Saturday, April 9, 2011

राजनीति र विकास सगसगै अघि बढाउनुपर्ने :प्रभाकर



रुकुम, २६ चैत । एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य जनार्दन शर्मा 'प्रभाकर'ले राजनीति र विकासलाई स“गस“गै लिएर जान कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
रुकुमको कोटजहारीमा शनिवार भएको कार्यकर्ता भेघाटमा बोल्दै उहा“ले राजनीति परिवर्तनस“गै विकास निर्माणमार्फ जनताको जीवनस्तर उकास्नु महत्वपर्ूण्ा काम भएकाले निस्वार्थ भावनाले जनताको सेवामा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
'हिजो हामी जनयुद्धको चरणमा थियौं, त्यहीबीचमा पनि केही त गर्‍यौं तर चाहेर पनि विकास निर्माणलाई अगाडि बढाउन सकिने अवस्था थिएन'- उहा“ले भन्नुभयो- 'अब हामी क्रान्तिको नया“ चरणमा प्रवेश गरेका छौं, हामी राजनीतिक क्रान्तिलाई पर्ूण्ाता त दिन्छौं नै, स“गस“गै विकास निर्माण र आर्थिक-सामाजिक रुपान्तरणको माध्यमबाट जनताको जीवनस्तर उकास्न पनि सम्पर्ूण्ा शक्ति केन्द्रित गर्ने छौं ।' पर्ूवशान्तिमन्त्री समेत रहनुभएका प्रभाकरले सरकारबाट पनि विकास निर्माणका लागि पहल गरिने र स्थानीयस्तरबाट पनि एकीकृत रुकुम विकास योजनाअर्न्तर्गत विकास निर्माणलाई अगाडि बढाइने बताउनुभयो ।


कार्यक्रममा उहा“ले नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेर माओवादीमा प्रवेश गर्ने १४ जना स्वागत गर्नुभएको थियो । सो क्रममा नेपाल शिक्षक संघ जिल्ला सदस्य डिल्लीवहादुर थापा, नेविसंघका जिल्ला सदस्य कृष्णबहादुर बोहरा, एमाले कोजहाजरी गाउ“ कमिटी सदस्य निमवहादुर मल्ल, सम्भुु शाही, युथफोर्स कोटजहारी गाउ“ कमिटी अध्यक्ष शिवप्रसाद अधिकारीलगायत गाविसस्तरीय कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका थिए ।

आइएमइको २१ औं शाखा रुकुममा
वीरवहादुर मल्ल
रुकुम, २६ चैत । रुकुमको सदरमुकाम खलंगामा आईर्एमई.फाईनान्सियल इन्ष्टिच्यूशन लिमिटेडको शाखा कार्यालय उद्घाटन गरिएको छ । 
चैत १० गते स्थापना भएको शाखाको शनिवार उद्घाटन गरएको हो । यो आइएमइको २१ औं शाखाको उद्घाटन हो । शाखा कार्यालयको प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवालीले रिवन काटेर विधिवत रुपमा उद्घाटन गर्नु भएको छ । 
शाखा कार्यालयको उद्घाटन पछि आई.एमर्.इ.फाइनान्सियल इन्ष्िटच्यूशन लिमिटेडले आजवाट विधवत रुपमा सम्पर्ूण्ा वैंकिङ्ग करोवार पनि सुभारम्भ गर्ने जनाएको छ ।
लिमिटेडका कार्यकारी निर्देशक योगेश्वर ढकालको अध्यक्षतामा भएको उद्घाटन समारोहको संचालन जिल्ला प्रवन्धक पदम केसीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, कार्यालय प्रमुख, निर्माण व्यवासायी, व्यापारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्था सञ्चालक समितिका सदस्य अम्वीकाप्रसाद पौडेलले संस्थाले प्रदान गर्ने सेवा सुविधा, संस्थाको परिचय, लक्ष्य उदेश्यका विषयमा प्रस्ट पार्नुभएको थियो । सवैको वचत खाता, विषेश खाता, महिला पेवा वचत खाता, शिक्षक, विद्यार्थी वचत खाता लगाएतका सेवाहरु प्रदान गर्ने संस्थाले जनाएको छ ।

