पाकी बमकुमारी बुढालाई सम्मान गरिने परिषद्ले आज घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । त्यसैगरी षरिषद्ले बाषिर्कोत्सवको अवसरमा दाङका चन्द्रप्रकाश चौधरी, प्युठानका डा. लेखराज सुवेदी, दाङका देवमणि देवकोटा र रोल्पाकी बमकुमारी बुढालाई सम्मान गर्दैछ । परिषद्ले बाषिर्कोत्सवमा वितरण गर्ने निमादेवी खनालस्मृति बाल प्रतिभा पुरस्कारका लागि प्रतिभा छनौट गर्न बैशाख १२ गते दाङका तीन स्थानमा बाल कविता प्रतियोगिता गराउने भएको छ । १४ बर्षुनिका बालबालिकालाई समसामयिक बिषयमा शर्ीष्ाक दिएर निश्चित समयमा कविता लेख्न लगाएर छनौट गरिने परिषद्ले जनाएको छ । कार्यक्रम सफल बनाउन परिषद्ले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

No comments:
Post a Comment