Friday, April 8, 2011

दर्ुइ दिन भित्रै सरकारले पर्ूण्ाता पाउँछ-शर्ुदर्शन

भुपेन्द्र केसी
रुकुम, चैत २५ गते । एकीकृत नेकपा माओवादीका पोलीटव्युरो सदस्य हेमन्तप्रकाश ओली र्सर्ुदशनले अबको एक/दर्ुइ दिन भित्रै सरकारले पर्ुण्ाता पाउने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ नेपाल, जिल्ला शाखा रुकुमले सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
ल्ाामो समय सम्मको अन्यौलतालाई तोड्दै निर्माण गरेको सरकारले संविधान बनाउन सक्ने सम्भावना देखेर अत्तालिएका सामन्तवाद र साम्राज्यवादीहरुको चलखेलका कारण सरकारले पर्ूण्ाता नपाएको बताउँदै अबको दर्ुइ दिन भित्रै सरकारले पर्ूण्ाता पाउने जिकिर गर्नुभयो । नेपालको आन्तरिक मामिलामा खेलिरहेका बाहृय राष्ट्र शक्तिका कारण सरकारलाई पर्ूण्ाता दिन केही ढिलाई भएको उहाँले बताउनुभयो । जेष्ठ १४ सम्म नयाँ संविधान निर्माण हुन्छ या हुँदैन भन्ने पत्रकारको जिज्ञासा मेटाउँदै संविधान निर्माणको सवै तयारी जेठ १४ भित्रै पूरा हुने भन्दै समय नपुगेमा थप्न सकिने अन्तरिम संविधानमा उल्लेख भएको बताउनुभयो ।
माओवादी मगरात राज्य समिति इन्चार्ज समेत रहनुभएका नेता सर्ुदर्शनले जनमुक्ति सेना र नेपाली सेना समायोजन सम्वन्धि नेपाली सेनाले ल्याएको प्रस्ताव सकारात्मक भएको भन्दै यो प्रस्तावलाई माओवादीले सकारात्मक रुपमा लिएको उल्लेख गर्नुभयो । माओवादी भित्र देखिएको आन्तरिक विवादको विषमा पत्रकारसँग कुरा गर्दै नेता सर्ुदर्शनले जीवन्त पार्टर्ीीत्र छलफल बहस हुनुलाई अन्यथा नभएको भन्दै नेता र्सर्ुदशनले यो विचमा पार्टर्ीीत्र आएका केही सवालहरुलाई स्थायी समितिको सुकुटे बैठकले मिलाएर पार्टर्ीीकतावद्ध भएको जानकारी दिनुभयो ।

वध शाला उद्घाटन
भुपेन्द्र केसी
रुकुम, चैत २५ गते । रुकुमको चौरजहारीमा एक कार्यक्रमका विच वधशालाको उद्घाटन गरिएको छ । स्वच्छ र सफा मासु विक्रि वितरण तथा वजारलाई व्यवस्थिति वनाउने उदेश्यले उक्त वधशालाको निर्माण गरिएको हो ।
यसभन्दा पहिले वधशाला नहुँदा वजार दिन प्रतिदिन फोहोर एवं दर्ुघन्धित हुदैं गएको भन्दै स्थानीय वासिन्दाले वधशाला निर्माण गर्नुपर्ने माग राखेका थिए । जिल्ला पशु सेवा कार्यालय रुकुमको पचास हजार र उद्योग वाणिज्य संघ शाखा कार्यालय चौरजहारीको पचास हजार गरी एक लाखको लगानीमा वध शालाको निर्माण गरिएको हो ।
रुकुम जिल्लाको दक्षिणी क्षेत्रको दोस्रो ठूलो ब्यापारिक केन्द्रको रुपमा परिचित चौरजहारी बजारमा पहिलो बध शाला निर्माण गरिएको हो । चौरजहारीमा निर्माण गरिएको यो वधशालासँगै रुकुममा हालसम्म दर्ुइ ओटा मात्रै बधशाला निर्माण गरिएको छ ।
मासु विक्रि वितरणलाई थप व्यवस्थित वनाउनका लागि वधशालासँगै अन्य नयाँ कार्यहरुलाई पनि विकास गर्दै लिने योजना रहेको रुकुम उद्योग वाणिज्य संघ शाखा कार्यालय चौरजहारीका अध्यक्ष रामविक्रम चन्दले बताउनुभयो । 
रेडियो सञ्चार माध्यमको बृद्धिसँगै आधारभूत तालिमको धमका
भुपेन्द्र केसी
रुकुम, चैत २५ गते । सञ्चार माध्यमहरुको बृद्धि र विकासँगै रुकुमको सदरमुकाम खलंगामा सुक्रवार देखि ७ दिने रेडियो उद्घोषण तथा १ महिने रेडियो प्राविधक तालिम सुरुवात भएको छ । समुदायका लागि सञ्चार सी.एफ.सी. शाखा कार्यालय रुकुमको विशेष पहलमा रेडियो उदघोषक तथा रेडियो प्राविधिक तालिम सञ्चालन सुरुवात भएको हो ।
रुकुममा रेडियो प्राविधिक तथा उदघोषण सम्वन्धि तालिम हालसम्म दर्ुइ पटक मात्रै भएका छन् । यो भन्दा तीन वर्षअगाडी स्थापना भएका रेडियो पश्चात यस्ता तालिमहरुको सञ्चालन भएको हो । सुक्रवार देखि सुरु गरेको तालिममा २० जनाले उद्घोषक तथा ८ जनाले रेडियो प्राविधिक तालिम लिने समुदायका लागि सञ्चार सी. एफ. सी को शाखा कार्यालय रुकुमले जानकारी दिएको छ । तालिममा सहभागिहरुलाई उद्घोषण तथा प्राविधिक सम्वन्धि आधारभुत ज्ञान दिने उद्देश्यले तालिमको आयोजना गरेको  आयोजकको भनाई रहेको छ ।
रेडियो उद्घोषण सम्वन्धिको तालिम ठाकुर देवकोटा र प्राविधिक विषयमा सन्तोष देवकोटाले तालिम दिने पनि सी. एफ. सी रुकुमको भनाई रहेको छ । रुकुम जस्तो विकट ठाउँमा पत्रकारीता गर्न र टिक्न कठिन हुने भएकाले पनि त्यसलाई सहज र सजिलो बनाउको लागि उद्घोषण र प्राविधिक तालिमको आयोजना गरेको आयोजकले जानकारी दिएको छ । 
नेपाल उत्पीडित जातीय मूक्ति समाजको अध्यक्षमा शशिराम नेपाली
भुपेन्द्र केसी
रुकुम, चैत २५ गते । नेपाल उत्पीडित जातीय मूक्ति समाज रुकुमको पाँचौ जिल्ला सम्मेलन रुकुमको सदरमुकाम खलंगामा नयाँ जिल्ला कार्य समिति छनौट गर्दै सुक्रवार सम्पन्न भएको छ  । सम्मेलनले शसिराम नेपालीको अध्यक्षतामा २५ सदस्यीय मूक्ति समाज जिल्ला कमिटी रुकुम गठन गरेको छ ।
जसको उपाध्यक्षमा रञ्जीत नेपाली, सचिव मोतिराम विक, सह-सचिव मंगल परियार, र कोषाध्यक्ष शिला सेन्च्यूरी रहनुभएको छ । जिल्लालाई जातीय छुवाछुत मुक्त नमूना जिल्ला निर्माण गर्न इट्टा थप्ने बताउँदै नयाँ जिल्ला कार्य समिति निर्माण गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिलाई नेकपा एमाले रुकुमका अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, उपाध्यक्ष देबि ओली, मुक्ति समाजका केन्द्रिय सदस्य शारदा स्वर्ण्र्ाार, आशा स्वर्ण्र्ाार लगायतले वधाई दिनुभएको थियो ।

Monday, April 4, 2011

एक जनाको हत्या


वीरवहादुर मल्ल
रुकुम चैत्र २१
रुकुम र रोल्पाको सिमानामा पर्ने पाखापानी गाँउमा एक जनाको हत्या भएको छ । रोल्पा जिल्लाको पाखापानी गाबिस वडा नं ९ का ३५ बर्षा प्रेमबहादुर ओलीलाई रोल्पा राँख गाबिस ३ का दिपेन्द्र खडकाले खुकुरी प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ ।

अभियुक्तलाई इलाका प्रहरी कार्यालय माडीचौर रोल्पाले पक्राउ गरी आवश्यक कार्वाही अगाडी बडाएको छ । मृतक प्रेम बहादुर ओलीकी श्रीमतिसँग अभियुक्त खडकाको माया प्रेम रहेको कारण मृतक ओलीकी
श्रीमति र खडकाको मिलेमतोमा हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भीक भनाई छ ।

खडकाले आफै मृतकको परिवारलाई फोन गरेर मैले प्रेम बहादुर
ओलीलाई मारिसके भन्ने खवर गरेपछि सो घटनाबारे थाहा भएको ओलीका
परिवारले बताएका छन् । मृतकको शवलाई जिल्ला अस्पताल रुकुममा पोष्टमार्टम पछि परिवारलाई बुझाइएको छ ।

शान्ति र्‍याली आयोजनाका लागि समन्वय बैठक सम्पन्न
आगामी बैसाख १ देशभर आयोजना गरिने शान्ति र्‍यालीलाई रुकुममा ब्यवस्थित रुपमा सम्पन्न गर्न जिल्लामा कार्यरत अधिकारकर्मी संघ संस्थाहरु र सरोकारवालहरु बिच समन्वय बैठक जिल्ला सदरमुकाम खलंगामा चैत २१ गते सम्पन्न भयो ।

मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र-हरप्लेस) रुकुमको आयोजनामा हरप्लेस कार्यालयमा भएको बैठकले आगामी नयाँ बर्षा श्ान्ति प्रकृयालाई तार्किक निष्कर्षा पुर्‍याउन र समयमै संबिधान निर्माणका लागि दवाव दिन शान्ति र संबिधानको बर्ष२०६८  भन्ने मुल नाराका साथ र्‍याली आयोजना निर्ण्र्ााभएको छ ।

र्‍यालीलाई भब्य रुपमा सफल पार्न जिल्ला स्थीत सम्पर्ुण्ा सरकारी तथा गैरसरकारी निकायहरुलाई सहभागिताका लागि अनुरोध गर्ने तथा र्‍यालीलाइ ब्यवस्थित रुपमा सम्पन्न गराउन जनसहभागिताका जुटाउन प्रचार प्रसारका लागि स्थानिय संचार माध्यमहरुलाई सुचना प्रशारणका लागि अनुरोध गर्ने निर्ण्र्ाागरिएको छ ।

मानवअधिकार अनुगमन संजाल पर्ुनर्गठन


मानवअधिकार अनुगमन संजाल पर्ुनर्गठन
रुकुम जिल्लामा मानवअधिकार अनुगमन संजाल रुकुमको पर्ुनर्गठन भएको छ ।  जिल्लामा कार्यरत मानवअधिकारकर्मी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा आज पर्ुनर्गठन भएको हो ।

मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस रुकुमको कार्यालयमा भएको बैठकले पर्ुनगठन गरेको हो । इन्सेक जिल्ला प्रतिनिधि जीवन खडकाको अध्यक्षतामा ११ सदस्यीय मानवअधिकार अनुगमन संजाल गठन गरिएको छ ।

जसको सचिवमा हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक शारदा डाँगी, कोषाध्यक्ष पत्रकार महासंघ रुकुमका अध्यक्ष कमलप्रकाश थापा, सदस्यहरुमा सिद्धराज पनेरु, पुस्तक चन्द, शोभाकर शर्मा, रमेश खडका, धनबिर दाहाल, मनु बाँठा, प्रमेश बादे र नरबहादुर नेपाली रहेको नवनिर्वाचित सचिव शारदा डाँगीले बताउनुभयो ।

संजालले जिल्लामा घट्ने मानवअधिकार उलंघनका गम्भिर घटनाहरुको संयुक्त अनुगमन गर्ने र त्यस्ता घटनाहरुको अनुगमन प्रतिवेदन र्सार्वजनिक गर्ने निर्ण्र्ाागरिएको छ ।


खानेपानीको समस्या
रकुमको दुली गाविस वडा नम्बर ९ हाँसु गाउँमा खानेपानीको हाहाकार भएको छ । स्थानीय वासिले आफ्नै लगानीमा गाउँमा ल्याएको खानेपानीको पाइपमा खरावी आएपछि खानेपानीको समस्या परेको हो ।

ताउला खारा मुहानवाट स्थानीय वासिन्दाले ल्याएको खानेपानीको पाइपमा स्याइली भरिएर खरावी आएपछि गाउँका १३ घर परिवारले पानीको समस्या भोगिरहेका छन् ।

अहिले त्यहाका स्थानीय वासिहरु पानी लिन एक किलोमिटर टाढा हिड्नुपर्ने वाध्यता रहेको स्थानीय वासि सरुण वस्नेतले जानकारी दिनुभयो । त्यस गाउँमा १० दिनदेखी खानेपानीको समस्या परेको हो ।


रुकुमकोटमा गोरेटो वाटो
रुकुमको रुकुमकोट गाविस रुमालबाराको गैराखानीदेखि देउराली ओडारसम्मको गोरेटो वाटो निर्माण गरिएको छ । सामुदायिक अध्ययन केन्द्र रुकुमकोटको सहयोगमा ३ सय ७५ किलोमिटरको गोरेटो बाटो निर्माण गरिएको हो । र्
पर्यटकिय स्थलको रुपमा रहेकादेउराली ओडारमा पर्यटकहरुलाई आवत जावतमा सहजताको लागी गोरेटो वाटो निर्माण गरिएको सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष दर्ुगा बुढाथोकीले जानकारी दिनुभयो ।
गाविसमा रहेका कमल दह र देउराली ओडारलाई पर्यटकीय स्थलको रुपमा विकास गरी राष्ट्रिय स्तरमा चिनाउन सबै राजनैतिक दल, संघ संस्थाले चासो देखाएका छन् । 


दर्ुघटनामा २४ जना घाइते
जाजरकोटमा आज गाडी दर्ुघटना हुंदा २४ जना यात्रु घाइते भएका छन् । दर्ुघटनामा घाइते भएका सवै यात्रुहरुको अवस्था सामान्य रहेको वताइएको छ ।
जाजरकोट खलंगावाट सल्यानको सल्लीवजार जाँदै गरेको भेरी गंगा यातायातको ३४२० नम्बरको गाडी जाजरकोटको कार्कीगाउँ र सिमा गाविसको सिमानामा पर्ने छेरा खोलामा दर्ुघटना भएको हो ।

घाइतेहरुको  स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई उद्धृत गर्दै स्थानीय राजनैतिक दलका प्रतिनिध र्सर्ुयवहादुर रोकाले जानकारी दिनुभायो । गाडी आफ्नो नियन्त्रण वाहिर गएपछि दर्ुघटना भएको वताइएको छ ।

परिक्षा नतिजा प्रकाशित
महाकाली निम्न माध्यामिक विद्यालय समिकोट खलंगा ९ रुकुमले आज वाषिर्क परिक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयले कक्षा १ देखी ७ कक्षा सम्मको एक कार्यक्रमका विच २०६७ सालको वाषिर्क परिक्षाको नजिता प्रकाशित गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरवहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक दामोदर शर्माले गर्नुभएको थियो । वाषिर्क परिक्षामा विद्यालय तथा कक्षा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरवहादुर खड्काले पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यस्तै विद्यालयले दैनिक हाजिरी अनुसान, सरसफाई आदीको मुल्याङ्गन गरी १० जना विद्यार्थीलाई पुरस्कृत गरेको शिक्षक दामोदर शर्माले जानकारी दिनुभयो ।


स्थानीय शासन सम्वन्धि गोष्ठी
रुकुमको चौरजहारीमा स्थानीय शासन तथा सामाुदायिक विका कार्यक्रम अन्तरगत गाविस स्तरिय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । जिल्ला विकास समिति रुकुमको सहयोग र नेपाल जनजागरण मंचको आयोजनामा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा शक्ति विश्लेषण, वडा नक्साङ्कन, विपन्नता वडा छनौट लगायतका विषयमा जानकारी गराइएको सामाजिक परिचालक उर्मिला थापाले जानकारी दिनुभयो ।

अनुगमन, पहिचान र व्यक्तिको क्षमता अभिवृद्धि गर्न गोष्ठीले सहयोग पुर्‍याउने सहभागिहरुले वताएका छन् । एक दिने गोष्ठीमा विभिन्न कार्यालय प्रतिनिति, संघ संस्थाका प्रतिनिधि, शिक्षक लगायतको सहभागिता रहेको सहकर्मी गोपाल रेग्मीले जनाएका छन् ।

यसैविच एकिकृत नेकपा माओवादी रुकुम १० नम्बर एरिया अन्तरगत कोटजहारी गाविसमा पार्टर्ीीमिटी वैठक सम्पन्न भएका छन् । गाविसको वडा नम्बर १, २, ५, ९ र ८ मा पार्टर्ीीमिटीका वैठक सम्पन्न भएका हुन् ।

आगामी चैत्र २४ गते मनाइने जनआन्दोलन दिवसलाई मध्यजनर गरेर माओवादी कोटजहारीले भेला, संगठन विस्तार, प्रशिक्षण लगायतका कार्यक्रम संचालन गरिएको माओवादी मगरात राज्य समिति सदस्य कर्ण्र्ााादुर र्घर्तिले जानकारी दिनुभयो ।

Monday, November 1, 2010

घर निकाला गरिएकी कुष्ठरोगी बृद्धाको उपचार शुरु

उदय बिसी

दाङ । कुष्ठरोग लागेपछि रोग र्सने डरले डेढवर्षपहिले घरपरिवारबाट निकाला गरिएकी रुकुमकी एक बृद्धा महिलाको उपचार शुरु भएको । उहाँलाई आईएनएफ दाङ नामक संस्थाले रुकुमबाट दाङ ल्याएर उपचार शुरु गरेको हो ।
कुष्ठरोगले थलो परेकी रुकुम खारा गाविस-८ लाइतकी ६८ वषर्ीया बेलमती खड्कालाई डेढ बर्षघि घरपरिवारले घर निकाला गरेका थिए । घर निकाला गरिएपछि बेलमति जंगलमा एक्लै बस्दै आएका खबर विभिन्न सञ्चारमाध्यमबाट र्सार्वजनिक भएपछि आइएनएफ दाङले बृद्धा बसेकै स्थलमा कर्मचारी पठाएर उद्दार गरी दाङ ल्याएको हो ।
कुष्ठरोग लागेकै कारण समाज र परिवारमा अरुलाई र्सने डरले घरदेखि करीव ७५ मिटर टाढा छुट्टै झुपडी निर्माण गरेर बेलमतिलाई राखेको अवस्थामा फेला पारेर ल्याएको आईएनएफ दाङका सहजकर्ता लालबहादुर रावतले जानकारी दिनुभयो । उपचारका लागि दाङ ल्याइएकी बृद्धा बेलमति उपचार पाउने भएपछि निकै खुशी हुनुभएको छ । 'सत्र महिनाअघि मलाई कुष्ठरोग लागेको थाहा पाएपछि घरपरिवार र गाउ“लेले रोग र्सछ भनेर टाढा राखे र हेला गर्न थाले, अब रोग निको हुने आशामा छु'- बेलमतीले भन्नुभयो ।
घरबाट निकालेपछि घरको केही टाढा अर्काे एक झुपडी बनाएर आफूलाई राखेको र त्यसपछि दिनमा एक छाक मात्रै खान दिने गरेको उहाँले बताउनुभयो । घरबाट निकाले पनि आफ्नै कान्छी छोरी सीता खड्काले आफूलाई खाना पुर्‍याउने गरेको र देउता रिसाएर कुष्ठरोग लागेको भन्दै उपचारका लागि कसैले पनि पहल नगरेको बेलमतीको भनाइ छ । रोग र्सने डरले आफूलाई घरदेखि बाहिर राखेको र रातको समयमा आफू बसेको झुपडीमा ढुङ्गामुढा गरेर गाउँलेले सताउने गरेको पीडा उहाँले व्यक्त गर्नुभयो ।
पछिल्लो केही समययता कुष्ठरोगी बृद्धा घर निकाला गरिएको खबर सञ्चारमाध्यमहरुमा आएपछि आफ्नो संस्थाले कर्मचारी पठाएर उपचारका लागि दाङसम्म ल्याएको र उपचारपछि उहाँलाई समाजमै पुनस्थापना गरिने आईएनएफ दाङका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । 'पहिला हामी उहाँलाई यहीं राखेर उपचार गछौर्ं, त्यसपछि कुनै न कुनै हिसाबले समाजमै पुनर्स्थापना गर्ने हाम्रो पहिलो प्राथमिकता हुन्छ'- अधिकारीले भन्नुभयो ।
आईएनएफ दाङले हाल राप्तीका ६ सय ६३ कुष्ठरोगीको उपचार गरिरहेको छ । त्यस्तै हालसम्म दाङमा ७ सय ३६, रोल्पामा २ सय ४६, सल्यानमा १ सय ८३, रुकुममा १ सय र प्युठानमा १ सय ८३ जना गरी झण्डै १ हजार ५ सय जनालाई उपचारपछि सम्बन्धित समुदायमा पुनर्स्थापना गरिसकिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । आव २०६४/६५ देखि ०६७/६८ सम्ममा १ सय ३ जना नयाँ कुष्ठरोगीहरु संस्थाको सर्म्पर्कमा आएको पनि आइएनएफ दाङले जनाएको छ ।